Posted by: Rahuldai January 10, 2013
Another Indian Domination on Nepalese Song
Login in to Rate this Post:     2       ?         Liked by
 अधुरो र अपुरो ज्ञान घातक हुन्छ. मुसु मुसु हांसी देउ न लै लै , गाजलुले आँखै छोप्ने ..... कहाँ तिम्रो मायालु लाइ ... जस्ता कर्ण प्रिय गीतहरुका सर्जक दि हिमालय ब्याण्ड हुन् , साथीहरुले भनि सक्नु भएको छ . उक्त समूह भारतको पश्चिम बगाल राज्य को दार्जलिङ्गका नेपाली भाषी भारतीयहरुको हो. 
 
कनक मणि दीक्षित र शाश्त्री रामचन्दरन द्वारा लिखित पुस्तकका अनुसार (२००१), भारतमा नेपाली भाषीहरु करिब ६० लाख बस्दछन . भारतीय संबिधानमा नेपालीलाई एउटा राष्ट्रिय भाषाको मान्यता दिएको छ  ( २३ भाषाहरुलाई मात्र त्यस्तो मान्यता दिइएको छ ). भारतको सिक्किमको राजकीय भाषा ( अफिसियल  ल्याङ्ग्वेज ) नेपाली हो . भारतीय राष्ट्रिय साहित्य एकेडेमीले हरेक बर्ष नेपाली भाषामा प्रकाशित पुस्तकलाई र स्रष्टाहरुलाई राष्ट्रिय पुरस्कार प्रदान गर्ने गरेको छ. 
यसउसले, भारतीय नागरिकहरुले भारतीय कानून बमोजिम कपि राइट  आदि को कुरा गर्छ भने यसलाई इन्डियन डोमिनेशन  भन्न मिल्दैन . 

 
पुनश्च: सबै नेपाली भाषीहरु नेपाली हुँदैनन् . प्रशान्त तामाङ्ग इन्डियन आइडोल हुँदा दिपावली गर्नेहरुले यति बुझेनन् कि तामाङ्ग नेपाली भाषी मात्र हुन् नेपाली हैनन् , अझ छुच्चो शब्दमा भन्नु पर्दा भारतीय हुन् . नेपाली भाषी भएको र तिनका पुर्खाको नेपालको माटो संगको साइनो ले हाम्रो सहानुभूति वा समर्थन गर्नु अर्को कुरा, हाम्रो मन छुनु स्वाभाविक हो. 
 
Read Full Discussion Thread for this article