Posted by: jhaukiri January 15, 2013
प्रतिक्रियाबादी शक्ति -२
Login in to Rate this Post:     3       ?         Liked by
 प्रतिक्रियाबादी शक्ति -२ 
 
प्रतिक्रिया सुनौ --
बितेका मानिस, 
बितेका कुरा गर्छन..
जितेका कुरा गर्छन ..
हारेका कुरा गर्छन.. 
झारेका  कुरा गर्छन ..
रुन्छन.. 
करौछन..
चिचौउछन ..
एकलव्य बनेर 
औंला काट्छन 
र रगत बाँड्छन !!
 
मन दुख्छ |
गोलि चल्यो 
र मान्छे मरे ......
श्रीपेच  तलको जुम्रा बनेर मरे
परिबर्तनको दिन गनेर मरे 
जो बाँकी छन्, कुरा गर्छन 
छुरा गर्छन ...
यता पट्टिबाट...उता पट्टिबाट
फलामको गोली ...
चिर्पटको साम्लो ....
एक तारा बोकेर मोर्ने, 
चार तारा घोकेर मर्ने ,
हलोले घोचेर, 
सुर्यले पोलेर मोर्ने 
सब खरानी भए 
जो बाँकी छन्..... कुरा गर्छन 
कुरा मात्र गर्छन !!
 
रिस उठ्छ,
कसको दोष?
कस्तो लहड ?
सपनाका कुरामा झोकीदै हिड्ने 
चेतनाका कुरामा रोकिदै हिड्ने 
नेपाल खाल्डोका  भेडाहरु 
आफ्नालाई मारेर बीर भए 
आफ़्नाबाट मारिएर शहिद भए 
जो गए .........गए ..
जति  बाँकी छन्..... कुरा गर्छन 
कुरा मात्र गर्छन !!
 
हाँस उठ्छ,
के भयो ?
के होला ?
कसले गर्छ ?
ती जो घांटी रेटेर अगाडी आए 
ती जो भेंडा टेकेर अगाडि आए 
पछि रहेका जति छन् ..
बाँकी भएका  जति छन् ...
कुरा गर्छन...
कुरा मात्र गर्छन !!
 
 
 
Last edited: 17-Jan-13 05:15 PM
Read Full Discussion Thread for this article