Posted by: cybernepali December 25, 2012
बलात्कार रोक्न भन्दै मिनीस्कर्टमा प्रतिबन्ध
Login in to Rate this Post:     0       ?        
लन्डन– स्वाजील्यान्डका महिलामाथि मिनीस्कर्ट लगाउन प्रतिबन्ध लगाइएको छ । लगाए ६ महिनासम्म जेल सजाय गरिने छ । मिनीस्कर्टले बलात्कार गर्न उक्साउने भन्दै त्यहाँको सरकारले पहिरनमाथि प्रतिबन्ध लगाएको हो । राजाको प्रत्यक्ष शासन रहेको अफ्रिकाको एक मात्र राष्ट्र स्वाजील्यान्डको प्रहरीले सन् १८८९ को कानुन लागू गर्दै यस्तो प्रतिबन्ध लगाएको हो । प्रहरीले मिनी स्कर्टमा मात्र नभई नितम्ब देखिने गरी लगाइने जिन्स र ट्याङ्क टपहरुमा पनि प्रतिबन्ध लगाएको छ । गत महिना देशको दोस्रो ठूलो सहर मान्जिनीमा मिनी स्कर्ट लगाएकी महिलाहरुले समान अधिकार र सुरक्षाको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले यस्तो प्रतिबन्ध लगाएको हो । प्रहरी प्रवक्ता वेन्डी ल्हेताले भने, ‘यस्तो लुगाले बलात्कारीको काम सजिलो हुन्छ । छोटो लुगा हटाउन पनि सजिलो हुन्छ ।’ तर सोही देशका राजा भने जवान युवतीले वस्त्रविहीन भई नाचेको हेर्ने परम्परा छ । त्यो परम्परामा भने प्रतिबन्ध लगाइएको छैन ।
Read Full Discussion Thread for this article