Posted by: mahoday January 28, 2013
एन आर एन ,अमेरिकाले ऐतिहासिक सम्मेलन गर्ने
Login in to Rate this Post:     0       ?        
                                                         एन आर एन ,अमेरिकाले ऐतिहासिक सम्मेलन गर्ने


अमेरिका ,माघ १३ (तदनुसार जनवरी २६,२०१३ )एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स ) ले एक दिवसीय बार्षिक अधिवेसन यहि आउदो मई २५ ,२०१३(शनिबार ) अर्थात्  स्मरणात्मक दिवस (मेमोरियल डे ) का दिन अमेरिका कै सर्बाधिक दोश्रो लोकप्रिय शहर क्यालिफोर्निया राज्यको लस एन्जेलसमा भब्यताको साथ मनाउने निर्णय गरेको छ l एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स )को ईतिहास सयक्त राज्य अमेरिकामा पुरानो न भएता पनि  बिगतमा यो संस्था चिर निन्द्रामा सुतेको हो कि जस्तो भान समुदायले ठहर गरेता पनि समयको कालचक्र संगै नया नेतृत्वको नविनतम सोच र महत्वाकांक्षि तार्किक लक्ष्यलाई बोकेर हिडेको एन आर एन ,अमेरिका छोटो समयमा नै विश्व भर आफ्ना कार्यक्रमहरु मार्फत सकारात्मक संदेश दिन केहि हद सम्म सफल भएको छ l
 
यो ऐतिहासिक अधिवेसनले अमेरिका भर यत्र तत्र छरिएर रहेका सैयौ संघ तथा संस्थाहरुलाई एकत्रित गर्दै ऐक्यबद्दताको आवाज घन्काउने र सम्पूर्णलाई आफनो पनको महसुस गराउदै गोलबद्द बनाउने उदेश्य रहेको जानकारी अधक्ष्य प्रल्हाद केसीले जानकारी दिए l  एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स )महिलाहरुका तमाम विषयका सम्पूर्ण मुद्दाहरुमा बिशेष प्राथमिकता दिने र उच्च सद्भाव साथ हातेमालो गर्दे सहयात्री हुने अधक्ष्य केसीले अभिव्यक्ति दिए l
 
मूल लक्ष्य नै संघ तथा संगठनहरुलाई सहभागी गराउने र छाता संगठनको रुपमा एन आर एन ,अमेरिकालाई सयुक्त राज्य अमेरिकामा स्थापित गर्दै मात्री भूमिको सेवा र एक आपस बीच भाईचाराको सम्बन्ध स्थापित गर्दै जाने सोच रहेको छ भनि अधक्ष्यले सूचना दिए l सबै संगठनहरुका ध्वजाहरुलाई उच्च स्थान दिदै सम्मेलनमा ध्वजा फर फराउने गरि स्थान दिने र राष्ट्रिय हित र सवालमा सबै एक ढिक्का समेत हुने लक्ष्य एन आर एन ,अमेरिकाले लिएको छ भनि बिशेष जोड केसीले पोखे l सम्मेलनको मूल नारा नै ' मिटिंग अफ माइन्ड 'अर्थात्  'अभिप्रायको सम्मेलन' राखिएको छ भन्दै आफु संस्थालाई अझ प्रभावकारी  र चुस्त बनाउन आफु नेपालको भ्रमण गरेको भन्दै निरन्तर एन आर ए अमेरिकाले सूचना तथा समाचारहरु सम्प्रेषण गर्ने र सम्पर्क गर्ने लक्ष्य राखिएको छ भन्दै सबैलाई यो महान भेलामा सहभागी हुन् आब्हान गरेका छन् l
 
विजय थापा
भर्जिनिया ,अमेरिका


Read Full Discussion Thread for this article