Posted by: biwash prawashi January 7, 2013
Nepal Tourism Board's CEO's Fake Credentials
Login in to Rate this Post:     0       ?        


www.newsofnepal.com/mukhyenews.php


पर्यटन बोर्डमा करोडौं भ्रष्टाचारको दाबी निर्देशकको नागरिकता र पासपोर्टमा फरक विवरण 
January 06th, 2013
 
 
 
 
 
 

मधुसूदन रायमाझी 
काठमाडौं 

नेपाल पर्यटन बोर्डका निर्देशक सुभाष निरौलाले करोडौं रुपियाँ अनियमितता गर्नुका साथै व्यक्तिगत विवरणसमेत नक्कली पेस गरेर जागिर खाएको दाबीका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ। निरौलाका शैक्षिक प्रमाणपत्र, नागरिकता र पासपोर्टमा उल्लेख भएको व्यक्तिगत विवरण एक–आपसमा नमिलेका कारण पनि दाबीले बल पाएको छ। 

निरौलाले प्रमाणपत्र तह भारतको आदर्श सेवा विद्यालय इन्टरमिडियट कलेज वाराणसीबाट उत्तीर्ण गरेको भनिएको, तर सो सम्पूर्ण विवरण नक्कली भएको उजुरीमा उल्लेख छ। निरौलाले पेस गरेको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा सम्बन्धित शिक्षा परिषद्, विद्यालयको छाप नहुनुका साथै चारित्रिक प्रमाणपत्रमा नाम र थरको बीचमा ‘कुमार’ भन्ने शब्द थपिएको प्रस्ट देखिन्छ। 

निरौलाले पेस गरेको स्नातकोत्तर तहको प्रमाणपत्र पनि शंकास्पद रहेको उजुरीपत्रमा दाबी गरिएको छ। अमेरिकाको नेब्रास्कास्थित बेलिभी युनिभर्सिटीबाट सन् १९९९ मा प्राप्त गरेको एकवर्षे स्नातकोत्तर तहको लब्धाङ्कपत्रमा निरौलाको जन्ममिति सन् १५ अगस्ट १९५९ उल्लेख छ भने राहदानीमा निरौलाको जन्म तीन दिनपछि अर्थात् सन् १८ अगस्टमा भएको छ। 

विभुवन विश्वविद्यालयबाट स्तर निर्धारण गरेको भनी दिएको मिति २०५७।७।६ को पत्रमा पनि नाम ‘सुभाष निरोला’ उल्लेख छ। 

नेपाल पर्यटन बोर्डले आयोजन गर्ने उत्सव महोत्सवको विज्ञापनमार्फत प्रचार–प्रसार गर्न रकम खर्च गर्नका लागि वर्षभरि गरिने विज्ञापनका लागि बोलपत्रद्वारा प्रस्ताव माग गरी प्रतिस्पर्धा गर्नुपर्ने सार्वजनिक खरिद ऐनले गरेको कानुनी व्यवस्थाविपरीत उनले आफ्ना नातागोतालाई एक करोड रुपिैयाँभन्दा बढी रकम मनोमानी रूपमा बाँडेको उजुरीमा दाबी गरिएको छ। 

पर्यटन वर्ष २०११ का लागि सरकारले ०६७।०६८ मा विनियोजन गरेको २३ करोडमध्ये विभिन्न शीर्षकको नाममा निरौलाले १० करोड रुपियाँ अनियमितता गरेको पनि उजुरीमा जनाइएको छ। पदीय दुरुपयोग गर्दै निरौलाले आफ्नी छोरी आयुशा निरौला कार्यरत ईसीएस नाम गरेको अंग्रेजी म्यागाजिनलाई मासिक १ लाख रुपियाँ दिने निर्णय गरेको पनि दाबी छ। 

बोर्डमा रहँदा आर्थिक अनियमितता गरेको भन्दै ०६२ चैतमा नेपाल पर्यटन बोर्डको तत्कालीन कर्मचारी निनिमयको अधीनमा रही निरौलालाई बर्खास्त गरिएको थियो। निरौलाले जनआन्दोलनपछि पुनर्बहाली गर्नुपर्ने माग राख्दै बोर्डमा तालाबन्दी गरेपछि उनी पुन
Read Full Discussion Thread for this article