Posted by: crazy_love February 21, 2013
सावित्री
Login in to Rate this Post:     1       ?         Liked by

फुच्चे, मलाइ अझै चित्त बुझेन। यति राम्रो कथा तिमीले किन समाप्त गर्न हतार गर्‍यो, कथा त बल्ल शुरु भएको छ हैन र?

तिम्रो लेखाइ प्रति मलाइ डाह लाग्छ, कसरी रोज्यौ हँ यति राम्रा शब्दहरु, बाक्यहरु, अर्थको गहिराइहरु? साबित्रीका सबै अभिब्यक्तिहरु सशक्त र सुन्दर छन्, मलाइ मन परेको चाहि यी हुन्!

"मेरो लागि तँपाइ एउटा लत वन्नु भएको छ , म यसमा क्रमभंगता चाहन्न!! कुनै शर्तमा पनि !! म तँपाईको शरिरमा आफुले भ्याएसम्मको निरन्तरता चाहन्छु। " सावित्री विस्तारै कठोर वन्दै गई। उसको अघि रोहन निक्कै कान्छो, अपरिपक्व देखियो त्यो रात। पहिलो चोटी सावित्रीले रातमा समेत आफ्नो विजयध्वज गाड्न चाहि।



"दुनियाँ मायामा स्वार्थ देख्छ, म त स्वार्थलाई नै माया भन्छु !!" सावित्रीले विस्तारै जवाफ फर्काई।

मैले अघि नै भने कथा बल्ल शुरु भएको छ, म लगाएत फुच्चेको सबै फ्यानहरु फुच्चेको कथा अब कैले शुरु हुन्छ भनेर प्रतिक्षा गरेर बसेका छौ! प्लिज् ढिलो नगर, छिट्टै लेख!

Read Full Discussion Thread for this article