Posted by: Rahuldai January 2, 2013
कस्तो कस्तो यो जीवन
Login in to Rate this Post:     0       ?        
 काइँला, 
 
कबि , लेखक लाई मात्र हैन कसैको अभिव्यक्तिलाई अंकुश लाउन हुदैन भन्ने मान्छे मा पनि परें. भावनालाई कैद गर्न सकिन्न , कैदी अभिव्यक्ति कुञ्जिएकै हुन्छ . तर सामान्य व्याकरण र आधारभूत हिज्जे चाहि मिलाउनै पर्छ . 
 
गजल नियम कानून मा बाँधिएर लेखिने भएकोले मैले लेखेका केही कबिताहरु गज़ल हैनन् भन्छन , विद्वान महाशयहरु . गज़ल न भनोस , गाज़ल नै बनोस तर भाव र मर्म मा अंकुश लगाउन सक्दिन. रोजी र रोटी को लागि स्वतन्त्रता बन्धकी राख्न हुन्न भन्ने आदर्श सानै देखि बोकेको छु , आफ्नो लेखाइ मा पनि रुपान्तरित गर्दै आएको छु . 
Read Full Discussion Thread for this article