Posted by: cybernepali February 21, 2013
Paras Dead
Login in to Rate this Post:     0       ?        
Rest in peace

हृदयघातका कारण थाईल्याण्डको बैंककस्थित समिटिभेज अस्पतालमा उपचार गराईरहेका पारश शाहको निधन भएको अपुष्ट खबर सार्बजनिक भएको छ । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा उनको मृत्यु भएको भन्दै श्रद्धाञ्जली व्यक्ति गरिरहेको स्टाटसहरु अपडेट भइरहेका छन् | 


हृदयघात भएपछि बैंककको समिटभेज अस्पतालमा उपचार गराइरहेका पारसको स्वास्थ्य अबस्थाको बारेमा चिकित्सकहरुले अवस्था गम्भीर रहेको भन्दै आएका थिए । केहि दिन अघि देखि पूर्व युबराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको भन्ने समाचारहरु प्रकाशित भइरहेका थिए | 


उनको स्वास्थ्यमा कुनै सुधार नभएकोले उपचारमा संलग्न चिकित्सकहरुले अब थोरै मात्र आश गर्न सकिने बताएका थिए | उनको अवस्था गम्भीर भएकोले उनलाई भेन्टिलेटर मा राखेर उपचार गरिदै आएको थियो | 

हृदयघात भए पछि पूर्व युवराज शाहलाई भेट्न राजपरिवारका केहि सदस्य बैंककस्थित समिटिभेज अस्पतालमा पुगी सकेका छन् भने पारस पत्नी हिमानी भने आज जाने बताइएको छ | 

तर प्राप्त अपुष्ट समाचार अनुसार पारसको मृत्यु भैसके पनि आमा कोमल वा श्रीमती हिमानी बैंकक नपुगी औपचारिक घोषणा गर्न नमिल्ने भएकोले उनको मृत्युको बारेमा औपचारिक घोषणा नगरिएको बताइएको छ | 
Read Full Discussion Thread for this article