Posted by: rethink January 24, 2013
प्र.म. बाबुराम भट्टराईको जालझेल
Login in to Rate this Post:     0       ?        

 

प्रधानमन्त्रीका मन्त्रालयमा हिसिलाको हैकम



काठमाडौ, माघ ११ -  संविधानसभा विघटनपछि कांग्रेस-एमालेले छाडेका मन्त्रालय प्रधानमन्त्री आफैंले जिम्मा लिएका छन् । तर ती मन्त्रालयको खटनपटन भने प्रधानमन्त्री पत्नी हिसिला यमीको तजबिजमा चल्छ । कर्मचारी सरुवा, बढुवा र दरबन्दी थपेर आफ्ना मान्छे र कार्यकर्ता भर्तीमा हिसिलाकै निर्देशन चल्ने गरेको छ । उनका आँखा प्रधानमन्त्रीले सम्हालेबाहेकका विकासे मन्त्रालयतिर समेत गाडिने गरेको स्रोतको भनाइ छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा हिसिलाको उपस्थिति बढेको स्रोतले बतायो । केही दिनअघि महानगर दिवसमा भएको कार्यक्रममा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित भएनन् । हिसिलाले कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउन भूमिका खेलेपछि विभागीय मन्त्री श्रेष्ठ उपस्थित भएनन् । 'बिरामी छु' भन्दै उनले कार्यक्रममा सहभागिता जनाउन अस्वीकार गरे ।

महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठसँग प्रधानमन्त्री पत्नीले सिधै डिलिङ गर्न थालेपछि मन्त्री श्रेष्ठ निकै तनावमा छन् । महानगरको बजेट विनियोजन गर्दा पनि हिसिला पाँच दिनसम्म आफैं उपस्थित थिइन् । बजेटको पहिलो प्राथमिकता उनले आफ्नो ७ नम्बर निर्वाचन क्षेत्रलाई दिइन् । साथै, उनले महानगरका इन्जियिनर, अन्य प्राविधिक पदमा करारमा दरबन्दी कायम गर्न लगाई आफ्ना मान्छेसमेत भर्ना गराइन् । महानगर दलका कार्यकर्ता भर्तीकेन्द्रै बन्ने गरेको छ । 'जुन कार्यकारी आए पनि मन्त्रीको चाकडी गर्न दुई चार जना नयाँ भर्ती गरेकै हुन्छ,' महानगरका एक अधिकारी भन्छन्, 'त्यसकै यो सिलसिला थियो ।'

विरोधका बाबजुद हिसिलाले महिना अघि दीदी तिमिला यमी -थापा) लाई काठमााडौं उपत्यका खानेपानी लिमिटेड-केयूकेएल) को अध्यक्ष नियुक्ति गराएरै छाडिन् । प्रधामन्त्रीले हेर्ने गरेको सहरी विकास मन्त्रालयको 'पूर्ण कार्यभार' हिसिलाले नै सम्हालेकी छन् । 'प्रधानमन्त्रीले जति मन्त्रालयका कार्यभार सम्हालेका छन्, तिनका छायामन्त्री हिसिला नै हुन्,' एक उच्च अधिकारीले भने । तत्कालीन स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीलाई पनि उनले आफ्नी दीदीलाई केयूकेएलको अध्यक्ष बनाउन दबाब दिए पनि सफल भएकी थिइनन् । उक्त मन्त्रालय प्रधानमन्त्रीको हातमा आएपछि उनले दिदीलाई गुन लगाएरै छाडेकी हुन् । यतिसम्म कि, उनले महानगरका तर्फका केयूकेएलका प्रतिनिधि महेश काफ्ले र ललितपुर उपमहानगरपालिका प्रतिनिधि बाबुराजा महर्जनलाई समेत फिर्ता बोलाइन् । त्यसका लागि उनले महानगरका कार्यकारी अधिकारी र ललितपुर उपमहानगरका कार्यकारी नरहरि भण्डारीलाई निरन्तर दबाब दिकी थिइन् । प्रधानमन्त्री पत्नी हिसिलाले उमेरका कारण अवकाश लिइसकेका वरिष्ठ प्रबन्धक चन्द्रमान नकर्मीलाई फेरि नियुक्त गर्न दबाब दिइन् र पुनः नियुक्त गरिछाडिन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले समेत नकर्मीलाई पुनः नियुक्त गर्न केयूकेएलको वर्तमान समितिलाई दबाब दिएका थिए ।

भौतिक योजना तथा निर्माणमन्त्री हुँदा हिसिलाले दिदीलाई सरकारको तर्फबाट केयूकेएलमा स्वतन्त्र सञ्चालक सदस्यमा नियुक्त गरेकी थिइन् । त्यसबेला केयूकेएल भौतिक योजना मन्त्रालयअन्तर्गत थियो । काठमाडौं उपत्यका विकास प्राधिकरणमा पनि उनले पूर्वमेयर केशव स्थापितलाई नियुक्त र बर्खास्त गरिन् । आयुक्त नियुक्तिमा छोरी मानुषीको पनि ठूलै हात थियो । नियुक्त हुनेबित्तिकै पूर्वआयुक्त स्थापितले हिसिला र मानुषीले गर्दा प्राधिकरणको ऐन नै परिवर्तन गरेर आयुक्त भएको सार्वजनिक गरेका थिए । तर पछि हिसिलाले 'नौ महिनासम्म कुनै काम नगरेको' भन्दै  प्रधानमन्त्री भट्टराईलाई बर्खास्त गर्न लगाइन् । बाबुराम र हिसिलासँग भारतको चण्डीगढ इन्जिनियर अध्ययन गर्दाका साथी योगेश्वरकृष्ण पराजुलीलाई आयुक्तमा नियुक्त गरियो, जसको चाँजोपाूजो हिसिलाले मिलाएकी थिइन् ।

स्रोतका अनुसार हिसिलाका प्रत्यक्ष दबाबमा अलि कमी आए पनि अप्रत्यक्ष दबाब उस्तै छन् । बालाजु उद्यानमा मुख्य सचिव लीलामणि पौडेलमार्फत निर्णय गर्न लगाएर महानगरको स्वामित्वमा रहेको जग्गामा सुकुम्बासी बसाउने निर्णय उनले नै गराइन् । उनले वर्षौंदेखि बालाजु वाइपास क्षेत्रमा पक्की घर, सरकारी जागिर भएकालाई मुख्य सचिवलाई दबाब दिएर सुकुम्बासी घोषित गर्न लगाइन् । आफ्नो निर्वाचन क्षेत्र भएकाले उनले यस्तो गराएकी हुन् ।

Read Full Discussion Thread for this article