Posted by: cybernepali February 21, 2013
Paras Dead
Login in to Rate this Post:     0       ?        
 काठमाडौं, फागुन ११ – हृदयाघात भएपछि थाइल्याण्डको बैंककस्थित एक अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको शुक्रबार बिहान निधन भएको छ । पूर्वराजा ज्ञानेन्द्र निकट स्रोतका अनुसार पारसको मृत्यु भइसकेपनि औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।
बैंककस्थित समित्भेज अस्पतालको आईसीयुमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । चिकित्सकहरुका अनुसार उनलाई गम्भीर प्रकृतिको हृदयघात भएको थियो । नियमित सेवन गर्नुपर्ने भनिएको मुटुरोगसम्बन्धी औषधि खान छाडेकाले उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएको बताइएको छ ।
उनको हेरचाह गैरआवासीय नेपाली संघका सचिव सुनील खड्का र उनको प्रमिकाले गरिरहेका थिए । परिवारसँग सम्बन्ध चिसो भएपछि पारस लामो समयदेखि थाई गर्लफेन्डसँगै बैंककमा बस्दै आएका थिए ।
Read Full Discussion Thread for this article