Posted by: ThahaChaena January 25, 2013
चार पुरुष
Login in to Rate this Post:     0       ?        
 << उ आफ्नो कपालमा लगाउने फूल जस्तै नि फक्रिएकी , उज्याली थिई । फरक यति मात्र थियो त्यो फूल फेरिनु पर्थ्यो, प्रत्येक दिन ओइलाउँथ्यो, तर मैले उसलाई जहिले जहिले हेरेँ फक्रिएकै पाएँ ।आफू गलेर थकित भएको वेला पनि मलाई मुस्कान सहित उसले जव जव ढोका खोली , मेरो थकान नै थकित भयो, हरायो।>>

फुच्चे मित्र , 
हजुरको लेख र लेखाइको हायेल कायल भाको त उहिले देखिन हो...... दिप्दाई , ठुल्दाई, नेपे दाइ, दिपिका दि, सोम दाइ, क्रेजी जी जस्ता धुरन्धर श्रस्टाहरु ले बखान गरेकै हो हजुर को...... म के भनौं खै र!!..... यो पनि सारै मन पर्यो हजुरको लेख ..... अझै पढ्न पाई रहुँ ...... 

एउटा सानो बिनति जाहेर गर्छु , मनमा खड्कियो , यो अन्तिम पुरुष (बुडा बुबा) पात्रको मनोभावना अलि नारी मनोद्वान्द्व जस्तो ससक्त र भित्र चिर्न नसकेको होकी जस्तो लाग्यो.....हुन त म आफै लेख्ने मान्छे भए पो थाहा हुन्थ्यो.... माफी चाहन्छु गल्ति बोलेको या विश्लेषण गरेको भए है.....
 
- थाने (थाहा-छैन)
Read Full Discussion Thread for this article