Posted by: _____ January 8, 2013
२४ बर्षे ठिटोले आमा घरका बृद्धबृद्धालाई साढे दुई लाखका कपडा दिए
Login in to Rate this Post:     3       ?         Liked by
 २४ पुस, काठमाण्डौ । हङकङमा कार्यरत एक नेपाली युवाले राजधानीको रविभबन स्थित आमा घरका आमाहरु तथा अनाथबालबालिका लाई मंगलवार न्यायो कपडा उपहार दिए । बिगत ६ बर्षदेखि हङकङमा रहेर हेयर स्टायलिष्ट तथा मेकअप आर्टिष्टको रुपमा कार्यरत २४ बषिर्य संन्जय लिम्बुले मंगलबार त्यहाँ गई कपडा प्रदान गरेका हुन ।

सामाजिक कार्यमा समेत बिशेष सुची राख्दै आएका लिम्बुले आफनो कमाइएको केहि पैसा बचाएर आश्रममा रहेका आमा तथा बालबालिकाहरुलाई कपडा प्रदान गरेको बताए ।

उनले कपडा बितरण गर्नुका साथै त्यहाँ रहेका सबैलाई खाना समेत खुवाएर साढे दुई लाख रुपैयाँ बराबरको सहयोग गरेका छन । प्रख्यात युवा हेयर स्टायलिष्ट लिम्बुले बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरुलाई आज बितरण गरेका ती सबै कपडा हङकङबाट नै ल्याएको बताएका छन ।आमा घरमा रहेका आमाहरुको पनि आमाको रुपमा भूमिका निर्बाह गर्दै आउनु भएका दिल शोभा श्रेष्ठले गर्नु भएको मानबिय सहयोगका कार्यबाट निकै प्रभाबित भएका लिम्बुले आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन ।

सो अबसरमा आमा घरकी सञ्चालीका श्रेष्ठले एक जना युवाले यसरी आफ्नो एकल प्रयासमा आमाहरुलाई गरेको सहयोग प्रति खुशी ब्यक्त गर्दै सबैले यसरी नै सहयोग गरेको खण्डमा कुनै पनि आमा तथा बालकालिकाहरुले बाटोमा बस्नु पर्ने थिएन् भन्नु भयो । साथै उहाँले आफुलाई अहिले सबै भन्दा बढि ठाउँको अभाब भएको भन्दै पर्याप्त स्थान भएको खण्डमा आमाको यो घर अझै ब्यबस्थित हुने उहाँको भनाई थियो ।

राजधानीमा केहि दिन यता निकै चिसो बढदै गएको अबस्थामा लिम्बुले प्रदान गरेका कपडाले आमाहरुलाई केहि भए पनि राहत भएको श्रेष्ठले बताउनु भयो । हुने खाने त् तातो न्यायोमा बस्लान तर नहुनेका लागी भने जाडोको यो मौसम अभिसाप बन्ने गरेको छ ।बिभिन्न सञ्चारमाध्यम बाट खबरहरु बाहिर आएपछि आमा घरलाई बिभिन्न सघं संस्था तथा ब्यक्तिहरुले सहयोग गर्ने क्रम बढदै गएको छ । हाल आमा घरमा बृद्धा तथा अनाथ बालबालिका गरि ९२ जना रहेका छन ।

 
Read Full Discussion Thread for this article