Posted by: timi_mero_sathi December 20, 2012
ब्यथा-कथा
Login in to Rate this Post:     0       ?        
 आमा भइन्जेल सेतेको काम दिनभरि खेल्नु थियो। आमा मरेपछि घरको काममा बाउ लाइ सघाउनु पर्ने भयो। पहिलेको जस्तो सजिलो थिएन सेतेको जिन्दगि अब। घर गर्न गाह्रो भएकोले दुइ बर्ष पछि जेठा घलेले अर्को बिहा गरे। त्यसपछि सुरु भयो सेतेका कठिन दिन हरु।

सौतेनि आमा साच्चिकै सौतेनि थिइ। सौतेनि आमाले सेतेलाइ राम्रो सङ्ग खान पनि दिइन। एक दिन भोक लागेकोबेला दुध चोरेर खाएको सौतेनि आमाले देखेर बेस्करि पिटि।

 

पिटेको सहन नसकेर सेते बेसि तिर भाग्यो, भाग्दै गरेको सेतेलाइ धारे हात लगाएर सौतेनि आमाले भनिसेते तेरो उधों लागेको पाइलो कहिले उभों नलागोस!”

साच्चै भयो पनि तेस्तै, सेते कहिले फर्केर गांउ गएन, बेसि भागेको सेते, कसरि गोरखपुर पुग्यो त्यो एक छुट्टै कथा छ।

गोरखपुर पुगेको आठ बर्ष पछि सेते भारतिय सेनामा भर्ना भो।

सेतेको एउटा मात्र छोरा थियो सेनामा छदा सेतेलाइ गांउको मायाले खुब सताउथ्यो। उसमा सेना बाट रिटायर्ड भएपछि देसको लागि केहि गर्नु पर्छ भन्ने प्रबल भाबना थियो।

पच्चिस बर्ष इण्डियन आर्मिमा कामगरेर रिटायर्ड भएको सेतेले ससुरालि गांउ छैमले लाइ आफ्नो कर्मभुमि बनायो। काम गर्दा बचाएको पैसाले प्रसस्त जमिन किन्यो, एउटा सानो धान मकै पिन्ने मिल सुरु गर्यो।

आफनै खर्चमा उसले प्राथमिक स्कुल पनि स्थापना गर्यो।

केही बर्ष पछी  सेतेको बुढिको क्यान्सर बाट म्रत्यु भयो। बुढिको म्रत्यु पछि सेते छोरा, नाति नातिनिको मुख हेरेर जिन्दगि बिताउदै थियो।

यसैबिच देसमा माओबादि आन्दोलन सुरु भयो। छैमलेमा त्यति माओबादिहरु थिएनन् तर छिमेकि गांउमा भने माओबादिको ज्यादै प्रभाब थियो।

छैमले गांउमा सेतेको धेरै जमिन, ठुलो घर मिल पनि भएको हुदा माओबादिले उसलाइ जमिन्दारको रुपमा हेर्दथे। घरि घरि चन्दा माग्न आउथें। सेतेले माओबादि लाइ पटक पटक चन्दा नदिएको होइन तर आफु सैनिक भएको हुदां उसको झुकाब सैनिक पट्टिनै थियो।

 

एकदिन माओबादि सदरमुकाम हान्न छैमलेको बाटो भएर गए, पछि फर्कदा पनि छैमलेको बाटो भएरनै फर्के। सदरमुकाम हान्न आउंदा जांदा गांउबाट सहयोग नपाएर माओबादि लाइ निकै अप्ठ्यारो भएको थियो रे। त्यसकारण उनिहरुले छैमले गांउलाइ गध्दार गांउ भनेर घोषित गरेका थिए दण्ड स्बरुप या गांउ खालि गर्नुपर्ने या प्रत्यक घरबाट दुइ दुइ जना माओबादि सेनामा काम गर्नु पर्ने फरमान जारि गरे।

 माओबादिको त्यो फरमान पछि तिम्रो आमा बा लाइ मेरो एकजना सैनिक साथि जो रिटायर्ड भएपछि ईण्डियमा नै सानो तिनो ब्यापार गरेर बसेको थियो उसैकहा पठांए।

दुइ बर्ष पछि तिमिहरुलाइ लिन आउदा बाटोमा रेल दुर्घटनामा परेर तिम्रो बा आमा दुबैको म्रत्यु भयो। तिम्रो दिदि बुनु लाई कुनै दलालले बम्बैमा लगेर बेचेछ।

त्यसपछि भएको सम्पति बटुलेर शहर आए। यहि हो बाबु हाम्रो कथा।

 सेतेको आंखा बाट अबिरल आंसु बगिरहेको थियो। आफ्नो परिबारको त्रासपुर्ण कथा, अनि बाजे रोएको देखेर चन्द्रले पनि मन थाम्न सकेन, उस्का आंखा बाटपनि आंसु बग्न थाले।

 

तर बाबु, सेतेले फेरि भन्न सुरु गर्यो, एघार बर्षको उमेरमा सौतेनि आमाले घरबाट निकालेको टुहुरो , अरुको भांडा माझ्दै सेनामा भर्ना भए। बिदेसि स्याउ भन्दा स्वदेसि नासपाति मिठो भनेर आफ्नो जिन्दगिभरको कमाइ आफ्नै देसको गांउमा लगाए, कसरि जमिन्दार भए बाबु?

सेतेको शरिर आवेगमा कामिरहेको थियो।

इण्डिया पाकिस्तानको दुबै युध्दमा लड्दा जितेर फर्केको बहादुर लाहुरे , आफ्नै देसमा हांरे बाबु।

बाजेको कथा सुनेर शोकमा डुबेको चन्द्र लाइ थाहनै भएन बाजेले कतिबेला बोल्न बन्द गरे।

धेरै बेर सम्म बाजेले नबोलेपाछि बाजे बाजे भन्दै चन्द्र बाजेको हात समाउन पुग्छ, तर सेतेका आंखा शुन्यमा स्थिर भेसकेका थिए।

 

छिमेकिकरेडियोमा गित बजिरहेको थियो

……….जिबन देखि धेरै-धेरैनै थाकेर मुर्दा भएको तिमि आज हेर……… मुर्दा भएको तिमि आज हेर

Read Full Discussion Thread for this article