Posted by: cybernepali January 3, 2013
प्रेमीबाट खोसेर आठ घन्टा निरन्तर सामूहिक बलात्कार
Login in to Rate this Post:     0       ?        
http://singhadurbar.com/news/crime-security/3826-2012-05-12/

झापा – महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिरहेका बेला झापामा फेरी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । 

दमक–९ स्थित हिमालय चिया बगानभित्र १९ वर्षीया युवती बलात्कृत भएको प्रहरीले जनाएको छ । ती युवतीलाई बुधबार साँझ ८ बजेदेखि विहान ४ बजेसम्म स्थानीय चार जना युवकले बलात्कार गरेका थिए । 

बलात्कार गर्नेमध्ये दमक–९ का सचिन भट्टराई, सन्दीप भट्टराई र आशीष दर्नाललाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य एक जना फरार छन् ।  दमकका प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार, प्रेमीसँग बसिरहेका बेला जबर्जस्ती उठाइ उनीमाथि बलात्कार गरिएको थियो । बलात्कार गर्नुअघि उनीहरुले युवतीका प्रेमीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । 

पक्राउ परेकाहरुलाई जबर्जस्ती करणीअन्र्तगत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

Read Full Discussion Thread for this article