Posted by: _____ February 3, 2013
सपना पछ्याउँदै
Login in to Rate this Post:     0       ?        
 
 

प्रदीप बस्याल

 

सपना पछ्याउँदै


  • दी वासिङ्टन पोस्टका वैदेशिक र राष्ट्रिय सुरक्षासम्बन्धी डिजिटल सम्पादक नेपाली

अमेरिकाको टेनसी राज्यस्थित टस्कुलम कलेजको पत्रिका पायोनियर प|mन्टियर बन्द हुने अवस्थामा थियो भने त्यहीँ अंग्रेजी र पत्रकारितामा स्नातक पढिरहेका एक नेपाली विद्यार्थीलाई पत्रकार बन्नु थियो। आफ्नो रहरको काम गर्न नपाउँदा थकथकी मानिरहेका उनकै आग्रहमा पत्रिका सुचारु भयो। संयोगवश सम्पादकको जिम्मेवारी पनि उनैले पाए। समाचार, फोटोदेखि डिजाइनसम्मका काम आफैँले गरे।

पत्रिकाले कलेज क्यान्टिनका चर्चित परिकारदेखि कलेजभित्र गाँजा ओसारपसारका समाचारसम्म छाप्यो। गाँजाको समाचार कलेजकै प्रतिष्ठाको विषय बनेपछि प्रशासनले उनलाई त्यसमा संलग्न व्यक्तिहरू नचिनाए हटाउन सक्ने चेतावनी दियो। तर, उनले आचारसंहिताले नमिल्ने भन्दै बताउन चाहेनन्। धन्य, कलेजबाट भने हट्नुपरेन। ६ वर्षअघिको घटना सम्झन्छन्, अनुप काफ्ले, २९।

यिनै अनुप अहिले अमेरिकाको दी वासिङ्टन पोस्टमा काम गर्छन्, वैदेशिक र राष्ट्रिय सुरक्षासम्बन्धी डिजिटल सम्पादकका रूपमा। चर्चित अन्य दुई अमेरिकी पत्रिका दी न्युयोर्क टाइम्स र दी वालस्टि्रट जर्नलका माझ ह्वाइटहाउस, कंग्रेसजस्ता अमेरिकी राजनीतिक चासोका रिपोर्टिङ्मा वासिङ्टन पोस्टको पृथक् पहिचान छ। भन्छन्, "वासिङ्टन पोस्टले विश्वभरका समाचारलाई वासिङ्टन दृष्टिबाट समेट्दै आएको छ।" 

अमेरिकी सुरक्षा मामिलामा विश्वभर चासो छ । पोस्टमा त्यसको डिजिटल समाचार समन्वय र सम्पादनजस्तो संवेदनशील जिम्मेवारी अनुपको कमान्डमा छ। उनी १७ वटा ब्युरो र राष्ट्रिय सुरक्षा डेस्कबाट आउने सामग्रीलाई मल्टिमिडियामा लैजान्छन्। जस्तो : अनलाइनका लागि आवश्यक समाचार, ब्लग, तस्बिर, भिडियो, ग्राफिक्स, नक्सा एवं विभिन्न न्युज एप्लिकेसन्स बनाउने। 

"वासिङ्टन पोस्टको वैदेशिक कभरेजका रणनीति बनाउने अर्को काम पनि छ मेरो," उनी भन्छन्, "अघिल्लो वर्ष अमेरिकाको अफगान लिगेसी र मेक्सिकोमा बढिरहेका मध्यम वर्ग हाम्रो प्राथमिकतामा थिए भने यस वर्ष सिरिया र इरान मामिला ।" 



पोखरा, कास्कीबाट सुरु हुन्छ, अनुपको यहाँसम्मको यात्रा। उनका बुबा सरकारी अधिकृत हुन् भने आमा प्राथमिक विद्यालयकी शिक्षक। "उहाँहरू चाहनुहुन्थ्यो म इन्जिनियर बनूँ, भाइ डाक्टर," उनी भन्छन्, "सरकारी क्वार्टरको माहोल भने लोकसेवाका विभिन्न पदमा कसरी नाम निकाल्ने भन्ने हुन्थ्यो।" 

त्यहाँ अन्तर्राष्ट्रिय मञ्चजस्ता प्रतियोगितात्मक पत्रिका खुबै आउँथे।  सानैमा उनी रोनाल्ड रेगन, मिखाइल गोर्वाचोभ, बोस्नियाको युद्ध, खाडी युद्ध, पनामामाथि अमेरिकाको आक्रमण, फुटबलमा म्याराडोनाको उदयसँग परिचित भए। आमा तारा सम्भिmन्छिन्, "उनको सामान्य ज्ञान निकै राम्रो थियो। सबैजसो देशका राजधानी फरर भन्न सक्थे।" 

पत्रकार बन्ने रहर भने उनमा त्यसबेलासम्म थिएन, जबसम्म घरमा विदेशी पत्रिकाहरूले प्रवेश पाएका थिएनन्। "पोखराको ट्यागोपान होटलमा पार्टटाइम काम गर्ने बुबाले साँझ घर र्फकंदा खाली हि्वस्कीका बोतल पत्रिकाले बेरेर ल्याउनुहुन्थ्यो," उनी भन्छन्, "मैले पहिलोपटक पढेको विदेशी पत्रिका क्यानडाको दी टोरन्टो सन हो।" 

अनुप पोखराकै शिशु निकेतन स्कुलबाट एसएलसी सकेर काठमाडौँ छिरे। विज्ञानमा प्लस टू सकेपछि थुप्रैतिर इन्जिनियरङि्का प्रवेश परीक्षा दिए। केहीमा नाम निस्कियो पनि। उनलाई भने पत्रकार बन्नु थियो। "प्लस टू सकेसँगै दी हिमालयन टाइम्सको फिचर विभागमा इन्टर्नसिप गरेँ," भन्छन्, "पछि बुबालाई अमेरकिा गएर अंग्रेजी पढ्छु नै भनेँ।"

इन्जिनियरङि् पढे मात्र अमेरिका जान सम्भव थियो। उनले बुबालाई चिढ्याउन चाहेनन्। इन्भायरमेन्टल इन्जिनियरङि्का लागि अमेरकिाका १६ वटा कलेजमा आवेदन दिएकामा १३ वटाले उनको आवेदन स्वीकृत गरे। उनी भने पूर्ण छात्रवृत्ति प्रदान गरेको टेनसी राज्यको टस्कुलम कलेज भर्ना भए। भन्छन्, "टस्कुलम आएलगत्तै मैले इन्जिनियरङि् छाडेँ। मेजर इङ्लिस र क्रियटिभ राइटिङ् रोजेँ।" स्नातकोत्तर भने पत्रकारिता अध्ययनका लागि सबैभन्दा बढी रुचाइने कोलम्बिया युनिभर्सिटी ग्य्राजुयट स्कुल अफ जर्नालिजमबाट गरे। विषय परविर्तन गरेको कुरा घरमा धेरै पछि मात्र थाहा भयो। "इन्जिनियरङि् सँगसँगै पत्रकारिता पढिरहेको बताउँथ्यो," बुबा लोकनाथ भन्छन्, "कोलम्बियाको दीक्षान्त समारोहमा जाँदा मात्र सबै कुरा राम्रोसँग थाहा पाएँ।"



टस्कुलममा पढ्दै गर्दा उनी छोटा समयका कोर्सका लागि लन्डनको इम्पेरयिल कलेज र न्युयोर्कको बार्ड कलेज पुगे । पूर्ण छात्रवृत्तिमा गए तापनि समरमा कलेजले पैसा दिँदैनथ्यो। उनका लागि समर काम मात्र नगरेर अन्य कुरा पढ्ने/सिक्ने समय पनि थियो। 

अनुप अंग्रेजीमा कविता लेख्थे भने खाना पकाउने सोखिन। एउटा समरमा बार्डको कोर्सका लागि न्युयोर्क जान पैसाको अभाव खेपिरहँदा टस्कुलमका एक प्राध्यापकले उनलाई जुक्ति बताए, चर्चमा खाना पकाएर खुवाउने र कविता सुनाउने। त्यसरी झन्डै आठ सय डलर संकलन भयो र उनी न्युयोर्क गए। 

सन् २००६ को समरमा उनले न्युजविक म्यागेजिनमा इन्टर्नसिप गरे। त्यहाँ उनले अन्तर्राष्ट्रिय समाचारको क्रसचेक गर्ने, रपिोर्टरलाई जानकारी बटुल्न सघाउने काम गरे। त्यसबेलै उनको एउटा बाइलाइन छापिएको थियो भने संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बुत्रोस बुत्रोस घालीको अन्तर्वार्ता लिएका थिए। 

टस्कुलमबाट ग्य्राजुयट हुने विद्यार्थीले पाउने सबैभन्दा ठूलो अवार्ड ब्रुस जी ब्याट्स पाएका छन्उनले । कोलम्बियामा उनको मनले चाहेको वातावरण थियो। पुलित्जर पुरस्कारका संस्थापक जोसेफ पुलित्जरको पहलमा स्थापना भएको स्कुलमा उनले धेरै नाम सुनेका प्राध्यापक र विद्यार्थीसँग पढ्न पाए।

स्नातक सकेर कोलम्बिया भर्ना हुनुअघिसम्म उनले न्युयोर्कजस्तो महँगो सहरमा रहेर फोब्र्स पत्रिकामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बेतलबी काम गरे। "काम त मज्जाकै थियो तर महँगीमा बेरोजगार भएर बस्नु कल्पनाबाहिरको कुरा थियो," उनी बताउँछन्, "एउटा डिपार्टमेन्टल स्टोर्समा दैनिक १० घन्टा काम पाएँ। त्यहाँ बिहान ५ देखि ९ बजेसम्म र साँझ ५ देखि ११ बजेसम्म काम गरेँ।" स्नातकोत्तर सक्दासम्म उनी दैनिक तीन/चार घन्टाभन्दा बढी कहिल्यै सुतेनन्। 

उनी कोलम्बियामा भर्ना हुँदा अमेरिकामा पत्रकारिता खस्कँदो थियो। धेरैले आफूलाई अनलाइनमा लैजाने तयारी गर्दै थिए। त्यसैले उनले स्नातकोत्तरमा न्यु मिडियामा विज्ञता हासिल गरे। त्यहाँ आफ्नी पूर्वपत्नी मार्ने एक व्यक्तिमा आधारति उनको सह-रिपोर्टले उत्कृष्ट भएर विनिक अवार्ड पायो । कोलम्बियामै उनले विदेशी विद्यार्थीले पाउने सबैभन्दा ठूलो अवार्ड 'हेनरी एन टेइलर' पर्‍यो। 

गत साल मात्रै टस्कुलमले आफ्नो दीक्षान्त समारोहमा अनुपलाई मन्तव्यका लागि निम्त्यायो। अनुपले आफ्नो सम्बोधनमा भने, "पाँच वर्षअघि म तपाईंहरूकै ठाउँमा तपाईंहरूजस्तै अब के गर्ने भन्ने सोच्दै बसिरहेको थिएँ। तीनवटा ठूला ग्य्राजुयट स्कुलले मलाई अस्वीकार गरेका थिए, मसँग केही थिएन। तर, आज म तपाईंहरूलाई मैले जीवनमा गरेको उत्कृष्ट काम बताउन आएको छु, मैले मेरो सपना पछ्याएँ।"

स्मरणीय के छ भने उनी वासिङ्टन पोस्टबाट दुईपटक एवं न्युजविकबाट एकपटक इन्टर्नसिपका लागि अस्वीकृत भएका रहेछन्। "पत्रकारतिामा अन्यत्रजस्तो धेरै पैसा नभए पनि नामका लागि मानिसको आकर्षण घटेको छैन," उनी भन्छन्, "त्यसमाथि वासिङ्टन यस्तो ठाउँ हो, जहाँ कसैले कति कमाउँछ भन्दा पनि कहाँ काम गर्छ भन्ने कुराले महत्त्व राख्छ।"



उनले दुई ठूला फेलोसिप पाएर नेपाल आई भुटानी शरणार्थी र माओवादीबारे रपिोर्टिङ् गरे। बेचिएर फर्केका नेपाली चेलीहरूबारे उनको भिडियो टाइम डक कमले आफ्नो अनलाइनमा राखेको थियो। सन् २००८ मा एसोसिएटेड प्रेस -एपी)मा काम गर्न नयाँदिल्ली र्फकने निश्चित भइसकेका बेला उनले अमेरकिाकै द एटलान्टिकमा जागिर पाए। भन्छन्, "पत्रकारतिा कता जान्छ भन्ने अमेरकिामै 

बढी थाहा हुन्छ।" 

बाहिर गए उतै अल्भिmएला भन्ने भयले उनले एटलान्टिकमै डिजिटल मिडिया फेलोको काम रोजे, जहाँ त्यसको वेबसाइट सोसल मिडियामैत्री बनाउनुका साथै ब्रेकिङ् न्युज र एनलाइसिस साइटमा काम गरे। सन् २००९ यता वासिङ्टन पोस्टमा रहेका उनी अघिल्ला दुई वर्ष अनलाइन उत्पादकका रूपमा रहे भने अपि्रल २०११ यता डिजिटल सम्पादकका रूपमाछन् । 

अनुप दुईपटक द्वन्द्वग्रस्त अफगानिस्तान पुगेका छन्। गोर्खा सैनिकदेखि अमेरकिाले हतियार दिएर 'अफगान लोकल पुलिस' बनाएका गाउँलेबारे नेपाली र विदेशी सञ्चारमाध्यममा रपिोर्टिङ् गरेका छन्। गत वर्ष अनुप नेतृत्वको टोलीले अमेरकिाको 'ड्रन वार'बारे एउटा न्युज एप्लिकेसन बनायो। सन् २००२ यता अमेरकिाले पाकिस्तान, यमन र सोमालियामा गरेका हवाई बमबारीको 'इन्टरएक्टिभ ग्राफिक्स'। 

उनले पत्रकारिता गररिहेको ठाउँमा प्रतिस्पर्धा उच्च छ। दिनहुँ नयाँ पुस्ता बेग्लै सीप सिकेर निस्किन्छ। "समाचार सोसल मिडियाबाटै ब्रेक हुन थालेका छन्," भन्छन्, "अहिले अक्षर मात्रैले समाचार बन्दैन। पहिले दिनको अन्त्यमा एकपटक लेखे पुग्थ्यो, अहिले दिनभर िथोरैथोरै लेखिरहनुपर्छ।" उनी स्वयं धेरैजसो काम ल्यापटपभन्दा आइफोनबाट गर्छन्। ठूल्ठूला सञ्चारगृहले सक्दो बढी डिजिटल सामग्री उत्पादनमा जोड दिइरहेका छन्। डिजिटल पत्रकारतिामा अवसर र चुनौती उत्तिकै छन्। भन्छन्, "अघिल्लो वर्ष जानेको ज्ञान अहिले काम लाग्दैन। हरेक दिन आउने नयाँ नयाँ प्रविधिसँग अपडेट हुनुपर्छ।" 

संयोगले अनुपले हालको पद सम्हालेसँगै विश्वमा ठूल्ठूला घटना भए, ओसामा विन लादेन, मोहम्मद गद्दाफी मारएि। होस्नी मुबारक राज अन्त्य भयो। किम जोङ् लीको निधन भयो। गाजा क्षेत्रमा तनाव एवं इरान, सिरयिा, मालीजस्ता देशमा अमेरकिी चासो बढ्यो। 

लादेन मारँिदा उनले दुई दिन लगातार अफिसमा बसेर काम गरेका रहेछन्। यस्ता समाचारसँग खेलेका उनलाई गत वर्ष फरेन पोलिसी म्यागेजिनले विदेश नीतिका लागि पछ्याउनुपर्ने एक सय व्यक्तिको सूचीमा राखेको थियो। ट्वीटरमा ट्वीटरबाटै भेरपिmाइड एकाउन्ट भएका प्रबल गुरुङपछिका उनी दोस्रो नेपाली हुन्। 

Read Full Discussion Thread for this article