Posted by: jhaukiri February 12, 2013
सिसाभित्रका मानिसहरु ...
Login in to Rate this Post:     4       ?         Liked by
सिसाभित्रका मानिसहरु ...
 
सिसाभित्रका मानिसहरुसंगको संबादमा छु |
सासको बाफले लेख्छन ...
म बुझ्ने प्रयास गर्छु 
प्रश्न सोध्छु 
उत्तर कुर्छु |
 
मलिन छ ...अनुहार 
हस्दैनन
बरु रुन्छन 
तर म सुन्दिन 
हेरिरहन्छु 
दुख पनि लाग्छ ..अचम्म पनि 
किन रोएका होलान ?
के कारणले ?
अघोरी रोग हो  उत्सुकता 
ती पनि रोगी छन् 
घिर्सीरहन्छन 
लडिरहन्छन ||
 
निरर्थक शब्दले 
जटिल छ संबाद,
भन्नु पर्ने एक थोकमा 
अनर्थको बीज उब्जे पछि....
 निस्सासिन छन्
रातो-पिरो भएर...
 अत्तालिन छन् 
पिडाबोधले म...
आँखा चिम्लनछु 
चित्त बुझाऊछु   ||
 
केहि त पक्कै भन्न खोजेका हुन् 
कति मरिमेट छन् 
तर म सुन्दिन 
सम्बेदनाका पर्खालहरुमा ठोकिएर 
कानको जालोमा बसेको माकुरो हुँदै आउँदा
 कहाँ जान्छ अवाज
 सुन्दै-सुन्दिन  म 
त्यसैले त..... निराश हुन्छन 
तर्किन छन् र बिलाउँछन  !!
 
हो बिलाउँछन  !!
सिसा भित्रबाटै 
कहाँ जान्छन 
कसरी जान्छन 
-नसुनेकोले 
-नबुझेको 
येत्रो रिस ?????
 
सिसाभित्रका " म हरु" संगको संबादमा छु |
सासको बाफले लेख्छु ...
 बुझ्ने प्रयास गर्छु 
प्रश्न सोध्छु 
उत्तर कुर्छु |
सधै .
 प्रश्न सोध्छु 
उत्तर कुर्छु |
 
 
 
 
 
 
 
 
 
Last edited: 12-Feb-13 02:06 AM
Read Full Discussion Thread for this article