Posted by: cybernepali January 2, 2013
नेपाली चेलीहरु बम्बे र दिल्लीको कोठीमा मर्दै गरेको
Login in to Rate this Post:     0       ?        
http://www.nepalplus.com/archives/17096

madan bajracharya

मैले आजको हजारौं सिताहरु बन्न सक्ने नेपाली चेलीहरु बम्बे र दिल्लीको कोठीमा मर्दै गरेको देखेको थिय/उनीहरु देखेर जति मेरो मन रोयको थियो त्यो भन्दा बढी रिश् ती कोठी संचालन गर्ने नेपालीहरु देखेर उठेको थियो/

ती कोठीहरूमा नेपाली बच्ची केटि महिला बेच्ने धन्दा आज भन्दा धेरै बर्ष अघि देखि चलेको हो र यस्तो कुरा हाम्रो नेपालको राजा रास्ट्रपति प्रधान मन्त्रि र नेताहरुले नजानेको र उनीहरु भारत जाँदा नदेखेकोकुराहरु होईन/ तर उनीहरुले वास्ता गरेनन/ लाज लाग्नु पर्ने थियो तिनीहरुलाई भारतमा जाँदा नेपाली चेली माथि बलात्कार गर्दै गर्नेहरुको सलामी ग्रहण गर्दा/

बन्धुहरु के गर्ने ती कुराहरु हाम्रो देसको सिमाना पारि हुँदैछ/ देस भित्रै भयको भय नेपाली बालिग नाबालिग केटि महिलाको अस्मिताको व्यापार गर्नेलाई हामीले केहि गर्न सक्थ्यौं/

सायद सन् १९८३ तिरको कुरा हो/ म बम्बेमा सरकारी कामबस गयको थिय/ म भात खाने बम्बेको शान्ता क्रुज निर्को पानोरमा होटेलमा मैले यउटा दुधे बालक बोकेकी केटिले मलाई हेर्दै केहि भन्न चाहेको जस्तो लाग्यो/ उ सिट यउटा नेपाली केटा पनि थियो/ त्यो केटा उठेर होटेल बाहिर गयको लगतै त्यो केटि मेरो अगाडी आयार यक्कासी रुँदै उसलाई नेपाल लाग्न अनुरोध गर्यो/ त्यो पाण्डे थर भयको केटी काठमान्डूको नरदेवीको मन्दिर पछाडी बाया पट्टिको ठुलो सेतो घर रहेछ/

हुने खाने कै छोरी प्रेम बिबाहको नाटकमा फसेर बम्बेको कोठीमा पुगेकी रहेछ/म सम्भव भयको भय तत्कालै उनीलाई लियर नेपाल आउने थिय/ तर सरकारी काम बस मअझै १० दिन जति बम्बेमै बस्नु बाध्यता थियो/ त् मैले उनीलाई तत्कालै ४०० भारु हातमा राखी दिय र भने बम्बे सेन्ट्रलको रेल स्टेशन बात जति सक्छ तेती छिटो दिल्ली जानु र र दील्लिमा मेरो कार्यालयमा गयर मेरो कार्ड देखाउनु; उनीहरुले म दिल्ली नपुगुन्जेल उनीलाई शरण दिने छ भने/ तर उनीलाई बम्बे सेन्ट्रल सम्म जाने आंट नै थियन/ तेतिकैमा उसको साथमा देखेको नेपाली केटा फर्केर आयो/ कुरा तेतिमै सिमित रह्यो/

म नेपाल फर्के पछि त्रिभुवन बिमान स्थल बात सिधा उनको नरदेविको घर पुगे/ उनीहरु त्याहा बात डल्लु सरि सकेको रहेछ/ उनीहरु खोज्दै डल्लु पुगे उसको परिबार भेटे/ उनीहरुको छोरी बम्बेमा भयको विवरण दिय त् उनीहरुले मलाई कोठीमा बिकेको छोरी सिट कुनै सरोकार नहुने र तेस्लाई नेपाल ल्यायर बद्नाम हुन् नसक्ने जवाफ दियो/कस्तो समाज कस्तो आमा बाबु!!!

दोश्रो घटना २०३५ तिर धोबीचौरमा घटेको थियो/ त्यहा बाहुनचा भनिने पहिला पनि २ जना केटीलाई दिल्लीको कोठीमा बेचेको आरोप लागेको घरमा दुई श्री मति भयको गुण्डा केटाले यत्खाको कान्ति हाईस्कुलको टेस्टको जाँचमा फेल भयको रिजल्ट बोकेर रुँदै आईरहेको मेरो मित्रको बहिनीलाई गायव गरे/

मेरो मित्रले मेरो सहयोग माग्यो/ मैले उत्निखेरि टोलको कुन केटा गायव छन् भनेर खोजि गर्दा तेही बाहुनचा भनिने गुण्डा दुई दिन देखि गायव भयको थाह भयो/ त्यो गुण्डाको मामा घर थानकोटको भैसी पाटि भन्ने थाहूको डांडा माथि रहेछ/ मैले बसन्तपुर प्रहरीको कार्यालयमा कुरा मिलायर रातको १० बजे तिर त्यो गुण्डाको मामाको घर अगाडिको झाडीमा रात बिताय/

बिहानीको उज्यालोमा मैले मेरो साथीको बहिनीलाई त्यो घरमा देखे/ त् म त्यो घरमा पसे पहिला त् त्यो गुण्डा र तेस्को मामाले मलाई तर्साउन खोज्यो/ तर त्यो गुण्डाले मलाई राम्रै चिन्थ्यो तेसैले हात हाल्ने बढी धम्काउने आंट गरेनन/ मैले चलाखी पुर्वक अब जे भयो भयो तिमीहरुको बिबाह प्रहरीको अगाडी नै हुनु पर्छ भनेर फकायर ट्याक्सीमा राखेर बसन्त पुर् प्रहरी कार्यालयमा जवार्जस्तिनै पुर्याय/ त्यहा पुगे पछि प्रहरी बात उसको सात पुस्ता तर्सिने गरेर कुटाई खुवाय/ तर केस चाहिं गरिन केटीको बेईज्जत होला भनेर/

तेस्पछि केटीलाई घर पठाउन खोज्दा’ केटीको बुबा मुमाले बिबाहित केटा सिट गायव भयको केटीलाई घर लाग्न नसक्ने कुरा गरे/ यस्तो छ हाम्रो समाज!!!/

अनि लगतै त्यो केटीलाई मेरो अर्को साथीको घरमा राखेर केहि दिन भित्रै बिराट नगरको नर्सिङ्ग स्कुलमा भर्ना गरे/ पछि उनि नर्श बनिन र डाक्टर सिट बिबाह भयको छ/

घटनाको केहि दिन पछि त्यो गुण्डा केटाले म माथि २० जना जति गुण्डाहरु ल्यायर रातको १ बजे तिर घरमा हमला पनि गरे/ मेरो पनि भर्खर बिबाह भयको थियो/ घरमा सबै डरायो/ तर पनि म घर बात बाहिर आय र ती गुण्डाहरुको मुख्य गुन्दालाई सबै कुरा भने/ त्यो गुण्डाले अचम्मै गर्यो/ मलाई कुट्न भनेर आयको गुण्डा समुहले तेही बाहुनचालाई पिट्नु पिटेर गयो र मेरो पनि कुटाई खानु खायो र बिहान उठ्दा त्यो गुण्डा टोलमा कतै देखे छत्रपाटीको चार दोबाटोमा नाङ्गै राखेर सजाय दिने भने पछि २ बर्ष सम्म टोल बात गायव भयो/

हाम्रो सिता हुन् सक्ने नेपाली चेलीहरु भारतको कोठीमा कहालिन्दा पनि कानमा तेल राखेर बस्ने समाज र हाम्रो नेताहरु ती गुण्डाहरु जति पनि सामाजिक छैन/

बास्तवमै भन्ने हो भने बिदेशमा सोषित हुन् बाध्य गरेकी नेपाली महिलाको जत्तिको अधिकार खोसियाका अरु कुनै जात नै छैन/ तर खै उनीहरुको लागि संघियता र अधिकार माग्नेहरु कतै देखिंदैन; जव कि तेस्तो महिलाहरुमा आफुलाई अधिकार खोसियाको भन्दै गर्ने जनजातिका र आदिबशिका चेलीहरुनै बढी छन्!!!/

मैले सन् १९८३मा सुने अनुशार तेतिबेलानै ७० हजार भन्दा बढी सिता हुन् सक्ने नेपाली चेलीहरु भारतको कोठीहरुमा बेस्या बनाईयको थियो/ आज सायद लाखौँ होलान/ तर कुन राजा कुन रास्ट्रपति कुन प्रधानमन्त्रि र कुन आदिबाशी जनजातिको नेताले तिनीहरुको लागि कहिले आवाज उठायो?

हे दिल्लीमा नेपाली चेलीको चित्कार सुन्नु भन्दा तिनै नेपाली चेलीहरुको ईज्जत लुत्नेको सलामी सुनेर दंग हुने नेताहरु हो; तिमीहरुलाई धिक्कार छ/

(माथि मैले त्यो केटीको नाम उल्लेख गरिन तर त्यो बाहुनचा भनिने गुण्डाको नाम सक्कली नै उल्लेख गर्नुको तात्पर्य तेस्ताको नाम लुकाउनु गलत हो भनेर हो)

Read Full Discussion Thread for this article