Posted by: nepalilaure January 24, 2013
Mysansar blocked my Comment - Maoist Sansar?
Login in to Rate this Post:     0       ?        
पहिले त mysansar को उमेश खाट्टी माओबादीले जस्तो लाग्थ्यो | कमेन्ट पनि censor हुन्थ्यो भन्ने मैले पनि सुनेको हो | तर बिगत ७/८ महिना देखि चै उमेश आफैले राख्ने सामग्रीहरु माओबादीको बिरोधमा लेखेका पनि हुन्छन | सायद nagariknews मा जागिर खान थालेपछि अलि फरकपन देखिएको हो कि | एउटा कुरा नि : नगरिकको पूर्व सम्पादक नारायण वाग्ले माओबादीको भयङ्कर बिरोधि छन् | तर अहिलेका सम्पादक : किशोर नेपाल , जो नेपाली पत्रकारिताको इतिहाशमा नामले नै ठुलो मान्छे हुन् , तेस्मथी पंचायतकाल देखिको उनको प्रजातान्त्रिक /निस्पक्च्या  पत्रकारिता छबि अनि कांग्रेस पार्टी अनि स्वयं बिपी कोइरालाको सदभाब भएको मान्छे  अहिले प्रचण्डलाई राजनेता ठांछन् जस्तो लाग्छ (किशोर नेपाल माओबादी भयो भनेर भनेको होइन है, खाली उनका एउटा दुइटा लेख पढेर प्रचण्ड प्रतिको उनको सम्मान र आशा /भरोसा देखेर अचम्म लागेको हो ) | तेही भएर मान्छे कहिले के लाइ राम्रो देख्छ कहिले के लाइ ....

माओबादी, बिसेस गरि प्रचण्ड प्रति गरेका उग्र तर ठोस र वास्तविक हुदा हुदै पनि प्रमाण नभएका आरोपहरुले भरियाका मेरा comments हरु त प्रकासित नै हुन्छन | जसले जे भने पनि नेपालको राजनीतिक र समसामयिक घटनाहरुको बारेमा तेतिको live ब्लग , जहाँ विभिन्न किसिमका comments पढ्न सकिन्छ , तेस्तो अर्को ब्लग छैन | ब्लग नै भए पनि  त्यहाँका समाचारको बिस्वसनियता कान्तिपुर/ नागरिक भन्दा कम छैन जस्तो लाग्छ |
Read Full Discussion Thread for this article