Posted by: metta January 15, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     2       ?         Liked by
प्रिय कमरेड असीशमें,
हार्दिक लाल सलाम ।
 
नेपालको अनगिन्ती पूलहरु, विद्यालयहरु, प्रहरी चौकीहरु, भवनहरु बनाउन तथा बीसौं हजार जीवनहरु एवं तिनीहरुको परिवार सफल बनाउन असंख्य योगदान दिने मौपाटीले तपाईंलाई साझाको लालदूत नियुक्त गरेको खबर सुन्दा सार्है हर्ष लाग्यो र तपाईंलाई हार्दिक बधाई दिन चाहन्छु । मेरो पनि पहिले देखि यहि मौपाटीमा नै झुकाव रहेको हुँदा तपाईं संग केहि प्रश्न राख्न चाहन्छु र चित्त बुझ्दो जवाफ आएमा तपाईंको मौपाटीको सदस्यता लिन चाहन्छु ।

प्रश्नहरु:
1. अहिलेको हाम्रो कमरेड डागडर बाबुरावको नेतृत्वमा बनेको सरकारको पालामा नेपालमा महिला हिंसा बढिरहेको प्रश्नको जवाफमा हाम्रै उपरास्ट्रपतिको उम्मेदवार कमरेड शशिले यी सबै मौपाटी बिरोधि शक्तिले हाम्रो कमरेड डागडर बाबुरावको नेतृत्वमा बनेको सरकार असफल बनाउन गराएको भन्ने जवाफ दिईन । तर यो सुनेर दर्शकहरु सबै किन हाँसेको होला? ती बिरोधि शक्तिहरु भए ती दुश्मनहरुलाई समात्न महिलाकर्मी तथा जनताहरुको दवाब सहेर डागडर बाबुरावले किन जाँगर नदेखाएको होला?

2. हाम्रा पुराना कामरेड पदम कुँवर कुन शक्ति बाट संचालित होला? तलको लेखको बारे तपाईंको के जिज्ञासा छ?
ekantipur.com/saptahik/article/
3. मलाई डागडर बाबुरावको पाटी बाईधे (वैद्य) को पाटी भन्दा बढी मन पर्छ । मैले कुन पाटीको सदस्यता लिन उपयुक्त होला? बाईधेको पाटी निर्वाचन आयोगमा दर्ता नगर्ने रे, निर्बाचनमा भाग नलिने रे, संसदीय व्यवस्था नमान्ने रे । तर कमरेड बाढललाई परधानमुन्तरी दिए ती सबै मान्ने पाटीहरुको नेतृत्व गर्ने रे । बाईधेको पाटीले खाली गोलमेच सम्मेलन मात्र मान्ने रे । के त्यो भनेको गोलो मेचमा बसेर सम्मेलन गर्ने भनेको हो?
4. मानौँ COOWWBOY र RIDDLE  भ्रस्टचारी र सामन्ती हरु नै रे तर यिनीहरुलाई बिदेशमा मुद्दा चलाउन नपाइने भनेर हाम्रो पाटी लागिपरेको हैन र? कुमार लामाले माओबादीलाई नै अत्याचार गरेको हैन र? अरु भ्रस्टचारी र सामन्ती हरु को पनि पाटीले अब समर्थन गरी उनीहरुलाई promotion गर्ने, पुरस्कार दिने नयाँ सिद्धान्त पाटीले अपनाएको हैन र?
5. यो कार्टूनले के भन्ने खोजेको होला?

 

 








































अहिलेलाई यत्ति नै, येस्को चित्त बुझ्दो तथा शिष्ट भाषामा प्रतिक्रिया दिनु भए, आफ्नो आँखा, कान र मुख बन्द गरि मौवादी पाटीले गरेको गलत कार्य नहेर्ने, 
मौवादी पाटीको बिरोध नसुन्ने, र मौवादी पाटीले रटाएको पाठ मात्र बोल्ने सपथ लिने बाचा गर्दछु ।

महान मौवादी पाटीको सुभचिन्तक,
मेत्ता 

 

Read Full Discussion Thread for this article