Posted by: ashishme February 13, 2013
व्यापारमा चीनले अमेरिकालाई उछिन्यो
Login in to Rate this Post:     0       ?        

एजेन्सी
बेइजिङ, २९ माघ

अमेरिकालाई उछिन्दै व्यापारिक क्षेत्रमा चीन विश्वकै सबैभन्दा ठूलो देश बनेको छ । सन् २०१२ मा दुवै देशले गरेको आयातनिर्यातको आधिकारिक आँकडाबाट यस्तो तथ्य बाहिर आएको हो ।

अमेरिकाले सन् २०१२ मा आयातनिर्यातबाट ३८.२ खर्ब डलर आम्दानी गरेको अमेरिकी वाणिज्य विभागको हवाला दिँदै 'ब्लुमबर्ग' न्युजले जनाएको छ । त्यस्तै, सन् २०१२ मा चीनले आयातनिर्यातबाट ३८.७ खर्ब डलर आम्दानी गरेको चीनको कस्टम विभागलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ । चीनको बढ्दो वाणिज्य दबदबा उसका छिमेकी राष्ट्र तथा अन्य देशका लागि पनि खतरा भएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

चीनले विश्वका कैयौँ देशसँग व्यापारिक सम्बन्ध जोडिरहेको अवस्थालाई मध्यनजर गर्दा आगामी दशकमा युरोपेली राष्ट्रले आपसी व्यापारभन्दा बढी चीनसँग व्यापार गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन् ।

अमेरिकी अथर्तन्त्र चीनको भन्दा दुईगुणा बढी रहेको विश्व बैंकले जनाएको छ । यस पृष्ठभूमिमा चीनले अमेरिकालाई व्यापारमा पछि पार्नु असाधारण भएको विश्लेषण गरिएको छ । यसको मूल कारण चिनियाँ मुद्रा युआनको अवमूल्यनमात्र नभई चीनको निर्यातमा आएको बढोत्तरी भएको बताइएको छ ।

दोस्रो विश्वयुद्धपछि अमेरिका विश्वकै ठूलो अर्थतन्त्रको रूपमा उदाएको थियो भने चीनले माओत्सेतुङको निधनपछि सन् १९७६ बाट मात्र अर्थतन्त्रमा ध्यान दिन थालेको हो । २००९ मा चीन विश्वमा सबैभन्दा बढी निर्यात गर्ने देश बन्न सफल भएको थियो । अमेरिका सबैभन्दा बढी आयात गर्ने देशमा पर्छ ।

 
Read Full Discussion Thread for this article