Posted by: _____ January 6, 2013
Man arrested in East Sussex over torture allegations in Nepal
Login in to Rate this Post:     0       ?        
 http://www.onlinekhabar.com/2013/01/29714/

कर्णेल लामा गोरुसिंगेमा रहँदा के-के भयो ?

 

41
 

२२ पुस, काठमाडौं । बिहीबार बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई रिहा गर्न नेपालका एमाओवादीदेखि माओवादीसम्मले एकमुख भएर आग्रह गरेका छन् । एमाओवादी नेतृत्वको सरकारले लामाको गिरफ्तारीको विरोध औपचारिकरुपमै गरिसकेको छ । तर, बेलायती मेजिष्ट्रेड कोर्टले भने नेपालीहरुको आग्रहविपरीत लामालाई २४ जनवरीसम्म हिरासतमा राख्न शनिबार बेलायती प्रहरीलाई अनुमति दिएको छ ।

लामालाई लागेका दुई आरोप

कर्णेल लामामाथि बेलायती प्रहरीले दुईवटा आरोप लगाएको छ । सन् २००५ अपि्रल १५ देखि मे १ सम्म जनकबहादुर राउतलाई हिरासतमा यातना दिएको एउटा आरोप छ भने अर्को, कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा सन् २००५ अपि्रल १५ देखि अक्टोबर ३१ सम्म यातना दिएको आरोप लगाइएको छ । कपिलवस्तुको शिवपुर गाविस-१ का ३२ वर्षीय (हाल ३७ वर्ष) जनकबहादुर राउत ०६२ साल बैसाख २ गते बिहान दिशा गर्न लागेका बेला घरैबाट सुरक्षाकर्मीले पक्राउ गरेको थियो । शुरुमा उनलाई चन्द्रौटाको सशस्त्र प्रहरी तालिम केन्द्रमा दुईदिन सम्म राखेर बेहोस हुने गरी यातना दिनुका साथै खानामा माटो मिलाएर दिएको र १७ दिन ब्यारेकमा राखी एकहप्ते तारेखमा छाडेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै चनई गाविस-१ का ४० वर्षीय (हाल४५ वर्ष) करम हुसेनसहित ४ जनालाई ०६२ बैसाख १ मा महुवाबाट गिरफ्तार गरेको थियो । अदालतले ०६२ मंसिर २३ मा रिहा गरेलगत्तै सादा पोशाकमा सुरक्षा कर्मीले हुसेन र अरुलाई पनि पुनः गिरफ्तार गरेका थिए ।

लामाको कार्यकालमा ७ सय ८ घर जले, दर्जनौं मारिए

कर्णेल लामा कपिलवस्तुको गोरुसिंगेमा गणपति भएर २ वर्ष बस्दा माओवादी विरुद्ध प्रतिकार समिति बनेको थियो, जसलाई सेनाले प्रत्यक्ष सहयोग गरेको, गोली चलाउने तालिम दिएको र माओवादीका नाममा मान्छे मार्दै हिँड्न छुट दिएको आरोप स्थानीयहरुको छ । गोरुसिंगे ब्यारेक छेउमा घर भई हाल विदेशमा रहेका एक व्यक्तिले अनलाइनखबरलाई लेखेको इमेलमा नेपाली सेनाले त्यसबेला प्रतिकार समितिलाई हतियारसमेत दिएको दाबी गरिएको छ ।

प्रतिकार समूहबाट खरानी बनाइएको धुनिया गाविसको एक वस्ती । तस्वीर- इन्सेक/मानव अधिकार वर्ष पुस्तक




















गोरुसिंगेमा लामा कार्यरत् रहेका बेला एकै वर्षमा प्रतिकार समितिले जिल्लाका ४४ गाविसमा ७ सय ८ घरमा आगजनी, लटपाट र तोडफोड गरेको इन्सेकको मानवअधिकार वर्ष पुस्तक २००६ मा उल्लेख छ । वर्ष पुस्तकभित्र समेटिएका त्यसबेला कपिलवस्तुमा राज्य पक्ष र प्रतिकार समूहका नाममा भएका हिंसाका केही नमुना यस्ता छन्-

पथ्थरदैया गाविसका मोहम्मद हसनको ०६२ चैत ८ गते सुरक्षाकर्मी र प्रतिकारसमूहको कारवाहीमा मृत्यु भयो ।

बालारामपुर गाविसका राधेश्याम कुर्मी र महाराजगञ्ज गाविस ९ का एकैघरमा मैन्टुल पासी र चिग्गल पासीलाई माओवादी भएको आरोपमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे । महाराजगञ्ज -९ का छेदी यादवलाई ०६२ जेठ १७ गते सुरक्षाकर्मी र प्रतिकार समूहका व्यक्तिहरुले घर नजिकै गोली हानी हत्या गरे ।

माओवादीविरुद्ध बनेको प्रतिकार समूहका व्यक्तिहरुले ०६१ फागुन ६ गते गणेशपुर इलाका गाउँमै ढुंगामूढा, भाला र लाठी प्रयोग गरी बाबुराम उपाध्याय, सुन्दर मौर्य, बेकारु पासी, शिवराम गुप्ता, रामचलित्र पासी, रामवली मौर्य, अवधराम केवट, शिबढ कहार, गोबरे कोरी, पादु पासी र सोमई पासीको हत्या गरे । सोही दिन गणेशपुरबाट प्रतिकार समूहले समातेर सुरक्षा कर्मीलाई बुझाएका माओवादी जिल्ला जनसरकार सदस्य अलि अख्तर मुसलमान लगायत तीनजनालाई सुरक्षाकर्मीले प्रतिकार समूहलाई नै फिर्ता दियो र सुरक्षाकर्मीकै अघिल्तिर उनीहरुलाई मारियो ।

रामनगर वागिसका दुखिराम चमार पथ्थरदैयाका रामवरण बरई, यनायतुल्लाह मुसलमान र खुरहुरियाका फक्कर अहिरलाई ०६१ फागुन ७ गते प्रतिकार समूहले कुटपित गरी हत्या गरे । भोलिपल्ट फागुन ८ गते र्सिर्सिहवाका रमजान मुसलमान, चनईका माओवादी मजदुर विष्णु पन्थी, यमबहादुर डाले मगर र झन्किन यादवलाई उखुबारीमा कुटपिट गरी प्रतिकार समूबाट मारियो ।

फागुन ९ गते चनईका तिलकराम भण्डारीलाई बजार जाँदैगर्दा बाटैमा प्रतिकार समूहले हत्या गरे । छोराले प्रतिकार समूहको डरले बाबुको किरियासमेत गरेनन् । फागुन ९ गते नै शिवपुर-५ हल्लानगरमा घरैमा बसिरहेका प्रेमबहादुर रास्कोटीलाई टाउकोमा बञ्चरो प्रहार गरी प्रतिकार समूहबाट हत्या गरियो । सोही समूहले त्यसदिन हल्लानगरका ६ वटा घरमा लुटपाट र आगजनी गरे ।

प्रतिकार समूहले फागुन १० गते हर्दाैना-१ का नाचन चौहान र लौटू चौहानलाई घरैमा कुटेर मारे । उनीहरुको लासको पोष्टमार्टमसम्म भएन । फागुन ११ गते अभिराव गाविसका सहन नाउ र समुज पासी घरैमा प्रतिकार समूहको कुटाइबाट मरे । फागुन १३ गते नन्दनगर-६ का नेत्रलाल भट्टराई बजारमा किनमेल गर्दैगर्दा प्रतिकार समूहरुको कुटाइबाट मारिए । सिंहखोरका ५० वषर्ीय सन्तराम पासी पनि १३ गते नै कुटाइबाट मारिए ।

वीरपुरका किरण पौडेल ०६२ बैसाख ३० गते घरैमा टीभी हेरिरहेका बेला प्रतिकार समूहले चलाएको ५ राउण्ड गाली लागेर मरे । मानपुर प्राविका प्रधानाध्यापक जैस मोहमदलाई ०६२ बैसाख ३१ गते प्रतिकार समूहले जन्ती जाँदा गोली हानी हत्या गरे । प्रतिकार समूहलाई सहयोग नगरेको आरोपमा कुशबहा गाविसका लल्लन शुक्ला ०६२ असार ५ गते प्रतिकार समूहको कुटाइबाट मरे भने खुखुरिया- ४ का जीवन घिमिरेले ०६२ साउन ३० गते प्रतिकार समूहको कुटाइबाट ज्यान गुमाए ।

बालिका बलात्कृत, पीडकलाई कारबाही भएन

चनई गाविस- ९ की एक ११ वर्षीया बालिकालाई प्रतिकार समूहका तीन व्यक्तिले ०६१ फागुन ९ गते घरैमा बलात्कार गरे । पीडकमाथि कुनै कारवाही भएन ।

प्रतिकार समूहलाई राज्यको साथ

सन् २००५ मा कपिलवस्तुमा प्रतिकार समूहले ३५ को हत्या गरेको थियो भने राज्यपक्षबाट ११ को हत्या भएको थियो भने माओवादीले त्यसवर्ष जिल्लामा ४१ को हत्या गरेको थियो । राज्यपक्षबाट ८१ जना गिरफ्तारी र यातानाको शिकार बनेका थिए ।

माओवादी जनयुद्धका बेला राज्यपक्ष र विद्रोही पक्षबाट हत्याका घटनाहरु भए पनि सुरक्षा निकाय र मन्त्रीहरुकै उक्साहटमा प्रतिकारका नाममा खुलेआम मान्छे मार्दै हिँडेको यस्तो दर्दनाक स्थिति भने अन्यत्र जिल्लामा कमै पाइन्छ । त्यसरी प्रतिकार समूहका नाममा गरिएको गैरन्यायिक हत्यामा सुरक्षा निकायको प्रत्यक्ष सहयोग रहेको आरोप मानवअधिकारकर्मीहरुले लगाउँदै आएका छन् ।

घटनाका एक भुक्तभोगीद्वारा अनलाइनखबरलाई विदेशबाट प्राप्त इमेलमा त्यसबेलाको स्थितिबारे जानकारी दिँदै भनिएको छ-

‘विसं ०६१ साल फागुन ६ गते माओवादीले बन्धक बनाएका इन्द्र भुजेल लगायतका ३ जना मान्छेलाई गाउँलेको सहयोगमा गणेशपुर गाविसबाट छुटाइएको थियो । बन्धक बनाउने ९ माओवादी कार्यकर्तालाई गाउँलेले ट्याक्टरको पछाडि बाँधेर कृष्णनगर बजारमा घिसार्दै लगे । सेनासहित सशस्त्रको क्याम्प अगाडि जनताले ढुंगामूढा गरे । सेनाका जवानले कुमार लामालाई खबर गरे । आधार घण्टापछि कुमार लामा त्यहाँ आए । उनले भीडलाई भने कि यिनलाई ढुंगाले किचीकिची मारे हुन्छ । त्यसपछि त्यहीँ ९ जनाको इहलीला समाप्त भो । लामाले त्यसबेला सेना तपाईहरुको साथमा छ भन्दै माइकबाट घोषणा गरेका थिए । भोलि नै गणेशपुरमा नेपाली सेना को क्याम्प खडा हुने छ र तपाईहरुलाई साथ दिन मन्त्रीसमेत भोलि नै बोलाउने लामाले बताए । दोस्रो दिन साच्चै एउटा सभाको आयोजना गरियो । सभामा त्यसबेलाका गृहमन्त्री दानबहादुर शाही, सूचना तथा सञ्चारमन्त्री टंक ढकाल र शिक्षामन्त्री राधाकृष्ण मैनाली आए । त्यही दिनदेखि प्रतिकार समिति र सेनाको मिलेमतोमा शंका लागेका मान्छेलाई मार्दै हिँड्न थालियो । ४ दिन चलेको अभियानमा धेरै मारिए । कतिपयले सीडियो मोदराज डोटेलसँग सुरक्षा माग्दा उनले निरीहता प्रकट गरे । कर्नेलले म नै राज्य हुँ भनेको गुनासो पनि त्यसबेला डोटेलले गरेका थिए । त्यसबेलाको अभियानमा करिब ३५ जना मारिएका थिए ।’

गृहमन्त्रीले जाऔं भनेर गएको हुँ- मैनाली

पूर्वमन्त्री मैनालीले आफूहरु त्यसबेला कसपिलवस्तु गएको पुष्टि गरेका छन् । मैनालीको भनाइ छ- ‘हेलिकोप्टर पनि खाली थियो, गृहमन्त्री दानबहादुर शाहीले जाऔं भनेर गएको हुँ । साथमा अर्का मन्त्री टंक ढकाल र एकजना मधेसी मन्त्री पनि थिए । चौरीमा हेलिकोप्टर ल्याण्ड गरेर एक/डेढसय मानिसका सामु माइकविनै भाषण गरेर हामी चिया सिया खाएर र्फकेका हौं । त्यसैदिन हामी हेलिकोप्टरमै जनकपुर पनि पुगेर फर्कियौं ।

Read Full Discussion Thread for this article