Posted by: magorkhe1 February 21, 2013
कन्सिरी तातेछ !
Login in to Rate this Post:     2       ?         Liked by
कुरा का बाट सुरु गरौ ? बजैले ल्याप्टो खोल अनुहार हेर्दै कुरा गरौ को कुरा को अर्को भाग हो यो ? नेपालि मा उखान आएन हिन्दि कै भए पनि राखी सुरु गरौ होला " नया मुल्लाह ज्यादा प्याज खाता है भन्न मिलेन होला बजैलाई तर SkYPE मा अनुहार हेरी हेरी कुरा गर्दा निकै नै हर्सित थिइन् बजै भन्ने कुरा मेरा कान ले पनि थाहा पाएको थियो ? बजैले भनेकै कारण बाट आफ्नो जिल्लाको नाम बाट खोलि दिए फेसबुक पनि |मानिसको आदत पनि अचम्मै   को हुदो रहेछ , बजैले ल्याप्टो को कुरा सुने पछि मैले पनि कलिंगकार्ड किन्न छोडे अनि कुरुवा जस्तै बिहानको - बेलुकीको -१२ सम्म Skype फेसबुक खोलेर बस्ने बानि लाग्यो | आज सम्म दुइ पल्ट कुरा गर्ने मौका पर्यो |  चौरासी गरेको पनि १२-१३ बर्स भै सकेकी बजैलाई  अनुहार हेरी हेरी कुरा गर्न नपाए पछि त्यो पनि कहिँ डलरले अरबपति बनाइ हाल्छाकी भनि चिठ्ठा किन्न गएको बेला कलिंग कार्ड किने पछि घन्टी घुमाए |   बजैका डेड दर्जन नातिनातिना मा आधा दर्जन जति बिदेस भए पनि बुढिया मैले लामो समय पछि फोन मर्दा हैन कान्छु पोइलगए झैँ गरिसनी पो मर्जी भो ?  मैले पनि चौकामा छक्का हान्ने गरि - बोज्यु त्यो अनुहार हेरी हेरी कुरा गर्दाको मज्जानै अर्को मत हरेक दिन बिहान - अनि बेलुका -१२ सम्म कहिँ हजुर झुल्किसिन्छ कि भनि कुरी बसे , केहि नलागेर आज हजुर संग कुरा गरु भनि फोन मारेको , कि नाति हरुले कब्जा गरे ल्याप्टो ?बजैले थपिन टुकी बालेर चल्दैन ल्याप्टो , त्यो बत्ति नभए पछि के गर्नु यी जिनिस हरु "  बल्ल लागेछन बजैका घैटोमा घाम भने मन मनै ! काका बुबाको घरमा पनि म्याजिकज्याक जोडेको कुरा मेरा कजन्ले टेक्स्ट इमेल बात पठाएका थिए , दशैँ देखि अहिले सम्म २सय पल्ट घन्टी घुमाइयो होला हरेक पल्ट " म्याजिक ज्याक कस्टुमर ......." मात्रै सुनिन्छ मानिस को आवाज सुन्नु पश्चिम बाट घाम झुल्कनु जस्तै भयो | म्याजिक ज्याक आज सम्म जोडेको छैन अनि IT बारे थोरै मात्र जानकारी भएको मान्छे , सुन्छु त्यो खस्रा मिठा म्यासेज एकाउन्ट खोल्ने को मा जान्छ रे ? त्यो पनि एउटा कथानै भयो " राम तेरी गंगा मैलि जस्तो " |
फेरी
सोच्नु होला यो उखान को तादम्यता के हो भनि ? " उखान उन्खानै हो  अनि जोगीको झोला जस्तो लेखाइ संग जोड्न खोज्ने मेलो मात्रै हो | कुरा तनकिएर काछा बुबाको घर भनौ वा कजन्कोमा सबै म्यासेज थुप्रिएको कुरा अनि दाइ तिम्रो म्यासेज मा कहा थुप्रिएको भनेंन भनि गरेको गुनासो हो कि ? यो पनि बजै संग अनुहार हेरी हेरी कुरा गर्ने लालसाको एक अंश  हो | भन्नु होला एउटा इन्भर्टर किन्ने पैसा पठाई दिए भै हाल्यो नि किन लम्बे चौड़े कुरा  फलाकि राखेको होला ? शिर्सक पढ्नु भएन : कन्सिरी तातेछ !
बजैका कि तपाइँ का ?
Last edited: 02-Mar-13 11:54 AM
Read Full Discussion Thread for this article