Posted by: SAP Dude January 15, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     0       ?        
I like what this guy is saying. Eventually, all of these culprits will be brought to justice. Its just the matter of time. They won't be in power all the time and when they not in power they will be brought to justice. Maoists are enjoying the immunity provided by the power at the moment. Once that is gone, they will face the consequences. Mao, Congress Leaders, UML Leaders, Gynandra, Paras, Madhesi Leaders will face the consequences. They are all involved with enough  inhuman acts to put them behind bars for life. They all understand that and that is why they are not getting punished right now. But time will not spare them sooner or later.


http://www.onlinekhabar.com/2013/01/31905/

० तर, द्वन्द्वकालमा मारिएका सबैको मुद्दा खोतल्न हुँदैन भन्दैछन् नि माओवादीहरु ?

चोरको खुट्टो झिक् भन्दा आफ्नो पर्ने भएर उनीहरु आत्तिएका हुन् । यही भएर त उनीहरुले ६ वर्षसम्म सत्य निरुपण आयोग बनाएनन् । जसको कथित जनयुद्धसँग सारेका थिएन, तिनीहरु चन्दा नदिएका कारणले काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् । राज्यपक्षले त झन् माओवादीले भन्दा हजारौं गुणा अपराध गरेको छ । त्यही बेलामा सुरक्षा निकायका मान्छेहरुले अकूत सम्पत्ति पनि कमाएका छन् । नेपाली जनताको ज्यान लिनेमा माओवादीलाई राज्यपक्षले १ सय ८० डिग्री उछिनेको छ । त्यसैले सत्य निरुपण आयोग नबनाउन कांग्रेस, एमाले र एमाओवादी तीनैथरिको अघोषत सहकार्य छ । साच्चै छानविन गर्ने हो भने त्यतिबेलाका सत्ताधारी कांग्रेस, एमाले, ज्ञानेन्द्र र विद्रोही माओवादीसमेत सबै तानिन्छन् । त्यसैले यिनीहरु भरसक सत्य निरुपण आयोग बनाएर सत्यतथ्य बाहिर ल्याउन चाहन्नन् ।

० भनेपछि दोषीलाई कारवाही हुन नदिनेमा एमाओवादीमात्रै नभएर कांग्रेस, एमाले पनि पर्छन् ?

हो । यी तीनवटैको अघोषित सहकार्य छ । मैले त चारवर्षसम्म संविधानसभामा यिनीहरुको नाटक प्रत्यक्ष देखेको छु । त्यसैले ०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ । त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्, पूर्वराजा पनि तानिन्छन् ।

० उसोभए कांग्रेस-एमाले र माओवादी जो सत्तामा भए पनि द्वन्द्वकालका पीडितले न्याय नपाउने रहेछन् हैन ?

यिनीहरुले नगरे पनि नेपाली जनताले यसको हिसाब किताब लिएरै छाड्छन् । यिनीहरुमात्रै सधैं सत्तामा रहिरन्छन् भन्ने छैन ।

० लण्डनमा कर्णेल कुमार लामा पक्राउ परेकोमा जनमोर्चाले स्वागत गरेको हो ?

हो । मानवताविरोधी अपराध गर्ने, यद्ध अपराध गर्नेहरुलाई कारवाही कहीँ पनि गर्न सकिन्छ, गर्नुपर्छ । घरघरबाट निकाले जनतालाई सुरक्षा निकायले निर्मम हत्या गरेको छ । कथित जनयुद्धको विरुद्ध अभियान चनाउने जनमोर्चाका कार्यकर्ता पनि मारिएका छन् । सुरक्षा निकायले जनताका घरमा आगो लगाएका छन्, बलात्कार गरेका छन् । नागरिकलाई बेपत्ता पारेका छन् । यिनको हिसाब-किताब आज एमाओवादी वा कांग्रेस, एमाले सत्तामा भएका बेला नभए पनि ढीलो चाँडो नेपाली जनताले खोज्छन् र खोज्नुपर्छ ।

Read Full Discussion Thread for this article