Posted by: ashishme January 14, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     1       ?         Liked by
बुझि नसक्नुको कुरा देख्न र सुन्न पाईन्छ आजकाल संचार र राजनिती क्षेत्रमा पनि । नराम्रो काम जति सबै माओवादी वा अहिलेको सरकारले गरेको अनि राम्रो काम जति सबै प्रतिपक्षी दल र तिनका भरौटे अरौटे पत्रकार भेषधारीले गरेको रे । जनयुद्धताका राज्यबाट भएका ज्यादती जनताले भुल्नुपर्ने रे अनि जनता विरोधी त्रियाकलाप गर्नेलाई जनताले गरेको कारवाही चाहीं उल्टीनु पर्ने रे । बेपत्ता र शहिद परिवारले आफन्त सम्झेर रुन नपाईने रे, घाईतेहरुले ऐया भन्न नपाईने रे तर जनतालाई दुख दिने कथित ठुलाबढा र गाउँभाँडाहरुलाई जनताले स्थानीय स्तरमा स्वतस्फूर्त रुपमा जनताले गरेका कारवाहीहरु छानी छानी उल्टाउनु पर्ने रे । विस्तृत शान्ती सम्झौता माओवादीलाई मात्र लागु हुदा नेपाली संचार जगतले खुसियाली मनाउँछ कहिले बालकृष्ण ढुङ्गेल र कहिले अग्नी सापकोटाका नाममा आतंक मच्चाउँन पाउँदा गौरव गर्ने नेपाली सञ्चारहरु कमल थापा र रुक्मागत कटुवालहरुका अन्तर्वता छाप्न र प्रसारण गर्न तछाड मछाड गर्छन् । कृष्ण सेन लगायत होनाहार जनताका छोराछोरीलाई मानव समेत नदेख्नेहरु डेकेन्द्र थापाका नाममा कथित मानव अधिकारको खोजी गर्न थालेका छन् । जनयुद्ध र जनआन्दोलनको बलबाट शक्तिशाली बनेर च्याउ झैं उम्रिएका नेपाली संचार संस्थाहरुले राष्ट्र र राष्ट्रियताको नारा समेतलाई धोती लगाई दिएर प्रतिपक्षी अनि बिदेशी दलाल र सरकार बिरोधीहरुको मात्र गुलामी गर्छन् । देशको संक्रमणकालीन अवस्थाको फाइदा उठाएर कसले धमिलो पानीमा माछा मारि रहेको छ भन्ने सम्म अनुसन्धान गदैनन् सिधै माआवादी हो भनेर सम्बाददाताका नाममा ठोक दे भन्छन् चाहे त्यो भक्तमान श्रेष्ठ अपहरण काण्ड होस् या त कुष्ण बहादुर महराका नाममा प्रचार गरिएको ५० करोड काण्ड नै किन नहोस अनि यस्ता माओवादीलाई मात्र दाशी देखाउन षड्यन्त्रमुलक ढंगबाट घटिरहेका अरु घटना समेत । यस्तै घटनाहरुको तारो बनेको हुन सक्छ इमेज च्यानल पनि । यसमा पनि माओवादीलाई दोश दिएर प्रचार गर्नु अर्थपुर्ण हुनसक्छ ।

-
TULASI BASKOTA
Read Full Discussion Thread for this article