Posted by: happiest February 23, 2013
नेपाली पारा
Login in to Rate this Post:     1       ?         Liked by
यो नेपाली समाज नभई पनि नहुने भए पनि नहुने | ताल , पारा चियो चर्चा नगरी खाएको नपच्ने , काम भन्दा गफ बढी | देखाउन पर्ने ..म त वाक्क भैसके ..यो नेपाली समाज चाहिएन | हामी अम्रिका आएर नि सुध्रेनौ है ? आफ्नो काम गर्नु ..किन चासो चाहियो भन्या ..नेपालीहरू को चासो को बिषयहरू :
१. कहाँ काम गर्छ
२. गाडी कसरी किन्यो
३. कलेजको फी कसरी तिर्छ
५. त्यो केटी खैरे , काले संग हिडेको देखे
६. त्यो तोरी लाहुरे ले खैरी केटी संग हिड्छ
७. त्यसले  ग्रीन कार्ड कसरी पायो
८. बुढी कहिले ल्याउने ब्रो
९. बिहे गर्ने हैन बहिनी?
१०. नेपाल कहिले जाने...
११. के के न खाए जस्तो लाए जस्तो फेस बुक मा फोटो कमेन्ट पोस्ट
१२. अलिकति जागिर गर्ने बिजनेस गर्ने को त झन् के के न हुन्छ ( जस्तै : नेपाली समाज को जमघटमा बरु विद्यार्थी ले खाना बनाएर लान्छ, जागिरे भनौदो, घर हुने भनौदो वालमार्ट बाट आलु सलाद लान्छ , सोडा लान्छ अनि नयाँ गाडी देखाउछ)

मैले केहि उदाहरण मात्र दिएको ...हामी किन यस्तो भएको ? कहिले सुधार्ने? तपाईहरू को ओरि परि बस्ने नेपालीको पारा कस्तो छ ? माथिको लिस्ट मा थप्दै जानुस है ....

Read Full Discussion Thread for this article