Posted by: Kiddo January 15, 2013
Pakistan Supreme Court orders arrest of Prime Minister
Login in to Rate this Post:     0       ?        
Timing is brilliant:

http://www.mysansar.com/2013/01/3587/

प्रधानमन्त्रीलाई सर्वोच्चको झापड

महान्यायाधिवक्ताको निर्देशनै कानुनविपरीत
महान्यायाधिवक्ता मुक्ति प्रधानमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखमा पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई उन्मुक्ति दिन गरेको प्रयासमाथि आज सर्वोच्च अदालतले दह्रो झापड हानेको छ। प्रधानमन्त्री र महान्यायाधिवक्ताले जुन आधारमा टेकेर यो विषयमा कानुनी कारबाही अघि बढाउन नमिल्ने जिकिर गर्दै आएका थिए, त्यसलाई सर्वोच्चले हुँदैन, मिल्दैन भनिदिएको छ। अनि अनुसन्धानमा अवरोध नगर्न पनि अन्तरिम आदेश दिएको छ। यसले महान्यायाधिवक्ताको पत्र देखाएर दैलेखमा अनुसन्धान गरिरहेकाहरुलाई रोक्ने आधार सकिएको छ। अब प्रधानमन्त्री र माओवादीसामु सर्वोच्चलाई अटेर गरेर गैरकानुनी निर्देशन दिने, धम्क्याउने विकल्पमात्र बाँकी छन्। त्यस्तो होला भनेर अनुमान गरेर पनि सर्वोच्चले त्यसो भए यही अदालतमा प्रतिवेदन गर्नू भनेको छ।

सर्वोच्चको आदेशको पूर्ण विवरणभित्र छ। कानुनी भाषा बुझ्न गाह्रोलाई मेरो बुद्धिले भ्याएसम्मको सजिलो भाषामा तपाईँलाई केही बुँदाहरु बुझाउने कोशिश गर्नेछु।
Read Full Discussion Thread for this article