Posted by: Patan December 18, 2012
आफ्नै छोरी बलात्कार गर्ने थुइक्क अपराधी
Login in to Rate this Post:     0       ?        

कुनै कुनै खबर लेख्दापनि मन कटक्क खान्छ । लेख्नु नपरेपनि हुन्थ्यो नी भन्ने लाग्छ । मन दुखेर आउँछ । यो त्यस्तै खबर हो । आफ्नै बाउले आफ्नी छोरी बलात्कार गरेको दुखद खबर । एउटा जंगली, निष्ठुरी, आततायी, अधर्मी, पापी र क्रुर बाउको कथा जसले आफ्नै अबोध छोरीमाथि बलात्कार गर्यो । पटक पटक गर्‍यो । बलात्कार गरिरहेकै बेला अन्तत : एकदिन उनैकी थाइ श्रीमतीले थाह पाएर प्रहरीलाई खबर गरिदिएपछि उसको कर्तुतको पर्दाफास भयो । सदा झैं काममा निस्किने उनकी थाई श्रीमती त्यसदिन काममा निस्केपनि केहि बेरमै कुनै कारणबश घर फर्केकि थिई । त्यहि बेला उसले बलात्कार गरिरहेको बेला फेला पारि ।

यो घटना बेल्जियमको हो । यस घटानलाई बेल्जियमका अधिकांश नेपालीले गुपचुप राख्न खोजेका थिए । बेल्जियमको ब्रसेल्स निवासी सुरक्षा निकायसित निकट एक नेपालीले यो खबर दिएका हुन् । आफ्नै १३ वर्षिय छोरी बलात्कार गर्ने ति हुन् पवन विष्ट ।

४३ वर्षिय उनको स्थायी घर भक्तपुर हो र उनी बेल्जियमको ब्रसेल्स बस्दै आएका थिए । नेपालमा उनका एक श्रीमती, तेह्र वर्षिय एक छोरी र सात वर्षिय छोरा छन् । उनले ईकेया भन्ने फर्नीचर कंपनीमा काम गर्दै आएका थिए । बेल्जियममा स्थानी बसोबासको कागज पाएकि एक थाई (थाईल्याण्डकी) महिलासित उनले देखावटी बिहे (तर कानुनका आँखामा बास्तविक रुपमै) गरेर बसेका थिए । त्यहाँ उनले बसोबासको स्थायी कागज लिन त्यसो गरेका थिए । त्यसरि बिदेशी महिलासित बिहे गर्ने अनुमती नेपालमा रहेकि उनकी श्रीमतीलेनै दिएकी रहिछन् ।

पवन बिष्ट नामको जन्तुले आफ्नै छोरी माथि तीन पटक सम्म बलत्कार गरिसकेको रहेछ । अपराधिक मानसिकताको यो जन्तुले पहिले ब्रसेल्समा आफ्नै छिमेकी नेपाली माथी घरमा बोलाएर मेजमानका साथ खुवाएछ। त्यसपछि ढोका बन्द गरेर कुटपिट गरेको रहेछ । कुटपिटले मात्रै नपुगेर किचेनमा भएको चक्कुले मुख नै काटिदिएर सख्त घाइते बनाएको रहेछ । ती ब्यक्तिको नाम रहेछ, डेनिस । डेनिस जोडले चिच्याएको हल्लाखल्लाले छेउछाउका छिमेकीले प्रहरीलाई खबर गरेपछी प्रहरी आयो र उनको ज्यान बडो मुस्किलले ज्यान जोगियो । यो जन्तुलाई चाँही प्रहरीले ६ महिना खोरमा जाकिसके पछी खुट्टामा डेटिनेट मेसिन जडान गरेर जेल बाहिर पठाइएको रहेछ । त्यो मेशिनले उसका क्रियाकलाप रेकर्ड गर्ने काम गर्छ।

नेपाल छुट्टी मनाउन जाँदा उसले आफ्नै आमाको हात पनि काटिदिएको भन्ने गाइगुइ नेपालीहरुका बिचमा छ । तर स्पष्ठ जानकारि कसैले दिन सकेन। तर बेल्जियममा भएका अन्य नेपालीहरु संग राम्रो व्यबहार गर्ने गरेको नेपालीहरुले बताए । उनले त्यस्तो पागलपन देखाउने गरेको नपाएको उनीहरुको भनाई छ । उनले इकेयामा मजदूरी गर्न लागेको एक वर्षपनि नहुँदै वालवच्चा यहाँ ल्याउन सफल भएका थिए ।

ती थाइ महिला अलि टाढा काममा जानु पर्ने भएकोले धेरै घरमा नबस्ने रहिछन । जबर्जस्ती बल्त्कार गर्ने बेला यीनै थाई महिलाले प्रत्यक्ष देखे पछी प्रहरीलाई खबर गरेकी रहिछिन् । प्रहरीले अनुसन्धान गर्दा भाषाको उल्था गर्ने क्रममा एक जना नेपाली (नाम मैले गोप्य राखिदिएको हो ति नेपालीको) लाई बोलाइएको रहेछ । उनी पहिले देखी यहाँको नेपाली भाषा उल्था गर्ने काम गर्दछन ।

उनले पत्नी बनाएका ति थाई महिलाबाट प्रहरीले बलात्कारको घटना थाह पाएछ । खासगरि ति महिला बस्ने ठाउँबाट अलि परै जाने रहिछिन् काममा । त्यसैले उनी घरमा धेरै नबस्ने रहिछिन् । एकदिन कस्तो संयोग परेछ भने पवन विष्टले जबर्जस्ति बलात्कार गरिरहेको बेला उनले सुनिछन् र प्रहरीलाई खबर गरिदिईछन् । त्यसपछि प्रहरीहरु आएर उनलाई पक्राउ गरे । बेल्जियमको नेपाली समूदायले सुरक्षा निकाय मार्फत थाह पाएको बताइन्छ । हाल उनलाई पागलखानामा राखिएको र हाडनाता करनी अन्तर्गत १५ वर्ष जेल तोकिएको जानकारि नेपालीहरुले दिए । तर स्पष्ठ भने हुन सकेको छैन । बच्चाहरुलाई भने सरकारले सुरक्षित स्थानमा राखेको बुझिएको छ । नेपालबाट वालवालिकाका आमालाई बोलाएर बच्चा जिम्मा लगाउने र पवन विष्टलाई भने नेपाल सुपुर्दगी गरिने योजना प्रशासनले बनाएको बताइएको छ ।

Read Full Discussion Thread for this article