Posted by: Sajha Info January 16, 2013
Mrs Nepal, Miss Teen International, Miss International Participant details and Photos
Login in to Rate this Post:     0       ?        


 


चार प्रतियोगिताका प्रतियोगि प्रशिक्षणमा

नेपालमै पहिलो पटक एक साथ एकै स्टेजमा चार प्रतियोगिता आयोजना गर्न लागेको संस्था ई–प्लानेटले चारै प्रतियोगिताको प्रशिक्षण सुरु गरेको छ । जस अन्र्तगत लिटिल मिस नेपालमा २०, मिस टिन इन्टरनेशनलमा १५, मिस इन्टरनेशनलमा १५ र मिसेज नेपालमा १५ प्रारम्भिक छनौट गरेकोमा सहभागिले १ वर्ष सामाजिक कार्य गर्नु पर्ने तथा विजेताले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु पर्ने कारण अनिच्छुक केहिलाई हटाइएको छ भने केहिले स्वेच्छाले छोडेका छन् । जसमध्ये केहि प्रतिस्पर्धीलाई अन्तराष्ट्रिय प्रतियोगिताको लागि बनाइएको निश्चित मापदण्ड अनुकूल योग्य नभएको तथा सामाजिक सेवामा रुचि नभएकोले हटाइएको हो ।
यसै क्रममा चार प्रतियोगिता मध्ये मिसेज् नेपाल र लिटिल मिस नेपाल – २०६९ मा दुई परिवारबाट दुई–दुई आमाछोरी  स्पर्धामा भिड्ने तयारीमा जुटेका छन् । आगामी माघ १३ गते  राजधानीको आर्मी अफिसर्स क्लबमा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा भैसेपाटिकी पविना खड्का र उनकी छोरी गजल चौधरी तथा रजनी थापा र छोरी समृद्धि थापा क्रमशः मिसेज् नेपाल र लिटिल मिस नेपालमा भिड्न कम्मर कसेर लागि परेका छन् ।
प्रतियोगिहरुको आत्माविश्वास बढाई समाजमा साहसि नारीको रुपमा स्थापित गर्न आवश्यक जानकारी प्रदान गर्ने अभिप्रायले विभिन्न परिचित र स्थापित व्यक्तित्वहरुबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । प्रशिक्षणमा अनुप बरालले व्यक्तित्व विकास, मेनुका थापाले महिला शसक्तिकरण तथा सामाजिक सेवा , प्रदिप निरौलाले संचार र समाज , भरत शाक्यले संचार जगत्, निर्णय श्रेष्ठले प्रतियोगिलाई हौसला बढाउने खालको महत्वपूर्ण टिप्सहरु दिए भने डा. शुशिल कोइरालाले महिला सहभागिता सम्बन्धि प्रशिक्षण दिइसकेका छन् भने अनिता पाठकले नियमित अभ्यास गराइ रहेकि छिन् । प्रतियोगिताको कोरियोग्राफीको जिम्मेवारी रोजिन शाक्यले सम्हाल्नेछन् ।
यूवापुस्तालाई समाजसँग जोड्न तथा सामाजिक कार्यमा अग्रसर गराउने यो पहिलो प्रयास हो’ ई–प्लानेटका संस्थापक तथा अध्यक्ष सन्तोष सापकोटाले भने । उनका अनुसार नेपालमा पहिलो पटक एक स्टेजमा चार प्रतियोगिता हुने यो पहिलो कार्यक्रम हो । यस पटकका विजेता रक्षा नेपाल नामक संस्थाका प्रतिनिधि  पात्र सद्भावना दुत भई सामाजिक कार्यका लागि अग्रसर हुनेछन् भने उप विजेताले सेभेन नेपाल संस्थाको प्रतिनिधि पात्र सद्भावना दुत भई सामाजिक कार्य गर्नु पर्नेछ ।आफ्नो दशौं वर्षको वार्षिकोत्सवका दिन पारेर माघ १३ गते प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने छ , जसमा एक साथ चार विजेता घोषणा गरिने छ ।
नेपालमै पहिलो पटक अन्तराष्ट्रिय मापदण्डमा आधारित उच्च स्तरको प्रतियोगिताको  आयोजनामा जुटेका छौ‘’ सापकोटाले भने, ई–प्लानेटले २ वर्षअघि नेपालबाट पहिलो पटक अन्तराष्ट्रिय स्तरमा कार्यक्रम गर्ने पहिलो संस्था भई मिस नेपाल युएसएको दोसा्रे संस्करण सम्पन्न गरिसकेको छ । यो वर्ष नेपालमा एकसाथ चार प्रतियोगिता गर्ने पहिलो संस्था बन्नेछ भने यसै वर्षदेखि अन्तराष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी प्रतियोगी पठाउने जिम्मेवारी प्राप्त गरिसकेको छ। जसमा ई–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले २१ वटा संस्थाको नेपाल निर्देशक पाइसकेका छन् भने अरु १४ संस्थासँग कुरा भईरहेको जानकारी पनि दिए । अध्यक्ष सापकोटा भन्छन्, नेपाली संस्था ई–प्लानेटको अन्तराष्ट्रिय कार्यक्रम नेपालमै सम्पन्न गर्ने दिन चाडै आउँछ । नेपालीले अन्र्तराष्ट्रिय प्रतियोगिताका लागि  विदेश जाने होइन विदेशीले अन्र्तराष्ट्रिय  प्रतियोगिताका लागि नेपाल आउने दिन धेरै टाढा छैन ।’ नेपाल सरकार तथा नेपाली उद्यमी, व्यवसायी, एवं प्रायोजक, सह– प्रायोजककोे साथ पाए आफू अन्र्तराष्ट्रिय कार्यक्रम आयोजना गर्न सक्षम भएको तर आर्थिक अभावका कारण मात्र अड्किएको जानकारी पनि गराए ।
चारै प्रतियोगिताका विजेताको अन्र्तराष्ट्रिय सहभागिता नेपाललाई विश्वमा चिनाउने एउटा सार्थक प्रयास हुनेछ । हरेक प्रतियोगिताका विजेता उप विजेताहरुले विश्वका ११ राष्ट्रमा नेपालको प्रतिनिधित्व गर्नेछन् । तसर्थ अन्तराष्ट्रिय प्रतियोगिताको मापदण्डमा आधारित भएर प्रशिक्षण गराइरहेकाले अन्तराष्ट्रिय उपाधि  नेपाल भित्राउने लक्ष्यका साथ प्रतिस्पर्धिलाई तयार पारिरहेको जानकारी अध्यक्ष सापकोटाले दिएका छन् । सम्पुर्ण  प्रतिस्पर्धिहरु हाम्रा विजेता हुन्  तसर्थ उनीहरुलाई समाजसंगको सहकार्यमा अग्रसर गराउने कुरामा ई–प्लानेट  विश्वस्त छ ।

प्रतिस्पर्धीहरुको भावि कार्य योजना यस प्रकार रहेको छ ः
मिसेज् नेपाल
१. सोमा भुजेल ः पोखरा कुँडहरकी स्थायी निवासि ३२ वर्षिय सोमा भुजेल आफुलाई सक्षम र दक्ष बनाउने अभिप्रायले यस प्रतियोगितामा सहभागि भएको बताउछिन्् । ५ फिट उचाई भएकी  सोमा  भविष्यमा सडक बालबालिकालाई सहयोग गर्ने इच्छा जाहेर गर्छिन भने बालबालिका आजका कोपिला र भोलिका कर्णधार हुन् तसर्थ उनिहरुलाई बाल हक र अधिकार बाट बञ्चित नगराउ भन्ने सन्देश दिने उनी हाल शिक्षक पेशामा संलग्न छिन् ।

२. रचना पाण्डे थपलिया ः २३ वर्षिय रचना मदानपूर, नुवाकोटकी स्थायी बासिन्दा हुन् भने हाल उनी गोगंबुमा बस्दै आएकी छिन् । वृद्धवृद्धाका लागि काम गर्न रुचाउने उनी आफूमा निहित कमजोरिलाई हटाई आत्मविश्वासका साथ प्रतियोगिताको ताज जिल्नको लागि प्रतियोगितामा भाग लिएको कुरा खुलस्त पार्छिन् । मातृदेवो भवः पितृदेवो भवः अर्थात वृद्धवृद्धाको निस्वार्थ सेवा गरौ भन्ने सन्देश दिने ५ फिट अग्लि रचना तनमन देखि नै प्रतियोगितामा सहभागिता जनाइ रहेकि छिन् ।

३. सुनिता थापा ः अनाथ बालबालिकाको लागि सहयोग गर्नु नै आफ्नो जीवनको लक्ष्य रहेको बताउने २३ वर्षकी सुनिता थापा स्थायी घर धरान भई हाल शान्तिनगरमा अस्थाई रुपमा बसोबास गर्दै आएकि  छिन् । स्वयंलाई शसक्त र आत्माविश्वासि सावित गराउने हेतुले यस कार्यक्रममा सहभागि भएकि ५ फिट १ इन्च अग्लि  सुनिता अबोध बालबालिकाको अधिकार हनन् नगरौ भन्ने सन्देश दिन्छिन् ।

४.सरिना के.सि. अन्र्तनिहित क्षमतालको वृद्धि र विकास गर्न तथा समाजको लागि प्रेरणाको सा्रेत बन्ने अठोटका साथ प्रतियोगितामा सहभागिता जनाएकि  ५ फिट २ इन्च अग्लि सरिना भविष्यमा वृद्धाआश्रममा आश्रीतहरुलाई सहयोग गर्ने इच्छा व्यक्त गर्छिन् ।  ३० वर्षिय उनी आफुले जीवनमा लिएको लक्ष्य प्राप्तिका लागि हटेर हैन डटेर लड्यो भने अवश्य पनि सफल भइन्छ भन्ने सन्देश दिन चाहन्छिन् ।

५. मिना कुमारी दहाल न्यौपाने , सिन्धुली घर भई हाल नयाँ बानेश्वरमा बस्दै आएकि मिना भविष्यमा महिला हिंसा रोकथामका लागि  आवाज उठाउने प्रण गर्छिन् । आफ्नो आत्माबल बढाई शोषित पिडित नारीहरुकको उद्धारमा लागिपर्ने मनोसायले यस प्रतियोगितामा भाग लिएको बताउने उनी युवावर्गमा निहित शक्ति र क्षमताको प्रयोग गरि समाजका विकृतिलाई हटाउनु पर्छ भन्ने सुझाव दिन चाहन्छिन् ।

६. पविना खड्का , भैंसेपाटी ललितपूर निवासि ३८ वर्षिय पविना विवाहित नारीले पनि सामाजिक उत्रदायित्व पुरा गर्न तथा हामी गर्न सक्छौ भन्ने कुरा प्रमाणित गर्न यसमा भाग लिएको जानकारी दिन्छिन् ।  विवाह पश्चात पनि नारीले विभिन्न कार्यमा संलग्न हुन सक्ने हुनाले विवाहलाई महिला स्वतन्त्रताको पूर्णविराम मान्न हुदैन भन्ने सुझाव  दिन चाहन्छिन् ।

७. रजनी थापा ,  विवाहित नारीले पनि  पारिवारिक दायित्व समाल्दै समाजमा आफ्नो भिन्न परिचय दिन सक्छन् भन्ने सन्देश दिने २६ वषर््िाय रजनी काभे्र महेन्द्रज्योतिकी स्थायी निवासि हुन् । ५फिट ३ इन्च अग्लि उनी आगामी दिनमा सडक बालबालिकालाई सहयोग गर्ने इच्छा राख्छिन् ।

८. मिना घिमिरे ४४ वर्षिय मिना काठमाडौं बौद्धकी स्थायी निवासि हुन् । असहाय वृद्धवृद्धालाई सहयोग गर्ने चाहना भएकी ५फिट ५ इन्च अग्लि  उनी समाज र परिवारमा नारी स्वतन्त्रताको प्रत्याभुति दिलाइ उनीहरुको सोचमा परिवर्तन ल्याउन यस प्रतियोगितामा सहभागि भएको जनाउछिन् । अन्ततः समस्त नेपालीले सकारात्मक सोच राखि धैर्यतापुर्वक एवं लगनशिल भएर कर्मक्षेत्रमा लागि परे देशको विकास सम्भव छ भन्ने सन्देश दिन चाहन्छिन् ।

९. सुमि गौतम बस्नेत गोगंबु निवासि २८ वर्षिय सुमि अनाथ बालबालिकालाई सहयोग गर्नु नै जीवनको मुख्य उद्देश्य रहेको बताउछिन् । पुरुष प्रधान समाजको प्रतिवाद गर्दै नारी जागरणको विजारोपण गराउने हेतुले यस प्रतियोगितामा सहभागि भएको जनाइन् । आफ्नो मौलिकता र संस्कृतिको संरक्षण एवं सवद्र्धन गरौ भन्ने सुझव दिने उनको उचाई भने ५ फिट ४ इन्च रहेको छ ।

१०. राधिका गुरुङ्ग  एच.आई.भि. एड्स संक्रमित बालबालिकाहरुको लागि काम गर्ने अठोट लिएकि ३९ वर्षिय राधिका गुरुङ्ग गोर्खाकि स्थायी निवासि हुन् भने हाल सामाखुसिमा बस्दै आएकि छिन् । ५ फिट ५ इन्च अग्लि उनी नयाँ कुरा सिक्न र आफुलाई सक्रिय बनाउने अभिप्रायले प्रतियोगितामा सहभागि भएको जानकारी दिन्छिन् । समाजमा एच.आइ.भि संक्रमितलाई हेर्ने दृष्टिमा परिवर्तन गराउनु का साथै नकारात्मक सोचमा पनि परिवर्तन गनुपर्छ भन्ने सुझाव दिन चाहन्छिन् ।
मिस टिन इन्टरनेशनल

 १. रिता गुरुङ्ग , लमजुङ्गकी स्थायी निवासि १६ वर्षिय रिता गुरुङ्ग आफ्नो आत्माविश्वास बढाउन तथा अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने हेतुले यस प्रतियोगितामा सहभागि भएको बताउछिन्् । भविष्यमा बालअधिकारको पक्षमा आवाज उठाउने उद्देश्य बोकेकी ५ फिट २ इन्च अग्लि रिता निर्दाेष बालबालिकाको हक र अधिकारमाथि अंकुश लगाउनु भनेको आधारभूत अधिकारबाट बञ्चित गराउनु हो भन्ने सन्देश दिन्छिन् । हाल उनी अध्ययनका अतिरिक्त प्रतियोगितामा पनि डटेर लागि परेकी छिन् ।

२. रेनी श्रेष्ठ , १७ वर्षिय रेनी कपनकी स्थायी बासिन्दा हुन् भने अपाङ्गं बालबालिकाहरुको लागि सहयोग गर्नु उनको जीवनको मुख्य ध्येय रहेको बताइन् । आत्मविश्वास बढाउन तथा नयाँ कुरा सिक्ने अभिप्रायले प्रतियोगितामा भाग लिएको कुरा खुलस्त पारिन् । भविष्यका कर्णधार बालबालिका भएकाले अपाङ्ग नै भए पनि संरक्षण र सहयोग गर्नुपर्छ भन्ने सन्देश दिने ५ फिट  १ इन्च अग्लि रेनी तनमन देखि नै प्रतियोगितामा सहभागिता जनाइ रहेकि छिन् ।

३. मेघ्ना शर्मा, सिन्धुली हाल कुलेश्वर बस्दै आएकि १६ वर्षिय मेघ्कना शर्मा आफुमा भएको खुबिलाई अझै निखारी समाजमा सकारात्मक सन्देश प्रवाह गराउने आत्माविश्वासका साथ प्रतियोगितामा सहभागि भएको बताउछिन् । ५ फिट २ इन्च अग्लि उनी भविष्यमा यौन व्ययसायको विरुद्धमा आवाज उठाउने लक्ष्य रहेको दावि गर्छिन् ।  यसैक्रममा  कहिल्यै पनि हरेस नखाइ आफुलाई समाजमा परिचित गराउनु नै सफल जीवनको  संकेत हो भन्ने सन्देश दिन्छिन् ।

४.सदिक्षा रेग्मि , यौन शोषण भएका बालबालिकालाई सहयोग र उद्धार गर्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता जनाएकि५ फिट ६ इन्च अग्लि सदिक्षा वालबालिका हिंसा विरुद्धमा चेतना जगाउने कार्यक्रम गरि  बाल अधिकारको संरक्षण गर्न अरुलाई आग्रह गर्छिन् ।  १५ वर्षिय उनी धुम्बाराहिकी स्थायी निवासि हुन् ।

५. नेहा  अर्याल,  चावहिल निवासि  ५ फिट ३ इन्च अग्लि नेहा आफुमा निहित प्रतिभा र बौद्धिकतालाई उजागर गदै प्रतियोगिताको ताज जित्ने दृढ विश्वासका साथ यस मैदानमा उत्रिएकि छिन् । भविष्यमा बाल अधिकारको रक्षाका निमित्त लागि पर्ने अठोट बोकेकी १७ वर्षिय उनी युवाशक्ति मिलेर बालबालिकाको अधिकार संरक्षण गर्नु आजको आवश्यकता हो भन्ने सन्देश दिन्छिन् ।

६. राखी श्रेष्ठ, समाज सेवा को भावना विकसित गराउनुका साथै प्रतियोगिताको ताज जित्ने दृढ विश्वासका साथ कार्यक्रममा सहभागि भएको बताउने १६ वर्षिय राखी भक्तपूर कटुञ्जेकी स्थायी निवासि हुन् । ५फिट ४ इन्च अग्लि उनी आगामी दिनमा बाल अधिकारको लागि आवाज उठाउने इच्छा राख्छिन् ।

७. सिरपा शाक्य , कुमारीपाटी, ललितपूर निवासि १८ वर्षिय सिरपा आत्माविश्वास बढाउन र नयाँ कुरा सिक्न यस प्रतियोगितामा भाग लिएको जानकारी दिन्छिन् ।  आगामि दिनमा वृद्धाहरुको लागि सहयोगार्थ कार्यक्रम गर्ने अभिप्रायका साथ प्रतिस्पर्धामा जुटेकी ५ फिट ७ इन्च अग्लि उनी देशले के दियो भन्दा पहिले देशलाई मैले के दिए भनेर सोच्नु  पर्छ  भन्ने सुझाव  दिन चाहन्छिन् ।





मिस इन्टरनेशनल

 १. सलिना सेन्चुरी , १९ वर्षिय सलिना काठमाडौं सोह्रखुट्टेकी स्थायी निवासि हुन् । क्यान्सर पिडितहरुको लागि सहयोग गर्ने चाहना भएकी ५फिट १ इन्च अग्लि  उनी  प्रतियोगिता जिति अरुको लागि अनुकरणीय व्यक्तित्व सावित गर्ने अभिलासा बोकर यस प्रतियोगितामा सहभागि भएको जनाउछिन् । अन्ततः जीवनमा कहिल्यै पनि हरेस नखाए मात्रै आफ्नो अलग पहिचान बनाउन सम्भव छ भन्ने सन्देश दिन चाहन्छिन् ।

२. सुजाता गुरुङ्ग , अन्र्तनिहित प्रतिभालाई प्रस्फुटित गराइ आफुलाई समाजमा भिन्न व्यक्तित्वको रुपमा चिनाउने दृढ विश्वासका साथ कार्यक्रममा सहभागि भएको बताउने २३ वर्षिय सुजाता भैरहवा, रुपन्देहिकी स्थायी निवासि हुन् । ५ फिट अग्लि उनी आगामी दिनमा  अनाथ बाल बालिकाको सहयोगार्थ आवाज उठाउने इच्छा राख्छिन् ।

३. सन्ध्या श्रेष्ठ , अनाथ बालबालिकाहरुको सहयोगार्थ लागि पर्नु नै उनको जीवनको मुख्य ध्येय रहेको बताउने बुटवल  घर भई हाल चावहिल निवासि १८ वर्षिय सन्ध्या आफुमा निहित प्रतिभा उजागर गर्दै सिकेका नयाँ कुराहरुलाई जीवनोपयोगि बनाउने तथा ताज जित्ने अभिप्रायले प्रतियोगितामा भाग लिएको कुरा खुलस्त पार्छिन् । भविष्य निर्माणको जिम्मेवारी युवापुस्तामा निहित हुने हुदाँ विकसित समाजको निर्माणमा युवा वर्गलाई सहभागि गराउनु पर्छ भन्ने सन्देश दिने ५ फिट  ३ इन्च अग्लि उनी आत्मै देखि  प्रतियोगितामा सहभागिता जनाइ रहेकि छिन् ।

४.कृति थापा ,  कपिलवस्तु ,चनई घर भई हाल गोगंबु बस्दै आएकि  १९ वर्षिय कृति आत्माविश्वास बढाइ महिला अधिकार सम्बन्धी जानकारी हासिल गर्ने उदेश्यका साथ प्रतियोगितामा सहभागिता जनाएकि छिन् । ५ फिट २ इन्च अग्लि उनी युवापुस्तामा नै राष्ट्र निर्माण गर्ने क्षमता निहित हुनाले देश विकासमा युवालाई प्रोत्साहित गर्न अरुलाई आग्रह गर्छिन् । 

५. ओशिका न्यौपाने , नया बानेश्वर निवासि  ५ फिट ३ इन्च अग्लि ओशिका नजानेका कुराहरु सिकेर समाजमा एक अनुकरणीय व्यक्तित्वको रुपमा परिचित हुने विश्वासका साथ यस मैदानमा उत्रिएकि छिन् । भविष्यमा यौनजन्य हिंसा बाट पिडितलाई उद्धार गर्ने अठोट बोकेकी १९ वर्षिय उनी सकारात्मक सोचको विकास गरि एक सफल व्यक्तिको रुपमा प्रमाणित गर्दै अरुलाई सहयोग गर्न सुझाव दिन्छिन् ।

६. रजनी रेग्मी , ध्ुाम्बाराहि निवासि २४ वर्षिय रजनी आफुलाई बदलि समाजमा राम्रो काम गरेर देखाउन यस प्रतियोगितामा भाग लिएको जानकारी दिन्छिन् ।  आगामि दिनमा क्यान्सर रोगिको लागि सहयोगार्थ कार्यक्रम गर्ने अभिप्रायका साथ प्रतिस्पर्धामा जुटेकी ५ फिट ५ इन्च अग्लि उनी समाजमा सबै मिलेर क्यान्सर रोग बारेमा जनचेतना जगनउनु पर्छ  भन्ने सुझाव  दिन चाहन्छिन् ।

७. नितु शाहि ,आफुमा निहित प्रतिभा उजागर गर्दै थप नयाँ कुरा सिकेर अघि बढ्ने मनोसायले कार्यक्रममा भाग लिएको बताउने २१ वर्षिय नितु  हरिसिद्धि ललितपुर कि स्थायी निवासि हुन् । ५ फिट ३ इन्च अग्लि उनी यौन दुव्र्यवहारबाट पिडित महिलाहरुको सहयोग गर्ने उद्देश्य रहेको बताउछिन् । अन्ततः नारीको इज्जत गर्न तथा महिला पुरुष विचको भेदभाव हटाउनु पर्छ भन्ने सुझाव दिन्छिन् ।

८.श्वेता राज भण्डारी , बुटवलकी स्थायी निवासि १९ वर्षिय श्वेता आफ्नो आत्माविश्वास बढाउन तथा व्यक्तित्व विकास गर्दै समाजमा उदाहरणिय व्यक्तित्व सावित गराउने हेतुले यस प्रतियोगितामा सहभागि भएको बताउछिन्् । भविष्यमा यौन हिंसाबाट पिडित महिलालाईउद्धार गर्ने उद्देश्य बोकेकी ५ फिट ६ इन्च अग्लि श्वेता युवा शक्ति विदेशिनु भन्दा स्वदेश मै पसिना बगाई देश विकास गर्नु पर्छ भन्ने सन्देश दिन्छिन् ।


त्यसै गरि लिटिल मिस नेपालको हकमा भने अलि पृथक रहि उनिहरुको भविष्यको योजना  उनीहरुबाटै पत्ता लगाई उक्त योजना सफल बनाउन गर्नु पर्ने योजना तर्जुमाका आधारमा  विजेता घोषणा गरिनेछ ।


Read Full Discussion Thread for this article