Posted by: jhaukiri January 5, 2013
त्रास !!
Login in to Rate this Post:     1       ?         Liked by
 त्रास !!
 
 अनायस जन्मियो   |
दिन थियो कि रात,
मिर्मिरे कि साँझ 
कसको  गर्भबाट ..
कसको बीज 
 एक घडी ..
 
 चैतमास ....
चिसोले हान्यो,
टुसारोले   छोयो 
हीउको हल्ला .... 
मैनबत्तीको राँको....
सुर्य सल्कियो ..
 सुनामीको छाल आयो, 
नतमस्तक भई 
सबले  ओढे |
 
ऊ हुर्कियो |
खेल्न थाल्यो ..
दगुर्न थाल्यो 
मान्छे थलिए....
आफ्ना , आफैसँग
न रगतले   रोक्यो 
न हाडले टोक्यो 
आत्मा सम्मको दहमा  
कस्तो डर
उसको उपस्थितिको 
कस्तो भय..
आफ्नो नालायीकीको !!
 
 
 
 पर्खन थाले ...
 बुढो हुने प्रतिक्षामा
धैर्य खोतलेर
भलादम पोतेर ..
कल्पनामा गल्न थाले ..
एउटा पुरै सभ्यता सीधीयो 
यो बुढो भएन
मान्छे सिद्धिय 
मान्छेका मान्छे  सिद्धिय   
ऊ बुढो भएन
क्या बात !!!
 उसले पिएको अमृतको खोजि हुन थाल्यो |
 
  
फर्सी जत्रा टाउकाहरुको मल्ल युद्द 
शास्त्र देखि  क्षेप्यास्त्रसम्मको प्रयोग |
तर यो रोग .(??)..
केही सिप नलाग्नु पनि समस्याको निदान हो |
 
सम्झौताका खाकाहरु कोरिए 
बुँदाहरु 
धारा...उपधाराहरु  
अस्तीत्व नै छैन भन्नेहरु कति त्रसित छन् भन्ने प्रमाणित भयो !
 
 आज उसको जन्मोत्सव ..
हरेक दिन उसको मात्र उत्सव !!!
 
Last edited: 07-Jan-13 11:29 PM
Read Full Discussion Thread for this article