Posted by: _____ February 3, 2013
जनता को कर बाट मोज गर्ने सरकरी अधिकारी राजनीतिज्ञ हरु लै नेपाल मा एस्तो होला ?
Login in to Rate this Post:     0       ?        
 

सरकारी फोनमा राति अबेरसम्म महिलालाई फोन गरेको भेटिएपछि राजीनामा

E-mailPrint
2
 

वासिङटन, माघ २१ (एजेन्सी) - सरकारी सुविधाको मोबाइल फोनबाट राति अबेरसम्म महिलाहरुसित कुरा गर्ने गरेको खुलासा पत्रिकाले गरेपछि नेब्रास्काका लेफ्टिनेन्ट गभर्नर रिक शिहीले शनिबार राजीनामा गरेका छन्। लेफ्टिनेन्ट गभर्नर अमेरिकाका संघीय राज्यहरुमा गभर्नरभन्दा मुनिको तहमा रहने उच्च सरकारी अधिकारीको पद हो।

ओमाहा वर्ल्ड हेराल्डका अनुसार उनले चार महिलालाई झण्डै २ हजार कल गरेको भेटिएको थियो। यी लामा कलहरु राति अबेला गरिएका थिए।

गभर्नर डेभ हेइनीम्यानले राजीनामा तत्काल लागू हुने गरी स्वीकार गरेको बताएका छन्। उनले आफूले गरेको विश्वासलाई लेफ्टिनेन्ट गभर्नरले तोडेको पनि बताए।

स्थानीय मिडियाका अनुसार शिहीकी पत्नीले २९ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्न गत वर्ष सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।

Read Full Discussion Thread for this article