Posted by: FanTush February 25, 2013
नेपाली पारा
Login in to Rate this Post:     1       ?         Liked by

Here's a prime example of Nepali para !
नेपाली कलाकार अमेरिका पुगेपछि र्फकनै चाहँदैनन्, तपाईंको सोच के छ ?

भविष्य कसैले देखेको छैन, तर अहिले अमेरिका बसाइँ मेरो कल्पनामै छैन  पहिलोपटक अमेरिका आएको अहिले ठ्याक्कै पाँच वर्ष बितेछ । यो मेरो १०औँ यात्रा हो । प्रायः म ममीलाई पुर्‍याएर र्फकन्छु अनि लिन आउँछु । नेपालमा आफ्नै बिजनेस छ, सिनेमा उद्योगबाट पनि सन्तुष्ट नै छु । 

पहिलोपल्टको अमेरिका यात्रामा नै मैले गि्रनकार्ड पाएको हुँ । मलाई अमेरिकी सरकारले नेपालमै गि्रनकार्ड पठाएको थियो । गि्र्रनकार्ड लिए पनि यतै बस्ने सोच आएन । ममीलाई पुर्‍याउन श्रीमती र म सँगै आउँथ्यौँ र सँगै र्फकन्थ्यौँ पनि । हामी दुवैको अमेरिका बस्ने इच्छै थिएन । त्यति वेला छोराछोरी पनि इन्डियामा पढ्थे । धेरै पछि मात्रै छोराछोरीको उचित शिक्षाका लागि बाध्यताले उनी बसेकी छिन् । उनीहरूको सम्झनाले मात्रै मलाई पटक-पटक अमेरिका ल्याइपुर्‍याउँछ ।  


Read Full Discussion Thread for this article