Posted by: rethink January 13, 2013
प्र.म. बाबुराम भट्टराईको जालझेल
Login in to Rate this Post:     0       ?        

कति मात्र बिचरा असहाये जनतालाइ चेतावनी दिन सक्छ यो नाथे| प्रधान मन्त्रि हो कि दादा गिरि डन हुन् यिनी



ललितपुर, पुस २९ - पत्रकार डेकेन्द्र थापाको हत्यामा छानबिन अघि बढाउन पत्रकार, अन्तर्राष्ट्रिय समुदाय, कूटनीतिक नियोग तथा प्रतिपक्षी दलले दिएको दबाबका बाबजुद प्रधानमन्त्री बाबुराम भट्टराईले छानबिन अघि नबढ्ने अडान शनिबार फेरि दोहोर्‍याएका छन् । उनले पत्रकार हत्याको घटनालाई आधार बनाएर होहल्ला नगर्न पत्रकार महासंघलगायत संघसंस्थालाई चेतावनी दिएका छन् ।  दैलेखका पत्रकार थापाको हत्यामा संलग्नमाथि कारबाही नगर्न दबाब दिएकामा चौतर्फी विरोध र आलोचना खेपिरहेका प्रधानमन्त्री भट्टराईले सशस्त्र युद्धका कुनै पनि घटनाको छानबिन नहुने र आफूले त्यसो हुन नदिने बताएका हुन् । जनयुद्धकालमा भएका घटनालाई एकमुष्ट अनुसन्धान गरी किनारा लगाउनुपर्ने भन्दै उनले हरेकलाई अलग-अलग ढंगले हेर्न खोजिए कोही पनि बाँकी नरहने चेतावनी दिए । उनले पत्रकार थापा हत्यामा भएको छानबिन जस्ता घटना दोहोरिए शान्ति प्रक्रिया संकटमा पर्ने चेतावनीसमेत दिए ।
Read Full Discussion Thread for this article