Posted by: fucheketo January 16, 2013
चार पुरुष
Login in to Rate this Post:     0       ?        
 पुरुष-२

दिउँसो को टन्टलापुर घाममा पान पसलको छेउमा वसेर उ धेरै जस्तो मेरो झ्याल हेरिरहन्थ्यो । म विशेषत आएपछि भोलिको क्लासको प्रिपरेसन गर्न स्लाइड मेरो ल्यापटपमा टेवलमा वसेर बनाउँथे।उसलाई त्यहिँ वाट देख्थेँ। मलाई पान खाएको मन पर्दैन।पान सँग फोहोर जोडिएर  आउँछ मेरो दिमागमा । मेरो प्री अकुपाइड दिमाग सोच्छ , पान खाने केटाहरु सफा हुन सक्दैनन् र मलाई फोहोरीहरु मन पर्दैनन् । तर मेरो सोचको अर्को पाटो फरक थियो , उ त्यो पसलमा केहि खान हैन , केहि हेर्न आउँथ्यो त्यो देख्दथ्यो , उ तृप्त हुन्थ्यो पान वेगर पनि!!
उ मलाई देख्थ्यो देख्दैनथ्यो मलाई शंका लागेको थियो त्यहि भएर एक दिन सावित्रीलाई म वसेको ठाउँमा वस्न लगाएर म त्यो पान पसलमा गएर मेरो झ्याल मा हेरेँ।त्यो दिन एउटा सामान्य कुरा प्रमाणित भयो यदि म उसलाई देख्न सक्छू भने उ पनि मलाई देख्न सक्छ ।कुरा धेरै सामान्य थियो तर धेरै पछी मात्र मेरो दिमागले चाल पायो। कहिले काहिँ हामी यति जटिल वनिदिन्छौकी सामान्य जीवनमा पनि जटिलता खोज्छौँ , अनि नभएको जटिलता नभेटिएर हैरान हुन्छौ ।वायस्ड दिमाग सवै सामान्य वस्तुहरुलाई जटिल वनाउन खोज्छ। म किन तटस्थ वनेर सोच्न सक्दिन , हो उ मलाई नै हेर्न आउँथ्यो । मेरो आशमा झ्यालमा नियाली रहन्थ्यो। मेरो वसाई धेरै जसो त्यहि झ्यालको छेउछाउमा नै हुनाले धेरै जसो उसले खोजेको कुरा पाउँथ्यो । उ सन्तुष्ट हुन्थ्यो , फर्कन्थ्यो!
त्यसपछि धेरै प्रश्नहरु त्यहि प्रमाण सँगै तेर्सिए। के उ त्यो पान पसलमा वसेर मलाई नै नियाल्थ्यो त? मलाई नियाल्थ्यो भने किन?? को हो उ?? के चाहन्छ म वाट?? किन फुर्सद छ उसलाई त्यति धेरै !! पसलमा उभिएर मलाई नियालिरहने सम्मको !!


आज पनि  उ त्यहिँ थियो। मैले परवाट उसको अनुहार नियालेँ । खासै अनुहारका भावहरु, त्यसका साना साना प्रभावहरु त्यति टाढावाट म कसरी नियाल्न सकुँ?? तर पनि टाढैवाट म उसलाई नियालीरहेँ।के हेरिरहेको छु थाहै नभए पनि नजर त्यहिँ अडियो , मानौँ परिक्षाको समयमा कुनै नजानेको प्रश्नमा गएर कलम अडिन्छ । उ एउटा महत्वपुर्ण प्रश्न वनेको छ आजकल मेरो दिनचर्यामा। त्यो झ्यालमा गएर म पनि एक चोटी नै भए पनि त्यो पसलमा नियाल्छू।उसलाई खोज्छु, धेरै जसो उसलाई भेट्टाउँछू , ढुक्क भए जस्तो अनुभुति हुन्छ मनमा ,अनि आफ्नो काममा लाग्छू।
त्यो पसल  बेलुकी नौ वजे बन्द हुन्छ । उ लगभग पौने नौ मा त्यहाँवाट आफ्नो वाइकमा हिँड्छ अनि हराउँछ त्यहि गल्लीको अँध्यारोमा! हुन त एउटा भावनाको वेग होला उ ,जुन यथार्थको धरातलमा कहाँ हराउँछ , वा उपस्थिति जनाउन सक्छ त्यसमा अझै प्रश्नचिन्हहरु छन् । तर उ उपस्थित छ , उसको उपस्थिति मेरो लत वनेको छ । हामी विचको मौन दुरी मा आँखाहरु पुल बनेका छन् ,जोड्छन हामीलाई तरंग पैदा गर्छन् मनमाँ ।

"सावित्री तँलाई म कस्ती लाग्छु?" मैले अनायसै एकदिन सावित्रीलाई सोधेँ ।प्रश्नको कुनै तुक थिएन। उ वाल्ल परी !!मलाई टुलुटुलु हेरी
"राम्री!" अनि खिस्स हाँस्दै जवाफ फर्काई!
"कती राम्री?" मेरो धित मरेन, मन मनै मख्ख पर्दै फेरी प्रश्न राखेँ।
"धेरै राम्री दिदी! मलाई हैन कुनै केटालाई सोध्नुस्! हुरुक्कै हुनेछन् सोध्नुभयो भने!" मलाई अझ वढी चिल्लो घसी उसले!

मनमनैँ सोचेँ पुरुष , अनि उसको मुखवाट निस्कने नारीको वर्णन ,मेरो वर्णन शास्वत छैन, वदलिँदै जान्छ जव जव उनीहरु मेरो नजिक आउँछन् म राम्री लाग्छु, पारीजात जत्तिकै सुगन्धि वन्छु। तर विस्तारै मेरो सुगन्ध हराउँछ। म पत्र पत्र उक्किदैँ जान्छु, उनीहरु मलाई कुरुप देख्न थाल्छन् । सम्वन्ध हराउँछ ,मलाई विर्सन्छन्! तर आज मैले यो प्रश्न सोध्नुको पनि कारण थियो। कारण नजिकैको पान पसलमा थियो ,मलाई नियाल्दै थियो। मैले सावित्रीको नजर लाई उसको मान्ने प्रयास गरेकी मात्र थिएँ। 
"साँच्चीकै सोधौँ त?" उसतिर हेरेर जिस्कँदै भनेँ।
"सोध्नुस न दिदी! मैले भने जस्तो उत्तर आउने पक्का!" 
***********************************************************************************************************
"साँची के छ तेरो वुढोको खवर आजकल ?" मैले प्रसंग वदलेँ।
" मरोस कि राखोस् ! जता सुकै जाओस् ,जता सुकै चरोस् !! हैँजा लागेर मर्छ त्यो !!" उ अचानक आवेगमा आई!
"आम्मामा!!! कत्ति रिसाकी!!" पहिला त उसको दोष छैन भन्थिस् त !" मैले उसलाई जवाफ फर्काउँदै गरे पनि मेरो आँखा पान पसलमै थियो।
"हुँदो रैछ दिदी ,गल्ती जिन्दगीमा!!"
"अव कसरी सुधार्छेस् त गल्ती?" मैले उसलाई प्रश्न राखेँ !!
" अव त त्यहि गल्ति नै जीवन थियो जस्तो लाग्न थालेको छ दिदी!! किन सुधार्नु दिदी , कहिले काहिँ दोहोर्याउनु रमाइलो हुन्छ !तेहेर्याउनु आवश्यक हुन्छ !! अनी गरीरहनु दिनचर्या हुन्छ !!! हैन र दिदी?" उ खिस्स हाँसी , मैले उसलाई अचम्म मान्दै हेरे, मलाई जिस्क्याएँ झै लाग्यो सहन सकिन ।
" जा भान्छा मा! वढ्ता वोल्दी रहिछे जे पायो त्यहि !" आवेगले आफ्नो मुटु ढाक्न चाहेँ!!!
उ केहि वोलिन सरासर भान्छा तिर लागि !! एक छिन टोलाएँ !! झ्याल वाहिर नियाँले त्यो पुरुष आकृती गल्लीमा हराउने समय भइसकेको थियो !! उ पनि आफ्नो वाटो लाग्यो!!!
*************** *************** ************** ************* *********** ********
*************** ************ ***************** ************** ********** ********
आज विहानै काम गर्ने जाँगर चल्यो!
"सावित्री !! चिया खुवा त !!"कोठा वाटै कराएँ
"छैन त्यो ! मैले पत्रीका लिन पठाको छु !!" वुवाको आवाज आयो!!
मेरो चियाको लतले उसको प्रतिक्षालाई गाह्रो वनायो । मैले झ्याल वाट नियाँले । उ पान पसलमा देखिइ ,मैले चिनेको आकृती सँग कुरा गर्दै। मैले पर्दा वन्द गरेँ।
क्रमश:
 
Read Full Discussion Thread for this article