Posted by: fucheketo February 13, 2013
सावित्री
Login in to Rate this Post:     0       ?        
 Thanks Serial and Ilam 2008.....and to all the readers..

सावित्री (भाग-५)

पढ्नेहरु सोच्छन्, आखिर कथा कसको ? कथाको स्वामित्व कस्को ? शिर्षकले त सावित्रीकै हुनुपर्ने हो ? किन जमाउँदैछन् त यी पुरुषहरु यो कथा माथी अधिकार। कथा मा पनि पुरुषहरुकै अधिकार ! आखिर किन ? 
तर सावित्री पनि त वाँडिएकी छे। सावित्रीका भावनाका वेगहरु पनि भंगाला भंगालामा वाँडिएका छन् । हो कथामा नायकको समेत अधिकार हुँदैन। कथा नायकको रहरले चल्दैन। कथाका अरु पात्रहरु नायकको वृत्त भित्र घुम्न सक्छन् तर घुमाउने अरु नै कोहि हुन्छ।

मैले यो भनीरहनुमा पनि त रहस्य छ। थोरै अहिले सम्म देखा परेका पुरुषहरु तिर फर्काउँछु कथालाई ।अनी सावित्री सँगको सम्वन्ध दाँज्नेछु। कथाको पहिलो पुरुष सावित्रीको वुढो, समाजले सावित्रीलाई दिएको नासो।उसलाई सावित्रीले आफ्नै मानेर साँची, आफ्नो आँखामा राखी , आफ्नो मुटुमा राखी। तर काँडा काँडा नै हो आखिर, फूलको छेउमा महत्व पाउँछ, छोए विझाउँछ।यति भनिरहँदा उसको कमीकमजोरी मैले आँकिरहन खोजेको हैन। म को हुँ र आखिर सावित्रीको वुढोको कमिकमजोरी को हिसाव लगाउने । तर कथामा सावित्रीको वुढोको उपस्थिति सावित्रीको जीवनमा समाजको उपस्थिति थियो, त्यो भने शास्वत सत्य थियो।

दोस्रो पुरुषको उपस्थितिको लागि पनि पहिलो पुरुष को उपस्थिति अनिवार्य थियो। रोहन सावित्रीले समाज मान्दा पाएको फाइदाको पुनारावृत्ति मात्र थियो। उसले उसको वुढोलाई आफ्नो मानेर मनमा वसाएपछि एउटा तृप्तता पाएकी थिई, तर इन्द्रको आसन त डगमगाउने जगतमा सावित्रीको मनमा सँधै उसको वुढो नै वसिराखोस् जरुरी पनि त छैन। सावित्रीको जीवनवाट उसको वुढो निक्लने वित्तिकै सावित्रीले जे हराएको ठानी त्यो भेटिनु त जरुरी नै भयो। हराउँदै नहराएको कुरा भेटिन्न ।सावित्रीले आफ्नो वुढो हराउँदा माया हराएकी थिइन मात्र शरिरको तृप्तता हराएकी थिई । त्यसैले उसको मनले पनि त्यहि खोजी गर्यो। उसको वुढोको ठाउँ रोहनले लियो। 

कथामा तेस्रो पुरुषको आगमनले उसको कथामा एउटा नयाँ रंग थपेको थियो,मायाको रंग।सावित्री त्यो रंग सँग अनभिग्य थिई । एउटा नयाँ स्वाद ,स्पर्श वेगर पनि छोए जस्तो लाग्ने, मौनता पनि वोले जस्तो लाग्ने , अनि निन्द्रामा नै नभइ सपना देखिने अनौठो अनुभुति। त्यसैले तेस्रो पुरुष सावित्रीको जीवनमा आफ्नो आधिपत्य जमाउने नभइ मात्र साथ निभाउने थियो। एउटा वसन्तको पाउलाको उपस्थिति थियो उसको जसले मौसम नै स्वच्छ वनाउँछ। उसको आगमनले सावित्रीलाई आफु पवित्र छु भनी महसुस गराएको थियो।

यो कथाको यो अंशमा तिन पुरुषको सारांशको पनि आफ्नै महत्व छ। कथा सावित्रीको हो ति तिन पुरुषहरुको होइन। तर यि तिन पुरुषहरुले सावित्रीको जीवनमा जति नै आयाम थपे पनि पुर्णता दिएका थिएनन् । सावित्रीको जीवन मा अझै स्थायित्व थिएन। पहिलो ले छोडिसकेको थियो फेरि फर्किने सम्भावना थिएन, दोस्रो मात्र सावित्री को शरिर
देख्दथ्यो,अनि तेस्रो संसार वुझ्दैनथ्यो। व्यवहार, समाज छोडेर मात्र सावित्री सँग विताउने दुइ पल सँग मतलव थियो। अर्को अर्थमा भन्ने हो भने कथामा चौथो पुरुषको आवश्यकता थियो। यहाँ कथामा रोहन र सुधाका वालाई थोरै महत्व दिइनु पर्दछ। कथाले अहिले सम्म खासै वास्ता नगरेको पुरुष , चौथो पुरुष। पात्र त्यति वेर सम्म निर्जिव रहन्छ , जव सम्म उसमा मन दिइँदैन, उसको दिनचर्या थपिँदैन। पात्रकै उपस्थिति भन्दा पनि उसको वातावरणको, उसको अतितले जन्माएको उसको मनस्थिति को चित्रणले पात्र सजिव वनाउँछ। त्यसैले पनि सावित्रीको कथाले थोरै विश्राम लिएर अव चौथो पुरुष को परिचय गराइनु आवश्यक छ।

***************** ***************** **************** ************ ********
उनी साधारण थिए, अत्यन्त साधारण थिए। साधारण यस अर्थमा कि उनी मात्र समयको वेग सँग दौडिन रुचाउँथे। कहिलेपनि वेग विरुद्द क्रान्ति गर्ने उनको आँट आएन। त्यसैले उनमा सामर्थ्य थियो वा थिएन त्यो टाढाको विषय वन्यो।
विहे गरेको तिस वर्ष वुढीसँग समय विताउँदा उनको जिवन पनि साधारण थियो। जस्तो हुनुपर्ने त्यस्तै थियो। एउटा छोरा , एउटा छोरी, वुढी मायाले भरिएको परिवार थियो। उनलाई संसारको खासै वास्ता थिएन , किनकी उनको परिवार नै उनको संसार थियो। एउटा भद्र पुरुषको जीवनशैली थियो उनको। 

तिस वर्षमा समयले पहिलो चोटी उनको परिक्षा लियो,उनकी स्वास्नीको मृत्युको रुपमा। सामान्य रुपमा गइरहेको उनको जिवनमा भुइँचालो आयो।अनि जव भुइँचालो थामियो, आफ्ना पनि पराइ जस्ता लाग्न थाले उनलाई। दुख सँगै एउटा वुद्दत्व भेट्टाए उनले। एउटा ग्यान, उनलाई मन देखि चिन्ने उनकी स्वास्नी मात्रै थिइ, छोराछोरी पनि त्यो वर्गमा परेनन्।
मर्निंग वाकमा उनको साथीले छ्यास्स अर्को विहे गर भनीदिएको कुराले आखिर उनको मनमा जरो गाड्यो। उनले सवैभन्दा नजिक सावित्रीलाई भेट्टाए। सावित्री नै किन? प्रश्नका धेरै जवाफ हुन सक्छन्। छोरा छोरी वाहेक सँधै उनको नजरमा आउने सावित्री नै थिई, सावित्री लाई हेर्ने नजर मा फरक आउने वित्तिकै तान्न सक्ने खुवि पनि थियो। करिव एक वर्ष एक्लिएको वुढाको जीवन ले आखिर सावित्री रोज्यो।वुढाले समय सँग फेरि पनि आफुलाई वगाए । उनी साधारण थिए।

म फेरि सावित्रीको कथामै फर्किन्छु। किनकी कथा सावित्रीको हो। सावित्रीले के चाहन्थी त्यसको हो। 
*********** ********** ************** ************* *********** **********
"सावित्री, एकै छिन वस न !" चिया दिएर फर्किँदै गर्दा वुढाले सावित्रीलाई वस्नलाई रोके। सावित्री छेवैको सोफामा थोरै खुम्चिएर वसी ! वुढाले चिया सुरुप्प पारे। गफको शुरुवात पक्कै पनि गाह्रो थियो। माहौल मौन वन्यो। छेवैको टिभि मात्र वोलिरह्यो। सावित्री कहिले टिभिलाई, कहिले झ्यालको गमलालाई त कहिले वुढालाई हेरीरही।
"तेरो वुढो सँग केहि कुरा भएको छ छैन आजकल?" वुढोको प्रश्न समय सापेक्षिक थियो। 
सावित्रीले घोसे मुण्टो लगाउँदै टाउको हल्लाई। उसलाई के मतलव उसको वुढोको!!
"अनि तेरो काका कहाँ हुनुहुन्छ नि आजकल?" 
यसपाली सावित्रीमा थोरै कौतुहलता आयो। वुढा अरु समय पनि सोध्न त उसलाई सोधि रहन्थे। तर यसपालीको सोधाई मा उसले धेरै नै चासो भेट्टाई।
"गाउँमै हुनुहुन्छ !!" उसले संक्षिप्तमा उत्तर फर्काई।
"कहिले आउने रे यता ?" वुढाले अर्को प्रश्न तेर्स्याए।
"यहि महिना"
"एक चोटी मलाई भेट्टा है !!"
सावित्री ले स्विकारोक्तिमा टाउको हल्लाई। उ सोफा वाट उठी।
" तैले अर्को विहेको वारेमा सोचेकी छेस् ?" आफ्नो चश्माले सावित्रीलाई नियाल्दै प्रश्न राखेका थिए उनले।
सावित्रीले यसपाली पुलुक्क हेरी।उसको अनुहारमा हजारौँ मिश्रित भावहरु आए।
"एक्लो जीवन कटाउन गाह्रो हुन्छ, मैले थाहा पाएँ!! तँ पनि त एक्लै छेस् !!" वुढाले आफ्नो वोली टुंग्याए। सावित्रीले कुरा वुझी। मनमा रोहन र वाटोमा कुर्ने केटाको तस्विर एक्कै चोटी आयो। नवोली विस्तारै भान्छा तिर लागी।
क्रमश:
 

Read Full Discussion Thread for this article