Posted by: ThahaChaena January 3, 2013
कथा, कोपिला को
Login in to Rate this Post:     0       ?        
 TMS , अझै आउंदै छ भन्ने थाहा हुदा हुदै नि नलेखी रहन सकिन .
 
एउटी मुस्कुराई रहेकी निश्चल गुलाबको फूल 
सपनामा मस्त , 
आफ्नो यौवनमा मक्ख ,
सुरक्ष्या दिइरहेका काँडाहरुलाइ सपनाका पर्खाल ठान्छे ,
टाढा धकेल्छे ति पर्खाल ,
आफ्नालाइ पराया अनि परायालाइ आफ्ना मान्छे ,
पर बाट आएको त्यो मानवलाइ आफ्नोमा गन्छे ,
उसले टपक्क टिप्छ ,
गुलाब सपना पुराहुने आशामा निर्लिप्त भिज्छे ,
अनि त्यो मानवले एउटा नयाँ भगवानको समू त्यो गुलाब बेचिदिन्छ 
आफ्ना आकंछ्या , भाकल अनि इक्छ्या पुरा गर्ने धोकोमा 
त्यो बिहानीको सित खुल्ला हावामा रमेको गुलाब भगवान अनि पुजारीबाट 
हरेक दिन कुल्चियिन्छ , थिचियिन्छ , भोगिन्छ 
बिचारी तुसारापात भएका सपना बोकेकी यस्ता कयौं गुलाब मन्दिर भनिने त्यस कुनामा भेटियिन्छ
त्यागिए पछि विछिप्त मुटु आधा जीवन र  भारि शरीर बोकेर उ फर्किन्छे 
फर्केर त्यो गुलाब फेरी बोटमा जोडिन सक्दैन ,
जोडिने खोजे पनि बोटले जोडिन दिदैन ,
अरु बोटहरुले त्यो ओइलाएको गुलाबलाइ फुल्न दिदैनन 
बाँच्न त परको कुरा सपनामा झुल्न दिदैनन 
हरेक स्वासमा प्रश्न गर्छे बिचारी गुलाब 
कहाँ गल्ति थ्यो मेरो जो मा यस्तो जीवन बचिरहेचु 
के भूल त्यो मानवको थिएन जसले गुलाब चुडेर भगवान पुज्दै छ 
मेरो मरे झैँ रहेको शरीरमा अझै जीवित आत्मा आँशुमा रुझ्दै छ 
के गुलाब हुनु मेरो गल्ति हो ?
के हावामा रम्नु मेरो गल्ति हो ?
म एउटा गुलाब आज गलित-दुषित छु रे 
तर म अझै एउटी मुस्कुराई रहेकी निश्चल गुलाबको फूल हूँ ....
 
हजुरको अरु बाँकि कथाको कुराइमा 

- थाने
 
Read Full Discussion Thread for this article