Posted by: _____ December 28, 2012
अनुचित 'बालाजु बिक्री' बारे
Login in to Rate this Post:     0       ?        
 http://www.ekantipur.com/nep/2069/9/13/full-story/359905.html

अनुचित 'बालाजु बिक्री' बारे

 
(5 Votes)
 
 
 
 
 
 
 
यो लेख कान्तिपुरको ९ पुसको यस समाचार अंशसँग सम्बन्धित छ- 'सरकारले कामनपाको अधीनमा रहेको बालाजु बाइसधारा उद्यानको जग्गा सुकुम्वासीलाई दिने निर्णय गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री-पत्नी हिसिला यमीको दबाबमा मुख्य सचिव पौडेलले उक्त निर्णय गरेका हुन् । बालाजु यमीको निर्वाचन क्षेत्र पनि हो ।'

विगत- १

छैठौं, सातौं र आठौं शताब्दीमा पटक-पटक नागार्जुन नामका प्रख्यात तान्त्रिकहरू भए । तर बालाजु जुन डाँडाको फेदीमा छ, त्यो नागार्जुन डाँडो ईस्वीको पहिलो शताब्दीमा जन्मेका र तन्त्र परम्पराका सोह्रौं सिद्ध नागार्जुनको साधनास्थल भएका कारण उनको नाममा रहेको मानिन्छ । टुप्पालाई अहिले जामाच्व भनिन्छ । जगज्जय मल्लको कालमा यसले लुतिकोट नाउँ पायो भन्ने अनुमान गर्नेहरू पनि छन् । तर त्यसको यकिन भइसकेको छैन । पशुपति छेउको बज्रेश्वरी, चोभारको आदिनाथ, टँुडिखेलको गुरुमापा, जनबहालको सेतो मच्छिन्द्रनाथ, बालाजुको बाइसधारा आदि-आदि सबै चैत्रशुक्ल पूणिर्मामा पुजिन्छन्, जुन तान्त्रिक महत्त्वको दिन हो । यसैले मल्लकालका तन्त्रख्यात प्रताप मल्ल र शाहकालका तन्त्रख्यात प्रतापसिंह शाह दुवै बालाजु केन्दि्रत भएका

हुन् । नभन्दै त्यो दिन बालाजुमा नुहाएर जामाच्वमा तान्त्रिकहरू बाइसधाराको पानी चढाउन जानुपर्छ ।

त्यसका पछाडि एक विशिष्ट कारण छ- उत्तर-पश्चिम कुनाको जामाच्व बोनतन्त्रमा ज्ञान प्राप्तिको साधनास्थल हो र दक्षिण-पूर्वी कुनाको फूलोच्च -फूलचोकी) अर्थप्राप्तिको साधनास्थल । यो तेर्साे -डाइगोनल) रेखा बोनको उद्गमथलो हो । तिब्बती कैलाशको शिखरबाट सुरु भएर पूर्वाेत्तर भारतको तारकेश्वरसम्म पुग्छ । अर्थात् कम्तीमा यो २००० वर्षदेखि बोन परम्पराको केन्द्रस्थल हो ।

विगत- २

सन् १६६० मा प्रताप मल्लले यहाँ सानो बूढानीलकण्ठ स्थापना गरे । यसपछि नै यसलाई विष्णुको नाममा बालाज्यू भन्न थालियो, दक्षिण भारतमा बालाजी भनिएसरह । हिन्दीको 'जी' र नेपालीको 'ज्यू' समानार्थी हुन् पनि । र सन् १७३६ मा गद्दी आरोहण गरेको केही वर्षमा जब जयप्रकाश मल्लले यसमा २१ वटा धारा बनाए -प्रताप मल्ल भन्ने पनि छन्), यसको प्रसिद्धि दिन दुईगुणा रात चौगुणा भयो । भीमसेन थापाले टुँडिखेल विस्तार गर्न टुँडिखेलका सात धारा पुरे भन्ने भनाइ छ । ती सात धारा अहिलेको महाकाल मन्दिरसँगै थिए र त्यसलाई शान्तबज्र बज्राचार्यले बनाएका थिए भन्ने पनि छन् । वेदले सप्तसिन्धुको परिकल्पना गरेको छ र भागवतले सप्तपातालको परिकल्पना गर्छ । यसैका आधारमा ती सात धारा बनेका थिए । तर जयप्रकाशले तीनै लोकका सप्तसिन्धुको प्रतीकका रूपमा बालाजुमा २१ वटा धारा खडा गरिदिए, जसमा बीचको ठूलो बाइसौं धारा रणबहादुर शाहले थपेपछि मात्र यसको नाम बाइसधारा रह्यो । तर जुन बाइसौं धाराको न तान्त्रिक न सौन्दर्यात्मक अर्थ छ । त्यो मिचाहा धारा हो ।

विगत- ३

जयप्रकाश मल्लकै बेलामा यसको ख्याति र सौन्दर्य उदाहरणीय भइसकेको थियो । उपत्यका विजय गर्नु कम्तीमा एक वर्षअघि नै प्रतापसिंह शाहले यहाँ एक संस्कृत भाषाको कविगोष्ठी गराए, समकालीन संस्कृतभाषी विद्वानहरू समेटेर भन्ने भनाइ छ । अनि यही ठाउँ हो, जहाँ भनाइ छ- कृत्रिम वनभोजको आयोजना गराएर रणबहादुर शाहले आफ्नो वास्तविक उत्तराधिकारी छोरा रणोधोत शाहको हत्या गराइदिए । 'नेप्लिज् आर पिकनिक एडिक्ट'- एक समकालीन पश्चिमाले त कतै लेखेकै छन् ।

राजेन्द्रविक्रम शाहको दुई वर्षकै उमेेरमा उनको नामबाट एउटा सनद जारी भयो- पशुपति गुह्येश्वरी र गोरखनाथलाई चढाउन यहाँ कृष्णकली -फ्युसिया भेरिगाटा) को बिरुवा लगाउन र हुर्काउन । बालाजुको भविष्य कोरिने यो एउटा सुरुवात थियो । नभन्दै राजेन्द्रविक्रम शाहको विवाह नौ वर्षको उमेरमा यहीं भयो, सन् १८२३ को मध्य हिउँद पारेर । वयस्क कालमा उनले जीवनको लामो भाग यहीं बिताए, यसलाई उद्यानको रूप दिन, बिरुवाहरू लगाउन र पोखरी बनाएर त्यसमा सहरमाछा -बार्बस पटिटोरा) पाल्न । यसका लागि कोतपर्व हुनुभन्दा ६ वर्षअघि सन् १८४० मा उनले सेतो मच्छिन्द्रनाथ र लिङ्गोको गुठीका जग्गाहरूबापत क्षतिपूर्ति दिएर उद्यानमा मिलाए । जसरी फ्युसिया भेरिगाटा लगाउने श्रेय उनलाई जान्छ, त्यसैगरी कालान्तरमा टि्र टोमाटो/ट्यामटर -साइफोमान्ड्रा बर्टासिया) यहीं लगाएर नेपालमा सुरुवात गर्ने श्रेय पनि उनलाई जान्छ । प्रायः युरोपियन पाहुनाहरूले उनलाई भेट्न बालाजुमै

जानुपथ्र्याे । सन् १९१२ मा मञ्जुरियन बादशाह पी यीको पतन नहुन्जेलसम्म नेपाल आउने चिनियाँ प्रतिनिधिमण्डलहरू पनि यहीं पाल टाँगेर बस्थे । सन् १८४६ मा उनी नेपालबाटै विदा भए, सरकारी पकड छुट्यो । यसको पहिलो संकेतका रूपमा सन् १८७६ मा स्थानीय राजमान रञ्जितकारले यहाँ शैलयोगिनीको मन्दिर थपे, बूढानीलकण्ठसँगै ।

समकाल- १

सन् १९४१ मा सत्यलाल रञ्जितकार अलाहवाद विश्वविद्यालयबाट फलविज्ञानमा स्नातक भएर नेपाल आए -उनका सन्ततिहरू अहिले नेटलेन्ज र हिंबा वाइन उत्पादन गर्छन्) उनले यहीं नै गोलभेंडाको खेती प्रजाति -कल्टिभार) 'मारग्लोब' लगाए र बन्दाकोभीको बीउ उत्पादन सुरु गरे । त्यसभन्दा अघि नेपालमा बन्दाकोभीको बीउ उत्पादन हुँदैनथ्यो । जसरी कर्कपेटि्रकले आलुको बीउ पटनाबाट ल्याउनपथ्र्यो भनेका छन् । उनको बृहत् बागवानीलाई जमिन जब पुगेन, सन् १९४७ मा सरकारले पूर्णमान भिक्षुको जग्गा फेरि बालाजु उद्यानमा जोड्यो । यसरी जोडिएको जग्गाको ठूलो भाग सन् १९५० को राजनीतिक परिवर्तनपछि बालाजु औद्योगिक क्षेत्रका नाममा टुक्र्याइयो । अब उद्यानमा १६५ रोपनीमात्र जग्गा छ ।

समकाल- २

सन् १९६२ मा यसलाई भारतीय सहयोग नियोगले 'रिडिजाइन' गर्ने जिम्मेवारी लियो । त्यतिबेला सक्रिय थिए, एसएस रान्धवा । -कोही एमएस रान्धवाको नाम लिन्छन् । एमएस रान्धवा वनस्पतिशास्त्री र काङ्गडा स्कुल अफ मिनियचर पेन्टिङका एक आधिकारिक अध्येता अवश्य

हुन् । तर ती अर्कै हुन् ।) तर रिडिजाइन नै गर्ने इञ्जिनियर नेपाली नै थिए, ज्यानबहादुर नेवा । तैपनि तेर्साे इँट उभ्याउने वा बिछयाउने परम्परागत शैली यसमा अपनाइएन, बरु धातुको भ्यागुतो, स-साना फोहोराजस्ता पश्चिमा ग्रामीण बगैँचाका चिन्हहरू यसमा थपिए । कृत्रिम गह्रा -बालकनी) हरू दक्षिणी भूदृश्य देखिनेगरी ठड्याइए ।

सन् १९३३ पछि किशोरनरसिंह राणाले साना गोला ढुङ्गाहरू -पेब्बल्स) बिछ्याएर सिमेन्ट टिपकार गर्ने शैली ल्याएका थिए, सिंहदरबारको पुतली बगैंचा हुँदै । त्यहीमात्र यसमा अपनाइयो । यहाँनेर के जोड्न जरुरी छ भने रत्नपार्क र खुलामञ्चको डिजाइन पनि नेवाले नै गरेका हुन्, तर खुलामञ्चको ढाँचा हिन्दी सिनेमा 'चोरी-चोरी'मा आइसकेको थियो । एउटै उल्लेखनीय कुरा राणाकालमा यसमा एउटा त्यतिबेलाको नौलो बिरुवा लगाइएको थियो, ढ्वाँगे धतुरो -ब्रगम्यानसिया स्वाभेलन्स) । अब भारतीय सहयोग नियोगको तर्फबाट पूर्वी सीमापारि पेदोङबाट आएका नेपाली वृषबहादुर थापा मगरले नयाँ फूल थपे- पि|mसिया इन्पेरालिस । साँच्चै भन्ने हो भने मल्लकालको त कुरै छोडौं, १८ औं शताब्दीको तर राणाहरूको जस्तो पश्चिमा प्रभाव नपरेको विशुद्ध नेपाली ढाँचाको बगैंचा ध्वस्त भएको थियो ।

-थापा 'इलस्ट्रेटेड विक्ली'मा पनि लेख्थे । उनले एमएल बेनर्जीसँग मिलेर जर्नल अफ नेचरल हिस्ट्री, बम्बेमा अर्किड अफ नेपाल शीर्षकमा दस अध्याय लेखेका थिए । अहिले महेन्द्रपाल सिंह विसनपाल सिंह नामको भारतीय प्रकाशकले बेनर्जीको नाममात्र राखेर उनको नाम हटाएर पुनःप्रकाशन गरेको छ । यस्तो सुनेको लगत्तै केही वर्षअघि चितवनको गुञ्जनगरमा ९३ वर्षको उमेरमा थापाको निधन भयो ।)

समकाल- ३

सन् १९६६ मा यहाँ महेन्द्र र रत्नको सिंगमरमरको मूर्तिलाई चन्द्रमानसिंह मास्केले अन्तिम रूप दिए । अन्तिम रूप किन भन्नुपरेको भने यो मूर्ति एक भारतीय कलाकारले बनाएका थिए, जसको अन्तिम छिनो प्रहारले महेन्द्रको नाकको एउटा सानो भाग उडाइदिएको थियो । उनी आफैंले पनि मिलाउन नसकेकाले मास्केलाई गुहार्नुपरेको थियो ।

-संयोग कस्तो ? महेन्द्र आफ्नो नाक ठीक छ कि छैन भनेर जुन दिन बालाजुमा हेर्न आए, त्यो दिन दस वर्ष पनि नकाटेको पंक्तिकार आफ्नो बाबुआमाको परिवार अन्तर्गत पिकनिक मनाउन पुगेको थियो । कागतालीले मावली परिवारको पिकनिक पार्टीसँग फ्युजन भएको थियो । पालेले सबैलाई निकाले, तर किन हो, हामीलाई निकालेनन् । पाँच मिटरको दूरीसम्म जान पनि दिए । मास्के र उनको संवाद पाँच-दस मिनेट चल्यो, हामीले टाढैबाट हेर्‍यौं पनि ।)

यसपछि २०२७ साल आयो, प्रलयंकारी ०२७ साल, सन् १९७० । महेन्द्र र मास्केबीच एक पात्र थिए, विष्णुमणि आचार्य । काठमाडौं मजिस्ट्रेट विष्णुमणि आचार्य र त्यो वर्षको दसैं । उनले तिब्बतबाट मगाइएका दसौं हजार भेडाच्यांग्रालाई गौशालाको भण्डारखाल र छहराको जंगलमा नपुगेर यहींभित्र हुले । तिनले रहेसहेको सौन्दर्यलाई कुरुक्षेत्रमा बदले । त्यतिले नपुगेर, जति मरे तिनलाई फूलका ड्याङ खनेर गाडियो । यसपछि बालाजु उद्यान कहिल्यै उत्रिएन ।

समकाल- ४

२०४६ साल आयो । भानुभक्तको 'बालाजु वर्णन' उनको शालिक बालाजुमै उभ्याउनुपर्छ भनेर लबिङ गर्नेहरूका निम्ति ठूलो हतियार बन्न गयो । जबकि त्यो कविताको मौलिकतामै अनेकौंपल्ट प्रश्न उठ्यो । र भनेर नपुगेर अन्ततः कविता मोतीराम भट्टको हो भन्दै टुकराज मिश्रले लेखे नै पनि । तर त्यही विवादास्पद कविताका आधारमा भानुभक्तको शालिक त्यहाँ उभ्याइयो, जहाँ बालाजुका जयप्रकाश र राजेन्द्र विक्रमजस्ता उत्थानकर्ताहरूको स्मारक हुनुपथ्र्याे ।

अनि त्यो बनाउँदा ज्यानबहादुर नेवाकै पनि स्मृतिचिन्हको रूपमा रहेको आठ फिट लम्बाइ चार फिट चौडाइ र एक फिट गहिराइयुक्त 'कनकेभ' पिँध भएको 'कोइकार्प' पालिएका पोखरीहरू हराए । जसको छेउको बेन्चमा बसेर वषर्ाको बेला पोखरी हेर्नु त्यति नै आनन्ददायी हुन्थ्यो, जति सन् १९१० ताका केशरशमशेरले छाता ओढेर बरन्डाबाट बाहिरको वषर्ा हेरेथे -बरन्डामा छाता ओढेको कस्तो अनौठो तस्वीर ?)

समकाल- ५

यो 'सनपार्क' हो । तर केशव स्थापित मेयर हुँदा यसलाई 'फनपार्क' बनाउने योजना ल्याइयो । त्यसमा विरोध भयो । यो सपिङ कम्प्लेक्स बनाउने ठाउँ होइन भनियो । तर उनै दोस्रोपल्ट मेयर भएर २००४ मा आएपछि फनपार्क योजना फेरि अघि बढ्यो । एक अधिवक्ता इन्द्र अर्यालले सर्वाेच्चमा रिट पनि हाले । न्यायाधीश रामप्रसाद श्रेष्ठको एकल बेञ्चले स्टे अर्डर पनि दियो । यद्यपि आज यसको कुन कानुनी स्थिति छ भन्न सकिन्न ।

तर कति भन्न सकिन्छ भने कुनै बेला यही नगरपालिकाले भूगोलपार्क खाने दाउ गर्दा चन्द्रबहादुर थापाले कानुनी लडाइँ लडे । चन्द्रबहादुर थापा तिनै थिए, जो विश्वेश्वर कोइराला कालमा पहिलो मुख्य सचिव र महालेखा परीक्षकसमेत भए । लडाइँ लड्दा-लड्दै नयाँसडकवासी थापाको निधन भयो । वारेसमार्फत उनको मुद्दाको निरन्तरतालाई अदालतले स्वीकारेन । त्यतिमात्रै हो, भूगोल पार्क भने जोगियो । आज त्यही चन्द्रबहादुर थापाको मेचमा आसीन अर्काे मुख्य सचिवका हातबाट जघन्य कुकार्य हुनगएको छ ।

पुछार- १

स्थापितले कालभैरव नृत्यको साधना गरेका छन् । तर हनुमानढोकाको कालभैरव स्थापनाको मान्यता के हो भने प्रताप मल्लले बूढानीलकण्ठको पानी हनुमानढोकाभित्र आफूले स्थापना गरेको सानो बूढानीलकण्ठसम्म ल्याउन रानीवनमा महिनौंसम्म डेरा जमाएर जतिबेला बसे, त्यतिबेला कुलो खन्ने 'एक्प्लोरेसन'को क्रममा यो कालभैरवको मूर्तिका टुक्राहरू नागार्जुनको फेदीमा फेला परे र त्यसभित्र जामाच्वमा फेला परेको अर्काे जन्तररूपी मूर्तिलाई कतै अप्राप्य स्थानमा स्थापित गरी प्राणप्रतिष्ठा गरियो । तर कालान्तर यस्तो भयो, तिनै केशव स्थापित त्यस कालभैरवको आदिथलोलाई फनपार्क बनाएर ध्वस्त पार्न उद्यत भए । आफूले आत्मसात नै गर्न नसकेको कालभैरव नृत्यसाधनाको अर्थ के ?

अरेल स्टिन हुन्, जसले तिब्बती सम्पदालाई पहिलोपल्ट पश्चिम पुर्‍याए । दोस्रोपल्ट भनिन्छ, राहुल सांकृत्यायनले तिब्बती सम्पदालाई जुन मात्रामा नेपाल भित्र्याए, त्यसले एउटा सानोतिनो राणा दरबार भर्न सकिन्थ्यो । तर त्यसको पश्चिम यात्राको सैद्धान्तिक माध्यम धर्मरत्न यमी हुनगए । वासुपासाले विश्वेश्वर कोइरालामाथि हात हालेका थिए, त्यसैमा प्रसन्न महेन्द्रले मन्त्री हुने प्रस्ताव गर्दा पासाले भनेका थिए- मसँग खान पुग्ने जमिन छ, तर यमीले सारै दुःख पाएको छ । उसलाई पहिला मन्त्री बनाइदिन पाए हुन्थ्यो । फलस्वरूप यमी उपमन्त्री पनि भए । तर धर्म नै फेरिसकेका 'धर्म'को तिब्बती सम्पदामाथि अनुराग हुने कुरा

थिएन । जुन सम्पदालाई अन्ततः चाउएनलाईले जोगाइदिनुपर्‍यो । अनि त्यही यमीको आनुवंशिकीले 'पि|m टिबेट'को मुद्दा बोकेर हिँड्दा र तिब्बती जन्मथलो भएको बोनपोको तन्त्रकेन्द्र समाप्त गर्न खोज्दा तिब्बतीहरूको बुद्धि र विवेकको अर्थ पनि के ?

नेवारहरू जातीय राज्यका कुरा गर्छन् । तर आफ्नै स्वजातीय पुर्खाले आर्जेको सम्पदा ध्वस्त गर्न उनै अघि सर्छन् भने अरूलाई टाउको दुखाइ पनि के ?

पुछार- २

जुम्लाको जचौरी कुलोलाई मानवशास्त्रले ६ सय वर्ष पुरानो भएकोले ठूलो सांस्कृतिक निधि मानेको छ । आफ्नै दरबारभित्र बूढानीलकण्ठ बनाएपछि अबदेखि यहाँ नआउनु भनेर ठूला बूढानीलकण्ठले सपना दिए भन्ने कथा हामी सबैले सुनेकै हो । त्यहाँ जान नमिलेर नै बालाजुमा प्रताप मल्लले बूढानीलकण्ठ स्थापना गरेका हुन् । तर बूढानीलकण्ठबाट उनले पोजोल -चपरी/वर्तमान पकनाजोल) हुँदै हनुमानढोका भित्र्याएको कुलोको बढी भएको पानी असन भोटाहिटी हुँदै रानीपोखरीमा झथ्र्याे । र रानीपोखरीमा पनि बढी भएको पानी टँुडिखेलबाट बग्दै अहिले दसरथ रंगशाला बनाइएको ठाउँमा झथ्र्यो । यहाँ फुलेको कमल नै मात्र त्रिपुरेश्वर महादेवलाई चढाउनुपथ्र्यो, जुन नियम त्रिपुरासुन्दरीले बनाइन् । त्यस पोखरीमा पनि बढी भएको पानी उनले नै त्रिपुरेश्वर मन्दिरको दक्षिणमा बनाएको वसन्त बाटिका हुँदै विष्णुमतीमा झथ्र्यो । यो साढे तीन सय वर्ष अघिदेखिको उपत्यकाको सर्वाधिक पुरानो राजकुलो आज छैन ।

सालको रूख नरोपे 'वसन्त बाटिका' बन्दैन, जुन उनले बनाइन् । त्यो आज छैन । धरहरा दक्षिणको भव्य 'जनरल बाग' हरिशमशेर राणाको कुकृत्यले गर्दा आज छैन । बि्रटिस भारतले वाजिद अली शाहको पशुपन्क्षी संकलन लिएर पहिलोपल्ट भारतमा अलिपुर चिडियाखाना स्थापना गरेको थियो । त्यसभन्दा २५ वर्षअघि नै पशुपन्क्षीका पिंजरा बागमा झुन्ड्याएर माथवरसिंह थापाले एक अर्थमा चिडियाखानाको सुरुवात गरिसकेका थिए । यही कारण थियो, विसं १९६० सालमा अहिले हिमालय बुक सेन्टर, बागबजार रहेको ठाउँबाट बाघको खोर यस जनरल बागको ढोकामा सारियो, त्रिपुरेश्वरको ओरालोमा । त्यो त छैन-छैन, अब पुतली बगैंचा पनि नरहने अवस्थामा पुगेको छ । बगैंचा पनि सम्पदा -हेरिटेज) हो र पचासौं लाख जनसंख्या भएको सहरलाई हरियो फोक्सो चाहिन्छ भनेर कहिले बुझ्ने हो नेपालीहरूले ?

फेरि पुछारमा,

२०२८ सालपछिको नेपालमा अहिले तेस्री इमेल्दा मार्काेसका दिनहरू बलिया भएका छन् । फर्दिनान्द मार्काेसचाहिं इमेल्दालाई हरेक षड्यन्त्रमा देखाएर आफू चोखो देखिन खोज्छ । बालाजु किन ? टँुडिखेल नै सुकुम्वासीका नाममा बेच्ने हो भने पनि देशद्रोहीलाई कसले रोक्न सक्छ, विदेशी प्रभु दाहिने भएपछि ?

Read Full Discussion Thread for this article