Posted by: _____ January 6, 2013
Man arrested in East Sussex over torture allegations in Nepal
Login in to Rate this Post:     0       ?        
 

कर्णेल लामालाई कारवाही भैसकेको सैनिक अधिकारीको खुलासा

यातना दिन सिकाउने बेलायत र अमेरिकाः पूर्व जर्नेल

2
 

२२ पुस, काठमाडौं । युद्ध अपराधको आरोपमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामामाथि यसअघि नै अदालतको पत्रका आधारमा जंगी अड्डाबाट विभागीय कारबाही भइसकेको खुलेको छ ।

जनकबहादुर राउतलाई १० दिन गैरन्यायिक हिरासतमा चरम यातना दिएको भन्दै परेको मुद्दामा जिल्ला अदालत कपिलवस्तुले शिवदल गणका तत्कालीन गणपति लामालाई दोषी ठहर गर्दै विभागीय कारवाही गर्न सिफारिस गरेको थियो । ‘जिल्ला अदालतले दोषी ठहर गर्दै कारबाही गर्ने सिफारिस गरेपछि हामीले कोर्ट अफ इन्क्वाइरी गठन गरेर उनीमाथि कारबाही गरेका थियौं ।’- तत्कालीन जर्नेल केशरबहादुर भण्डारीले अनलाइनखबरसँग भन्नुभयो-’उनको प्रमोसन रोक्का गरिएको थियो ।’ भण्डारीका अनुसार लामाका समकक्षीहरु झण्डै डेढ वर्षअघि नै महासेनानी भए पनि कारबाहीकै कारण लामा पछि परेका हुन् । लामा पछि मात्रै कर्नेलमा बढुवा भएका हुन् ।

एउटा घटनामा एकपटक मात्र कारवाही हुने व्यवस्था सैनिक ऐनमा भएको स्मरण गराउँदै पूर्वजर्नेल भण्डारीले भन्नुभयो- ‘यो बेलायती डलरका लागि काम गर्ने एडभोकेसी फोरमले हिकम्यान एण्ड रोजसँग मिलेर मुद्दा चलाएका मात्र हुन् ।’ द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार हननका घटनामा नेपाली सेनाले ७० प्रतिशतभन्दा बढीको जवाफ दिइसकेको समेत उहाँले बताउनुभयो ।

तर, नेपाली सेनाको कानुन विभाग सम्हालेका अर्का एक पूर्व सैन्य अधिकारी भने कर्णेल लामालाई द्वन्द्वकालको घटनालाई लिएर कोर्ट अफ इन्क्वाइरीमा उभ्याइनु एवं बढुवा रोक्का गर्नु गल्ती भएको बताउँछन् । ‘यसरी उभ्याउने भए लामालाई मात्रै होइन, सबैले उभिनुपर्ने हुन्छ ।’- उनी भन्छन् ।

एम्बुसका घटना

अलग्गै स्रोतबाट प्राप्त जानकारी अनुसार ०६३ साल बैसाख १ गते शिवदल गणमा बाल्टिन बम आन्तरिकरुपमा बिस्फोटन हुँदा दुई सैनिकको मृत्यु हुनुका साथै ८ घाइते भएका थिए । त्यसअघि ०६२ भदौ १० गते महेन्द्र राजमार्गको चम्पापुरमा माओवादीले थापेको धरापमा शिवदल गणका सैनिकहरु परेका थिए । विस्फोटनमा नेपाली सेनाका डम्बरसिंह खत्री, चन्द्रबहादुर बस्नेत, गणेश चन्द, धु्रवबहादुर पौडेल र प्रकाश चन्दको घटनास्थलमै मृत्यु भएको थियो । सैनिक वीरबहादुर चौधरी र लक्ष्मण शाही घाइते भएका थिए । उक्त घटनाबाट माओवादीले हतियारसमेत लगेका थिए । त्यस्तै गोरुसिंगे ब्यारेकभित्र बाख्रो छिरेपछि निकाल्न गएकी एक बालिकाले धरापमा परेर दुबै खुट्टा गुमाएकी थिइन् ।

यातना दिन सिकाउने बेलायत र अमेरिका

पूर्वजर्नेल भण्डारीले द्वन्द्वकालमा शंकाका आधारमा नियन्त्रणमा लिएका व्यक्तिलाई सामान्य यातना दिनु अन्यथा नभएको दाबी गर्नुभयो । ‘उनीमाथि यातनाको आरोप लगाइएको छ, शंकास्पद व्यक्तिलाई सोधपुछका क्रममा सामान्य यातना दिन त बेलायत र अमेरिकाले नै सिकाएका हुन्’ उहाँले भन्नुभयो- ‘त्यसको लेवल फरक-फरक हुन्छ ।’ भण्डारीका अनुसार लामा शिवदल गणको गणपति भएलगतै एम्बुसमा परेर केही जवानको ज्यान जानुका साथै हतियार समेत लुटिएपछि तत्कालीन कर्णेल लामामाथि दबाव बढेको थियो ।

कूटनीतिक पहल भए कारबाही रोकिन्छ

पूर्वजर्नेल भण्डारीले सरकारले कूटनीतिक पहल तिब्र पारे कर्णेल लामामाथिको कारबाही रोकिन सक्ने बताउनुभएको छ । चिलीका पूर्वशासक पिनोसेलाई पनि बेलायतले युद्ध अपराधको आरोपमा नियन्त्रणमा लिएको थियो । ‘चिली सरकारले आफैंले कारबाही गर्ने प्रतिवद्धता जनाएपछि पिनोसेलाई पनि छाडिएको थियो’ भण्डारीले भन्नुभयो-’नेपाल सरकारले पनि कूटनीतिक पहल थालिसकेको छ, लामा रिहा हुन सक्छन् ।’ नेपाल सरकारले कर्णेल लामाको पक्राउको विरोधमा पत्र पठाउनुका साथै तत्काल रिहा गर्न यसअघि नै आग्रह गरिसकेको छ ।

पक्राउ परेको ४ दिनपछि सेनाले बोल्यो 

यसैबीच नेपाली सेनाले कर्णेल लामालाई पक्राउ गरिएकोमा दुःख व्यक्त गरेको छ । लामा पक्राउ गरेको ४ दिनपछि आइतबार विज्ञप्ती जारी गर्दै सैनिक जनसम्पर्क निर्देशनालयले सिनियर मिलिटरी लियाजन अफिसरको नियुक्तीमा सुडामा कार्यरत कर्णेल लामा १७ दिसेम्बरदेखि जनवरी ६ सम्मको विदामा परिवारका सदस्यलाई भेट्न बेलायत गरेको बताएको छ ।

लण्डनस्थित नेपाली राजदुतावास मार्फत बेलायतको विदेश मन्त्रालयमा तथा अन्य सम्बद्ध निकायहरुसंग आवश्यक समन्वय भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

Read Full Discussion Thread for this article