Posted by: caliber19 February 15, 2013
प्यार
Login in to Rate this Post:     3       ?         Liked by
प्यार


आइपोहाल्छौकी भन्दाभन्दै 
अनिदा रात गन्दागन्दै 
मन सुकेर मास्सिने भो 
चेत अचेतमा भास्सिने भो 
 
बाहिर केही सर्याक्क गर्दा 
ढोका कैले घर्याक्क गर्दा 
आंत एसै आशिलो हुन्छ 
रहर फेरि रशिलो हुन्छ 
हत्तारिंदै हान्निन्छु बाइर 
फाटेको फुर्ती जोशिलो हुन्छ 
तर उही शुन्य रात
के पुग्थ्यो र दिलको बात 
सुर्रिनु सब बेकार हुन्छ 
अचानोमा अर्को मार हुन्छ 
 
बैरी यो मनको सुन्दासुन्दै 
याद निठुरिको बुन्दाबुन्दै 
दिन रात दण्ड जस्तै भो 
होश वेहोश उस्तै भो 
 
सुख दुख ओइरी दिंदा 
वाधा अड्चन कुहिरी दिंदा 
एक्लिएझैं आभाश हुन्छ 
एउटा तिम्रै आश हुन्छ 
फर्की कती हेरें कुरें  
आश संधै निराश हुन्छ 
लत्रिन म सकुन्जेल 
धुकधुकी यो रहुन्जेल 
कुराइ त हरबार हुन्छ 
वेहिसाब तिम्रै प्यार हुन्छ
 
Read Full Discussion Thread for this article