Posted by: _____ December 16, 2012
Login in to Rate this Post:
0
?
मैथलीमाथि प्रहार
जनगणना–२०६८ को तथ्यांकले पछिल्ला वर्षमा तराई–मधेशमा मैथली, भोजपुरी र अवधी भाषा–संस्कृति विरुद्ध चलाइएको हिन्दी कार्डको प्रारम्भिक परिणामहरू देखाएको छ।
जनगणना २०६८ को परिणामले तराई–मधेशमा हिन्दी, बज्जीका र मगही भाषाको अवस्थिति बलियो भएको देखाएको छ। २०५८ को जनगणनामा १२.३० प्रतिशत रहेको मैथली यसपालि ११.६७ प्रतिशतमा झ्रेको छ, पुछारमा रहेको बज्जीका नेपालको १२औं र हिन्दी १६औं ठूलो समूहले बोल्ने–लेख्ने भाषा हुनपुगेको छ। यो पटक बज्जीका भाषीको संख्या ३ प्रतिशतको हाराहारीमा देखिन्छ भने मगही भाषा बोल्नेको संख्या ३५ हजार ६१४। जनगणना–२०५८ मा मगही भाषीको संख्या जम्मा ३० थियो। “यो तथ्यांक हेरेर नेपालका तथाकथित 'मधेशवादी नेता'हरूले सफलताको सास फेरेको हुनुपर्छ”, मैथली भाषिक जागरण अभियानका एक अगुवा श्यामसुन्दर यादव भन्छन्।
जनगणना–२०६८ अघि मधेशी पार्टीहरूले 'तराई–मधेशलाई एकसूत्रमा बाँध्न हिन्दी भाषालाई सकेसम्म मातृभाषा लेखाउन' विशेष पहलकदमी गरेका थिए। त्यसक्रममा तिनले आफ्ना जिल्लास्थित संगठनहरूमा परिपत्र नै जारी गरेका थिए। जसको मैथिल अधिकारकर्मीहरूले विरोध गरेका थिए। अहिले आएर रैथाने भाषी घट्नु र नेपालमा हुँदै नभएको बज्जीका र मगहीले समेत ठूलै स्थान पाएको देखिनुलाई सामान्य रूपमा लिन नसकिने मैथली सम्बद्ध संघसंस्थाका अधिकारकर्मीहरू बताउँछन्।
'मधेशवादीको सफलता'
मैथली भाषिक जागरण अभियानका अगुवा यादव राष्ट्रिय जनगणनाको यो तथ्यांकलाई मधेशवादी दलहरूको षड्यन्त्रको परिणाम मान्छन्। घर र समाजमा मैथली नै बोल्ने नेताहरूले जनगणना जस्तो अभिलेखीकरणको बेला भने मधेशीहरू मैथली मातृभाषी नभएको परिपत्र जारी गर्नुको कारण आफूले अझ्ै बुझन नसकेको बताउँदै यादव भन्छन्, “नेपालमा मैथली भाषीको संख्या घट्नुलाई मधेशवासीको हार र मधेशवादीहरूको जित भन्नुपर्ने स्थिति आएको छ।”
|
जनगणनामा उमेर समूह
|
|||
| मधेशका भाषा | २०६८ | २०५८ | २०४८ |
| मैथली |
११.६७
|
१२.३०
|
११.८५
|
| भोजपुरी |
५.९८
|
७.५३
|
७.४६
|
| थारु |
५.७७
|
५.८६
|
५.३७
|
| अवधी |
१.८९
|
२.४७
|
२.०२
|
| बज्जीका |
२.९९
|
१.०५
|
०
|
| उर्दू |
२.६१
|
०.७७
|
१.०९
|
| राजवंशी |
०.४६
|
०.५७
|
०.४६
|
| मगही |
०.१३
|
०.००
|
०
|
| उराँव |
०.१२
|
०
|
०
|
| बंगला |
०.०७
|
०
|
०
|
| राजस्थानी |
०.०९
|
०
|
०
|
| अंगीका |
०.०७
|
०.०७
|
०
|
| मुसलमान |
०.००४
|
०
|
०
|
| कोचे |
०.००७
|
०
|
०
|
| सत्तार |
०
|
०.१३
|
०
|
| दनुवार |
०.१७
|
०.१४
|
०.१२
|
| हिन्दी |
०.२९
|
०.४७
|
०.९२
|
| स्रोत : तथ्यांक विभाग | |||
बज्जीका भाषीको संख्या खासगरी मैथली र भोजपुरी भाषीको मिश्रण रहेको सर्लाहीतिरबाट बढी देखाइएको छ। जनगणना २०४८ सम्म नेपालमा नदेखिएको बज्जीका भाषीको संख्या २०५८ को जनगणना पछि एकैपटक १.०५ प्रतिशत देखियो। नेपालमा हिन्दी भाषाको खुला वकालत यही अवधिबाट हुन थालेको हो। २०६८ मा देखिएको बज्जीका भाषीको संख्या (करीब ३ प्रतिशत) तराई–मधेशमा युगौंबाट प्रचलित एउटा प्रमुख भाषा अवधीको भन्दा दोब्बर हो।
मूलतः 'गंगापारिको भाषा' भनिने मगही बिहारको राजधानी पटना क्षेत्रको स्थानीय भाषा हो। नेपालको मिथिला क्षेत्रमा यो भाषाको यस्तो 'आश्चर्यजनक' भएको मैथली भाषिक जागरण अभियानका यादव बताउँछन्।
नवीन झा

