Posted by: metta December 29, 2012
airport मा loot कम्पनि
Login in to Rate this Post:     0       ?        
कस्ता कुकुरहरु शासक भएको देश रहेछ हाम्रो
http://nagariknews.com/news-highlights/139-highlights/51208-2012-12-30-03-12-13.html

के डेढ लाखमा बलात्कार गर्न पाइन्छ ?

 
काठमाडौं, पुस १५ -बालुवाटारस्थित प्रधानमन्त्री निवास अघिल्तिर प्लेकार्ड बोकका धर्नाकारी छन्। तीमध्ये एउटीको छातीमा टाँसिएको कागजमा सोधिएको छ, 'के डेढ लाखमा बलात्कार गर्न पाइन्छ?'प्रहरी र अध्यागमन कर्मचारीबाट विदेशमा कमाएको धन र इज्जत लुटिएकी भोजपुरकी सीता राई (नाम परिवर्तन) लाई सरकारले क्षतिपूर्तिस्वरुप डेढ लाख दिने निर्णय गरेकोमा आपत्ति जनाउन उनीहरु धर्नामा बसेका हुन्। 

'पीडकलाई कारबाही गर्नुको साटो पीडितलाई पैसा दिएर नारी अस्मिताको उपहास गरियो, त्यसविरुद्ध यो स्वतस्फूर्त धर्ना हो,' अधिकारकर्मीहरू भन्दै थिए, 'बलात्कारीविरुद्ध मुद्दा दर्ता नै नगर्ने, पीडितलाई डेढ लाख दिएर पन्छने, यो कस्तो न्याय?'

साउदी अरबबाट मंसिर ३ गते स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कैको पासपोर्टमा राई विदेश गएको खुलेको थियो। उक्त कमजोरीको फाइदा उठाउँदै प्रहरी र अध्यागमन कर्मचारीले राईले कमाएर ल्याएको पैसा र इज्जत लुटेका थिए। घटना सार्वजनिक भएपछि बिहीबार सरकारले पीडितलाई राहतस्वरुप १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। 
प्रदर्शनकारीका अनुसार बलात्कारमा संलग्न प्रहरी जवान पर्शुराम बस्नेत र लुटपाटमा संलग्न अध्यागमनका नायब सुब्बा सोमनाथ खनालमाथि सरकारले फौजदारी अभियोगमा मुद्दा दर्ता गर्नसमेत आनाकानी गरिरहेको छ। 
'पैसा लुटी बलात्कार गरेको' समाचार सार्वजनिक भएको लामो समय बिते पनि दोषीलाई कारबाही नगरेको र घटनामा सरकार पूरै उदासीन रहेको भन्दै प्रधानमन्त्रीमातहत रहेको महिला सशक्तीकरण समन्वय समितिको सल्लाहकारबाट आरजु देउवाले बिहीबार नै राजीनामा दिएकी थिइन्। त्यही दिन सरकारले पीडितलाई राहत रकम दिने निर्णय गरे पनि दोषीलाई कारबाही अघि नबढाइएपछि प्रदर्शनकारी स्वतस्फूर्त सडकमा उत्रिएका हुन्।
'राज्यले दोषीलाई विभागीय कारबाही गरेरमात्र उन्मुक्ति दिइरहेको छ। जघन्य अपराध पुष्टि भइसक्दा पनि सरकारले फौजदारी अभियोगमा मुद्दा चलाएको छैन,' अधिकाकर्मी रेणु राजभण्डारीले भनिन्, 'कानुनअनुसार कारबाही हुनुपर्छ, विभागीय कारबाहीले मात्र हुँदैन।' 
बिनाआयोजक गरिएको 'स्वतन्त्र नागरिक अभियान' ले बाँडेको पर्चाअनुसार पीडित राईलाई प्रहरी हवल्दार बस्नेतले गेस्ट हाउसमा लगेर बलात्कार गरेको तथा सुब्बा खनालले उनले ल्याएको २ लाख १८ हजार त्यहीबेला लुटेर रित्तो हात फर्काइदिएको उल्लेख छ। बस्नेतले घर पुर्या इदिन्छु भन्दै झुक्याएर गेस्ट हाउस लगेर बलात्कार गरेको र खनालले पैसा लुटेको पीडित युवतीको भनाइ छ। उनले थापाथली प्रसूतिगृहमा जचाउँदा आफू गर्भवती भएको रिपोर्ट आएको' समेत सार्वजनिक गरिसकेकी छन्। 
'दोषीलाई कारबाहीको सट्टा राहतमात्र दिने काम गरेर सरकारले बलात्कारको मूल्य तोक्ने काम गरेको छ,' धर्नामा सहभागी त्रिचन्द्र कलेजकी विद्यार्थी रमिला श्रेष्ठले नागरिकसँग भनिन्, 'हामी कसैमाथि गरिएको बलात्कारको मूल्य सरकारबाट खोजिरहेका छैनौं, हामी दोषीलाई कारबाही भएको हेर्न चाहन्छौं।' 
प्रधानमन्त्री बाबुराम भट्टराईले महिलामाथि पछिल्ला दिनमा भएको हिंसाले आफूलाई चिन्तित बनाएको भन्दै कारबाही गर्ने प्रतिबद्धता जनाए। 'तर ठूलै दबाब नदिईकन दोषीलाई कारबाही गर्नुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छैन,' अभियानमा सहभागी अर्पण श्रेष्ठले भने। उनका अनुसार महिला हिंसाविरुद्ध र न्यायको पक्षमा बालुवाटारमा 'क्यान्डल लाइट' प्रदर्शन गरिएको छ। 
शुक्रबारदेखि सुरु भएको धर्नामा सञ्चारकर्मी नारायण वाग्ले, मिस नेपाल सदीक्षा श्रेष्ठ, कराँते खेलाडी दीपक विष्ट, कलाकार नम्रता श्रेष्ठ र कर्मा, पर्यटन व्यवसायी प्रचण्डमान श्रेष्ठ, अधिकारकर्मी मन्दिरा त्रिपाठी, लीली थापा, बन्दना राणा, अधिवक्ता रमण श्रेष्ठलगायत ऐक्यबद्धता जनाउन बालुवाटार पुगेका थिए।
धर्नाकारीले अनामनगरस्थित कृष्ण प्रसार्इंको घरमा 'रहस्यमय मृत्यु' भएकी सरस्वती सुवेदी, गत असार १६ देखि हराइरहेकी छोरीमैंया महर्जन, जलाएर मारिएकी नेपालगन्जकी हासमी र बाराकी एक बालिकालाई पनि न्याय दिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गरे। 'दण्डहीनताभन्दा पनि दण्डहीनताको पक्षमा उभिने सरकारदेखि डर लागेको छ,' अधिकारकर्मी त्रिपाठीले भनिन्, 'जबसम्म पीडितले न्याय पाउने सुनिश्चित हँुदैन, बालुवाटारमा धर्ना जारी रहन्छ।'

Read Full Discussion Thread for this article