Posted by: _____ February 3, 2013
बेलायती जागिर छाडेर ट्राउट पाल्दै
Login in to Rate this Post:     0       ?        
 

बेलायती जागिर छाडेर ट्राउट पाल्दै

 
(0 Votes)
 
 
 
 
gai
 

भोटेचौर (सिन्धुपाल्चोक), माघ २१ - खोटाङका एक व्यवसायी वेलायतको जागिर छाडेर ट्राउट माछापालनमा लागेका छन् । भूरा उत्पादनसमेत थालेका उनले मनग्य आम्दानी गर्न थालेका छन् ।

लफ्याङ-१ का ४३ वर्षीय तुलाकुमार राई परिश्रमीले पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने सन्देश दिएका छन् । बेलायतमा कमाएको रकमको आयकर तिर्दातिर्दै सकिन्थ्यो, उनले भने, त्यसैले स्वदेश फर्केर व्यवसाय थालेका हुँ । माछा र्फम स्थापना गरेको ५ वर्षमा डेढ करोड लगानी उठिसकेको छ ।

राजधानीबाट ३० किमि उत्तरपूर्व हैवुङ र भोटेचौरको सीमास्थित घट्टेखोलामा उनले १० रोपनी जमिन किनेर ६ वर्षअघि व्यवसाय सुरु गरेका हुन् । उनले भुरा र मासु बजारको मागअनुसार उत्पादन गर्न सकेका छैनन् । 'मेहेनत गर्न सके व्यवसाय धेरै राम्रो रहेछ,' राईले भने, 'अब सहजै मासिक १ लाख आम्दानी गर्न सकिन्छ ।' उनलाई बेलायतमा कर तिरेर ५० हजार बचाउन कठिन थियो । यहा उनले पानीको गुणस्तर राम्रो भएको अर्को ठाउँ खोजेर थप भुरा उत्पादन गर्ने तयारी गरेका

छन । उनले बर्सेनि ३ लाख भुरा र ४ हजार केजी माछा उत्पादन गर्छन् । मासु प्रतिकेजी ९ देखि १ हजार २ सय र भुरा प्रतिगोटा ५ रुपियाँमा बिक्री हुन्छ । नुवाकोटलगायत ठूला ट्राउट माछा र्फममा उनैले भुरा बिक्री गर्छन् । माछा स्थानीय तह र राजधानी लगायतका स्थानमा बिक्री गर्दै आएका छन् । भुरा उत्पादन गर्न र माछा बचाउन भने साह्रै कठिनाइ भएको उनले बताए ।  

लगानीको राम्रो वातावरण, माछालाई सुहाउँदो पानी र स्थानीय सहयोग प्रयाप्त भए मासिक ३-४ लाख कमाउन गाह्रो नहुने उनको अनुभव छ । उनले अहिले माछा विशेषज्ञ र कर्मचारीका लागि बर्सेनि २५ लाख खर्च गर्दै आएछन् ।

पर्यटकीय रुट चिसापानी घुम्ने क्रममा उक्त स्थानका आइपुगेका राई साथीभाइले कुरा गरेको सुनेर सुरुमा माछापालनमा आकषिर्त भएको बताउँछन् । राजधानी नजिकै भएकाले उनी अहिले माछाको स्वाद चाख्न आन्तरिक पर्यटक भित्र्याउने तयारीमा छन् । उनले सोही स्थानमा रिसोर्ट खोल्ने तयारी गरेका छन् । राजधानीबाट डेढ घन्टामा पुग्न सकिने भोटेचौर चियावगानसँगै उनको र्फम छ । 'माछा र्फमलाई आन्तरिक पर्यटकको गन्तव्यस्थल बनाउन लगानी बढाउँदै छु, उनले भने । चारैतिर हिमाल दृश्य देखिने, आकर्षक चियाबगान, चिसापानी ट्रेकिङ रुट र निकुञ्जको मध्यवर्ती भागमा अवस्थत यो स्थान राजधानी नजिकैको गन्तव्य स्थल हुन सक्ने उनी बताउँछन् ।

Read Full Discussion Thread for this article