Posted by: timi_mero_sathi January 3, 2013
कथा, कोपिला को
Login in to Rate this Post:     0       ?        

 ये कोपिला, के एस एल सी एस एल सी भनेर बसेको जाउ हिड बम्बै , मलाई पनि काका ले बोलाउन भा

"होइन अब महिना बाकि नि एस एल सी को लागि , एस एल सी दिएपछि जाउला नि हुन्न ?"

"बरू घर बाट पो के भनेर जाने हो , कि मलाई ब्या गरेर लै जाउ"

धन्दा नमान छदै छु नि, एस एल सी दिएपछि , कुन college  मा  भर्ना हुने हो  college हेर्न जाने भनेर घर मा भन्नु, एक हप्ता पछि फर्किन्छु भन्नु, दिन मा   बम्बै पुगी हालिन्छ

बरू हिरोनी  भएपछि येही गाउ मा आएर धुमधाम संग ब्या गर्न पर्ला 

उसको कुरा सुनेर कोपिला आफु हिरोनी भाको सपना देख्न थाल्छे

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

"मलाई डर लागि , घर मा कलेज हेर्न जाने भनेर आइयो, अहिले बम्बै जान लागिया   , नफर्केपछि आमा बा लाई कति  पिर पर्ने होला "

धन्दा नमान बुझिस , बम्बै बाट पैसा कमाएर ल्याए पछि तेरा बाउ आमा खुसि हुन्छन देखि

 

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

 

"ओहो बम्बै कत्रो ठुलो सहर रेछ हगी, हराइने  पो हो कि क्या हो यहाँ"

कस्तो कुरा गर्छेस , चार पाच चोटी आएको छु यहाँ

बरु यहाँ मोटर हेरेर बस, काका कहाँ हुनु हुन्छ फोन गरेर  पत्ता लगाउछु

"धेरै टाडा नजानुस है"

जान्न, त्यो फोन गर्ने ठाम देखिनस तेही गएर फोन गर्नी हो, बरु कहिँ पनि नजानु

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

 

मालिकन को दे दो, बोलो कि जिबन आया है नेपाल से

...............

...............

"मलिकन अभि अभि आया , बहुत बढिया माल है"

.....................

.....................

"कुंवारी है"

................

.................

दो लाख लूँगा इसबार

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

हिन कोपिला , मेरो काका फिल्म सुटिंग हुने ठाम मा हिरोनी संगै  हुनु हुन्छ  रे  तेही भेटम ला काका लाई

 

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

 

"होइन यो ठाम एकदम नराम्रो , फोहोरी रेछ, एस्तो ठाम मा पनि फिलिम  सुटिंग हुन्छ ?"

यो फिलिम एउटा गरिब हिरोनी को बारेमा हो क्या, तेसैले एस्तो ठाम मा सुटिंग गर्न पर्या

उनीहरु गल्लि को एउटा घर भित्र पस्छन

यो कोठा मा बसी राख,   माथि काका संग कुरा गरेर आउछु , काका ले हुन्छ भन्नु भो भने तलाई पनि सुटिंग हेर्न लैजाउला

+++++++++++++++++++++++++++++++++++++

प्रोब्लम वाली तो नाही ?

"नाही सिधे गाउँ से लाया हु "

येह तेरे पैसे, पुरे दो लाख है

और सुन

अभि एक धनवान ग्राहक है उसके लिए मेरे पास, तु जाके लड़किको  सम्झादे और उसके बाद  गाएब हो जा

" ऐसा हि करुन्गा"

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

कोपिला खुब  भाग्यमानी  रैछिस

किन र ?

काका लाई भेटेर कुरा गरे , उनीहरु लाई फिलिम मा एकजना गाउले नेपाली केटि चाहिया रे

एकै छिन मा  फिलिम बनाउने एक जना मान्छे संग कुरा गर्न आउछ , उसले भन्या भन्या एक्टिंग गर्नु, फिलिम मा खेल्न पौछेस.

"साचै  हो"

एस्तो कुरा मा पनि तलाई धाटुला 

बरु सुन , बाहिर गएर खाना लेराउछु , संगै खान पर्ला

"छिटो आउ है "

धन्दा नमान , एकै छिन मा आउछु

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

 

कोपिला कोठा मा एक्लै हुन्छे

एकछिन पछि कोठा मा एकजना अधबैंसे पुरुष आउछ

कोपिला मनमनै सोच्छे

आज यो मान्छे ले भने भने को एक्टिंग गर्न सके भने एक दिन हिरोनी हुन्छु , बच्चै देखि को आफ्नो सपना पुरा हुने भो भनेर कोपिला मख्ह  पर्छे. 

Read Full Discussion Thread for this article