Posted by: _____ December 17, 2012
केएफसी'मा अवैद्य मासु
Login in to Rate this Post:     0       ?        
 

कृषिका निलम्बित, भन्सारका खोई ?

  • अवैध मासु आयात

 
(3 Votes)
 
 
 
 
 

काठमाडौ, पुस २ - बर्डफ्लु संक्रमित मुलुकको मासु पैठारी गर्न नपाइने नियमविपरीत ११ टन कुखुराको मासुलाई प्रमाणित गरी आयात अनुमति दिने क्वारेन्टाइनका दुई उपसचिवसहित चार प्राविधिक कर्मचारीलाई कृषि मन्त्रालयले आइतबार निलम्बन गरेको छ ।

तर मासु आयात प्रक्रियासँग जोडिएको अन्य निकाय भन्सार र प्रहरीमा भने यसबारे छानबिन थालिएको छैन । निलम्बनको निर्णय गरे लगत्तै गृह र अर्थसँगको अन्तरक्रियामा कृषिसचिव जयमुकुन्द खनालले समेत यसबारे चासो राखेका थिए ।

'मैले मेरा कर्मचारीलाई कारबाही सुरु गरें, तपाईहरूले पनि भेटनरी प्रमाणपत्र नहेरी कन्टेनरलाई नेपाल छिराउन मद्दत गर्ने कर्मचारीलाई भन्सार ऐनअनुसार कारबाही गरिदिनुपर्‍यो,' बैठकमा कृषिसचिव खनालले भन्सार विभागका महानिर्देशकका साथै सशस्त्र र नेपाल प्रहरीका डीआईजीलाई भनेका थिए ।

मन्त्रालयमा भएको बैठकमा गृह र अर्थ मन्त्रालयका तर्फबाट सहभागी प्रतिनिधिहरूले राजपत्रमा सूचना प्रकाशित भएयता पक्षीजन्य उत्पादन आयत भए/नभएकाबारे छानबिन गरी सघाउने प्रतिबद्धता मात्र जनाएका छन् । कृषिको निलम्बनमा पर्नेमा पशु विभाग मातहतको पर्सास्थित वीरगन्ज क्वारेन्टाइन प्रमुख उपसचिव मुन्नीलाल चौधरी, अधिकृत हरिराम यादव, चितवनको आँपटारीका क्वारेन्टाइन प्रमुख दयाराम चापागाई र केन्द्रीय क्वारेन्टाइनमा कार्यरत उपसचिव मोहनदेव लेखक छन् । उनीहरूलाई मन्त्रालयले आइतबारै निलम्बन गरी बयान लिएको छ । पशु सेवा विभागका महानिर्देशक नरबहादुर रजवारका अनुसार मन्त्रालयले यस घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव उत्तमकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

समितिले दिने प्रतिवेदनका आधारमा संलग्न कर्मचारीलाई कारबाही गरिने छ । शुक्रबारसम्म समयसीमा भएको समितिले पाँच दिनभित्र कृषिसचिव जयमुकुन्द खनाललाई प्रतिवेदन बुझाइसक्नु पर्ने समितिका सदस्य रामकृष्ण खतिवडाले बताए । यसैबीच कृषिले आइतबार भन्सार विभाग, सीमा सुरक्षाको जिम्मा लिइरहेको सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग बैठक गरी विश्व पशु स्वास्थ्य संगठनले बर्डफ्लु फैलिएको सूचीमा दर्ज गरेको मुलुकबाट जीवित पक्षी, मासु, अण्डालगायत पक्षीजन्य उत्पादनको पैठारी रोक्न निर्देशन दिएको छ । विश्व पशु स्वास्थ्य संगठनले संक्रमणको सूचीमा रोखेको मुलुकको पशुजन्य उत्पादन अर्को मुलुकमा निर्यात नहुने नियम छ । यस संगठनले भारतलाई असोज २६ गते संक्रमित मुलुकको सूचीमा राखेको थियो । यसैबीच नेपालले ०६३ असोज ८ गते राजपत्रमार्फत बर्डफ्लु संक्रमित मुलुकको पक्षीजन्य उत्पादन प्रतिबन्ध गरिसकेको छ । शनिबार धार्केका किसानले नियन्त्रणमा लिएको १० हजार ८ सय ७६ दशमलव ५० किलो कुखुराको मासु पर्साको सर्सिया नाका हुँदै आयात भएको थियो । म्यांगो ट्री इन्टरनेसनल प्रालि र देवयानी इन्टरनेसनल नेपाल प्रालिले भारतबाट दुई ट्रकमा ल्याएको उक्त मासु पशु क्वारेन्टाइन कार्यालय काठमाडौंका अधिकृत तुलसीराम गम्पोसहितको टोलीले कुहिएको र बिग्रेको प्रमाणित गरी नष्ट गरेका थिए ।

उक्त मासु राजधानीमा रहेको अन्तर्राष्ट्रिय फास्ट फुड चेन रेस्टुरेन्ट केएफसीका लागि ल्याइएको थियो । नियन्त्रणमा लिइएका दुवै कन्टेनरमा बेङकिज इन्डिया लिमिटेडको नाममा चलानीपत्र भेटिएको छ । कुखुरा उत्पादनमा आत्मनिर्भर भइसकेको नेपालको मासु केएफसीले गुणस्तर नपुग्ने गरेको बताउँदै लिइरहेको छैन । तर शनिबार धार्केका किसानले विदेशका कुखुरामा अवरोध गरेका थिए । यसैबीच कुखुराको दानाको मूल्य बढाएको विरोधमा राजधानी आसपासका कुखुरापालक किसान पनि आन्दोलनमा छन् ।

 

 

 

Read Full Discussion Thread for this article