Posted by: fucheketo January 25, 2013
चार पुरुष
Login in to Rate this Post:     0       ?        
 Thank you Thaney and other readers...
Here is my 4th and last part..

पुरुष-४


म अघिका तिन अध्याय देखि गुम्सिएको म पात्र होइन । म यो कथाको चौथो पुरुष हुँ जुन पछिल्ला अध्यायहरुको म सँग नजिकैवाट गाँसिएको छु।चौथो अध्याय मेरो अध्याय हो। त्यसैले पछिल्ला तिन अध्यायकी म लाई यहि अध्यायको कुनै कुनामा भेट्टिने गरी आफ्नो कथाको शुरुवात गर्ने अनुमति चाहन्छु:करिव तिस वर्षको साथ पछि गएको वर्ष उसले मेरो साथ छोडी । छोड्न भन्दा अघि तिन दिन सम्म वोलिन म सँग । जीवनको यत्रो लामो कालखण्डमा विचमा उ सँग म धेरै चोटी रिसाएँ अनि उसलाई मैले धेरै चोटी फकाएँ । तर उ कहिल्यै लामो रिसाइन म सँग , मेरो फकाउने प्रयास मात्र पर्याप्त हुन्थ्यो उसलाई फकाउनलाई। उ आफ्नो कपालमा लगाउने फूल जस्तै नि फक्रिएकी , उज्याली थिई । फरक यति मात्र थियो त्यो फूल फेरिनु पर्थ्यो, प्रत्येक दिन ओइलाउँथ्यो, तर मैले उसलाई जहिले जहिले हेरेँ फक्रिएकै पाएँ ।आफू गलेर थकित भएको वेला पनि मलाई मुस्कान सहित उसले जव जव ढोका खोली , मेरो थकान नै थकित भयो, हरायो। तर अन्तत तिस वर्ष मेरो जीवनको वँगैचामा फक्रीएकी फूललाई दैवले चुँडेर लग्यो। मैले आफ्नो आँशुले भरीएका आँखाले उसलाई विदाइ गरेँ । मलाई लाग्यो मेरो जीवनको कथा टुंगियो। अव मेरो कितावमा मात्र खाली 
पाना रहेका छन् । दिन वित्दै जानेछ,खाली पाना पल्टिदैँ जानेछन् मेरो किताव वन्द हुनु अघि!!!
 
 
 
 उसले दिएको मायाको चिनो एउटा छोरो र एउटी छोरी अव मेरो वुढेसकालको सहारा भएका छन्।कहिले काँहि जव मेरा समकक्षी साथीहरु सँग भेट्छु, उनीहरु आफ्ना छोराछोरीका कुरा गर्छन् । चित्त नवुझेका कुरा गर्छन् अनि मन अमिलिएका कुरा गर्छन् । म उनीहरु भन्दा आफुलाई पृथक देखाउन चाहन्न तर हामीले पनि यो पुस्ताको वारेमा केहि सोचिदिनुपर्छ।यो पुस्ता गतिशिल छ, हामी जस्तो ठहराव मन पराउने पुस्ता सँग कहाँ चालमा चाल मिलाउन सक्छ त !! फेरी अर्को मनले सोच्छु, सोच पुस्ता प्रति पुस्ता खुम्चदै छ। म जे सोच्थेँ, जति जनाको वारेमा सोच्थेँ त्यति नै मेरो छोराछोरीले पनि सोचुन जरुरी छैन। उनीहरुको सोच्ने वृत्त मा एक्लिएको म अटाउन सकुँ  म त्यति मात्र चाहन्छु।
जीवनमा कसैको महत्व उसलाई गुमाइसकेपछी थाहा हुँदो रहेछ।छोराछोरी सँग गफ कति नै वेर गर्न सकिने रहेछ र? त्यसैले एकान्त मा आजकल टिभी मेरो सवैभन्दा ठूलो साथी भएको छ।मलाई देश विदेशका समाचारहरु कण्ठाग्र हुन थालेका छन्। योगाका आसन हरु मैले सजिलै सम्झिन थालेको छु। विहान घरमा सवैभन्दा चाँडो उठ्छु। मर्निंग वकमा जान्छु । एउटा चिया पसलमा सवै साथी भेट्छौँ। पत्रिका पढ्छौ ,देश विग्रीएको कुरा गर्छौँ,सपार्ने कोहि आइदिए छोराछोरीको भविष्यको सप्रिने आशा गर्छौँ। कसै कसैले मैले माथी नै भने जस्तै छोरा छोरीको पोल लगाउँछन् । चिया सिद्दिन्छ , जिवन त्यहिँ वाट फेरि एक्लो हुन्छ ।अर्को विहान सम्म को लागि।
" मैले भनेको मान्छस् भने फेरि विहे गर , छोरी कहिले अर्काको घर जान्छे , अल्लारे छोराहरुको के भर गर्छस् !"
छोरा र वुहारी सँग मन कुँडिएको एउटा मेरो साथीले अनायसै मलाई प्रस्ताव राखिदिएको थियो।उसले त्यसो भन्दै गर्दा त्यो वाक्य छोराछोरीप्रतिको आक्रोश थियो वा मेरो एक्लो जीवन प्रतिको सहानुभुति त्यो मात्रै खुट्याउन भए पनि धेरैवेर सम्म उसको अनुहार हेरीरहेँ।
"कति नै वाँचिएला र अव !"
मैले खासै चासो देखाइन।
"भोलि कल्ले देखेको छ र ? वाँचुन्जेल सुखि भएर वाँच मात्र भन्न खोजेको हुँ मैले त !" उसले आफ्नो ट्राउजरमा लागेका कुरो टिप्दै भन्यो।
"मलाई त वितेका यादहरुले नै सुखि वनाएका छन् !" मैले मेरी उ लाई सम्झेँ । उ गएको करिव एक वर्ष हुँदैछ । कसरी चटक्क विर्सौँ उसलाई म !! उसको ठाउँमा कसरी अर्की स्वास्नी हुलुँ म। उसको सट्टा म मरेको भए उसले त पक्कै पनि यसो गर्दैनथी । म किन स्वार्थी वनुँ । मेरो मनले त्यो मानेन्
" मैले भाउजुलाई विर्सी भनेको हैन , माया एउटा पाटो हो ,आवश्यकता अर्को ! लोग्नेमान्छे आइमाइमान्छे जस्तो कहिल्यै परिपक्व हुँदैन वुझिस् उसलाई स्याहार चाहिन्छ साथ चाहिन्छ ! अनि सवैभन्दा महत्वपुर्ण कुरा उ भोगि हुन्छ सुविधाको दुख पचाउन सक्दैन !! तैले पनि सक्दैनस् , मैले भनेको लेखेर राख, तैँले पनि सक्दैनस......... पहिलो विहा माया को लागि गरिस् अव आवश्यकता को लागि गर न त !!"
म सोचमा परेँ। पुरै नकार्न सकिन। छोरी जागिर खान्छे ।दिनभरी हुन्न । भएपनि म सँग खासै गफ गर्दिन। कोठामा वसेर आफ्नो काम गर्न मात्रै व्यस्त हुन्छे । छोरो कलेज जान्छ । कता हराउँछ थाहा छैन, अस्ति त दंग दंगि चुरोट गनाएको थियो त्यस्को कोठामा, मैले भनेको " हैन वुवा , अरु नै केहि होला!!" भनेर टारिदियो। एकजना कोहि भयो भने हो अलिकति हच्किन्थ्यो पनि । मेरो मात्रै होइन उनीहरुको भविष्य पनि मैले सोच्नुपर्छ नि !! घरमा उनीहरुसँग हुने त कोहि चाहिन्छ .. तर पनि ...
"छोरा छोरीले के भन्छन् ? छोड्दे भो !!" मलाई अझै आँट आएन।
"जीवन तेरो आफ्नो हो, वाँच्न मन लागेको तरिकाले वाँच ! कसले के भन्छ किन सोच्छस् ! कसैले केहि भन्दैन ! तँलाई कुमारी , तरुनीनै विहे गर भनेको त हैन नी ! सम्वन्ध विच्छेद भएकी ,वुढो मरेकी भेट्टाइ हाल्छस् नि !!साठी नै त पुगेको छस् नि !!"
उसले चुरोट उडाउँदै मलाई सल्लाह दियो। त्यो दिन वाटो भरी सोची रहेँ।
************** ************ ************* **************** ****************** ****** *************** ************** ******************* **************** ******
" चिया ल्याउँ ?"
घर पुग्ने वित्तिकै सावित्रीले मलाई सोधी !! 
मैले उसलाई हेरेँ ।अरु दिनको भन्दा फरक देखेँ भरीएकी , उज्याली । वुढाले अर्की आइमाइ ल्याएपछि हाम्रो मा काम गर्न वसेकी । हुन त उमेर त्यति धेरै भएको छैन। तर उसले अव कुमार केटो पाउँदिन पक्का छ।
"ले न त !"
मख्ख भएर मैले उसलाई अह्राएँ । छोरी सँग आज नै मेरो कुरो राख्छु, मन मनैँ सोचेँ। जीवन मा फेरि वसन्त आए जस्तो लाग्यो। त्यो खाली पानामा कसैले कविता कोरे जस्तै लाग्यो
 
समाप्त


Read Full Discussion Thread for this article