Posted by: aman January 10, 2013
प्रचण्ड Love & Money & Communism
Login in to Rate this Post:     0       ?        
प्रचण्डपुत्रलाई अमेरिकी भिसा
विना मगरसँग विवाह गरेपछि घर छोड्न बाध्य भएका प्रचण्डपुत्र प्रकाश (साकार) दाहाललाई अमेरिका जानका लागि प्रवेशाज्ञा मिलेको छ। प्रकाश विगत ६ महिनादेखि भारतको राजधानी नयाँदिल्लीमा रहँदै आएका थिए र उनले भीसाका लागि पनि नयाँदिल्लीस्थित अमेरिकी राजदूतावासमै आवेदन दिएको बताइन्छ। प्रकाशलाई भिसा उपलब्ध गराउन एमाओवादी अध्यक्ष प्रचण्डले भनसुन गर्नु परे–नपरेको बुझ्न सकिएको छैन। तर, प्रकाशलाई उपचारका लागि अमेरिका जान लागेकी उनकी जेठीदिदी ज्ञानु पाठकसँगै अमेरिका पठाउन लागिएको हो। ज्ञानुलाई क्यान्सर भएको र तत्काल उपचार नगरे उनको ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेकोले प्रचण्डले उनलाई उपचारका लागि अमेरिका पठाउने भएका हुन्। ज्ञानुको उपचार त्यहीँ गरिनेछ जहाँ ख्यातिप्राप्त अभिनेत्री मनीषा कोइरालाको हालै मात्र उपचार भएको थियो। अमेरिकाको न्युयोर्कस्थित अस्पताल जुन अति महँगो भए पनि त्यसको विश्वसनीयता निकै माथिल्लो तहको मानिन्छ। सर्वसाधारण जनताको उक्त अस्पतालसम्म पहुँच पुग्ने कल्पना पनि गर्न सकिन्न। उक्त अस्पतालमा उपचार गर्न पाउने दोस्रो भाग्यमानीमा प्रचण्डको परिवार परेको छ।
प्रचण्ड आफ्ना छोराछोरीलाई अत्यन्त माया गर्छन् र छोरीहरूसँग प्रचण्डको विशेष लगाव रहेको बताइन्छ। आफ्नी एक छोरीलाई सभासद् बनाएका प्रचण्डले अर्की छोरीलाई 'दुःख' भयो भनेर दार्जिलिङस्थित विवाह गरेको घरबाट फिर्ता ल्याई विराटनगरका अर्कै केटासँग विवाह गरिदिएका थिए। जेठी छोरी ज्ञानुको विवाह भने नेपाली सेनाको जमदारसम्म भएका चितवनका एक व्यक्तिसँग धेरै पहिले नै गरिएको थियो। उनै ज्ञानुको उपचार प्रचण्डले अमेरिकामा गराउने व्यवस्था मिलाएका छन् र त्यसको जिम्मेवारी पुत्र प्रकाश दाहाललाई सुम्पेका छन्। प्रकाश आफ्नो जिम्मेवारी लिन काठमाडौं आइसकेको बताइन्छ। घटना र विचारले दिल्लीमा रहँदा उनले प्रयोग गर्ने फोन नम्बरमा सम्पर्क गर्दा 'स्विच अफ' गरिएको पाइयो भने काठमाडौंमा उनीसँग सम्पर्क गर्न भएको प्रयास सफल हुन सकेन। तर, एक सूत्रले प्रचण्डपुत्र प्रकाश आफ्नी नवदुलही विनासँगै काठमाडौं पसेको जानकारी घटना र विचारलाई दिएको छ। जे होस्, जेठी दिदी ज्ञानु बिरामी भएपछि प्रकाश दाहालको पारिवारिक मिलन जुरेकोे छ।
Read Full Discussion Thread for this article