Posted by: _____ January 4, 2013
Man arrested in East Sussex over torture allegations in Nepal
Login in to Rate this Post:     0       ?        
 http://www.onlinekhabar.com/2013/01/27470/

कर्णेल पक्राउ गरेकोमा बेलायतलाई नेपालको विरोध–पत्र

तत्काल रिहा गर्न आग्रह

8
 

२० पुस, काठमाडौं । द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको आरोपमा नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई पक्राउ गरेर बेलायत सरकारले नेपालको सार्वभौम क्षेत्रधिकार हनन गरेको भन्दै नेपालले बेलायत सरकारलाई ‘प्रोटेष्ट नोट’ (विरोध–पत्र) बुझाएको छ । साथै लामालाई तत्काल रिहा गर्न समेत आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार नेपालका लागि बेलायती राजदूत जोन टक्नटलाई बोलाएर शान्ति स्थापनार्थ सुडान मिसनमा खटिएका कर्णेल लामाको पक्राउप्रति गम्भीर असहमति जनाएको हो । ‘राजदूतलाई बोलाएर हाम्रो गम्भीर आपत्ति र असहमति राख्दै प्रोटेष्ट नोट दिएका छौं’-मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो- ‘यो सार्वभौम मुलुकको क्षेत्राधिकारको सिद्धान्त विपरीत कुरा हो । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

नेपाल सरकारको जवाफमा राजदूत टक्नटले भने बेलायतको कानूनअनुसार लामालाई पक्राउ गरिएको भन्दै नेपाल सरकारको पत्रबारे आफ्नो सरकारलाई जानकारी गराउने बताउनुभएको छ ।

परराष्ट्रमन्त्री प्रकाशले बेलायतको विदेश मन्त्रालयमा समेत प्रोटेष्ट नोट बुझाउन बेलायतस्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ ।

कुनै जानकारी नै नदिई विना आधार महासेनानी लामालाई पक्राउ गर्दा मन्त्रालय दुखित र आश्चार्य चकित भएको मन्त्री प्रकाशले बताउनुभयो । बेलायत सरकारको कदमले तार्किक निष्कर्षमा पुग्न लागेको शान्ति प्रक्रियामा गम्भीर असर गर्न सक्ने उहाँको भनाइ थियो । ‘शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न लागेको बेला भएको यो घटनाले शान्ति पक्षधरलाई आधात पुर्‍याएको छ’ मन्त्री प्रकाशले भन्नुभयो- ‘यसले शान्ति प्रक्रियामा नकारात्मक असर पर्ने खतरा छ ।’ उहाँले महासेनानी लामाविरुद्ध ‘सन् २००५ को घटनामा’ भन्नेबाहेक कुन मुद्दा परेको भन्नेसमेत बेलायतले जानकारी नगराएको बताउनुभयो ।

यातना, हिंसा लगायतका मानवअधिकार हननका घटनाको स्वतन्त्र र न्यायीक जाँचबुझ गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै परराष्ट्र मन्त्रालयले द्वन्द्वकालीन मानवअधिकार हनन्का घटनामा छानविन गरी पीडितलाई न्याय र उत्पिडकलाई कारबाही गर्न संक्रमणकालिन न्यायका लागि संयन्त्र निर्माणको पहल भइरहेको प्रष्ट पारेको छ ।

द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्दै एड्भोकेसी फोरम नेपालको सक्रियतामा पीडितले हालेको उजुरीका आधारमा बेलायत प्रहरीले महासेनानी लामालाई बिहीबार पक्राउ गरेको थियो । सुडान मिसनका प्रमुख महासेनानी लामा आफ्नी श्रीमती र बच्चालाई भेट्न आएको समयमा पक्राउ गर्नु भएको थियो 
 

Read Full Discussion Thread for this article