Posted by: _____ December 15, 2012
केएफसी'मा अवैद्य मासु
Login in to Rate this Post:     0       ?        
 http://www.ekantipur.com/nep/2069/8/30/full-story/359170.html

केएफसी'मा अवैद्य मासु

  • थाइल्याण्डबाट मासु ल्याइने भनिए पनि भारतबाट ल्याउने गरिएको खुलासा

नेपालमा उत्पादित कुखुराको मासुलाई चाँही 'मापदण्ड नपुगेको' भनिन्थ्यो

 
(4 Votes)
 
 
 
 

धादिङ, मंसिर ३० -

अन्तर्राष्ट्रिय फास्ट फुड चेन केएफसीमा प्रयोग हुने मासु अवैद्य भएको खुलासा भएको छ ।

केएफसीका लागि ल्याइएको कुखुरा धादिङका किसानहरुले धार्केमा नियन्त्रणमा लिएपछि यो तथ्य खुलेको हो । केएफसीले नेपाली मासु मापदण्डविपरीतको भन्दै ब्राजिल र थाइल्याण्डबाट ल्याउने बताउँदै आएको थियो । तर प्रज्ञापनपत्रमा भारतबाट मासु ल्याइएको उल्लेख छ ।

नियन्त्रणमा लिइएको दुई कन्टेनर कुखुराको मासु नष्ट गर्न स्थानीय किसानले माग गरेपछि धादिङमा प्रहरीले अश्रु ग्याँस चलाएको थियो । काठमाडौंबाट गएको पशु क्वारेन्टटाइमको टोलीले मासुलाई अवैध र खानका लागि उपयुक्त नभएको बताएको छ ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं ल्याउने तयारी गरेपछि भएको विवादमा अश्रु ग्याँस प्रहार भएको हो । नेपाल भेटिनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि जबर्जस्ती काठमाडौं लैजान खोजेपछि फायरिङ गरिएको बताए । उनले प्रहरीले निर्ममतापूर्वक किसानमाथि अश्रु ग्याँस र लाठी चलाएको बताए ।

किसानले मासु कुनै हालतमा लैजान नदिने अडान लिएपछि साँझ डोजर प्रयोग गरी गाडिएको छ ।

नेपालमा उत्पादित मासु मापदण्ड पूरा नभएको भन्दै थाइल्याण्डबाट ल्याउने  दाबी गरेको केएफसीले भारतबाट मासु ल्याएपछि धादिङका किसानले धार्केमा दुई कन्टेनर रोकेका थिए । काठमाडौंबाट गएको पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि प्रहरीले 'माथिको आदेश' भन्दै पठाउन खोजेपछि तनाव भएको हो ।

धादिङ प्रहरी प्रमुख विकासराज खनालले मासु काठमाडौं पुर्‍याएरै छाड्ने भन्दै नष्ट गर्न अस्वीकार गरे । किसान अघि बढेपछि प्रहरीले अश्रु ग्याँस र लाठी प्रहार गरेको हो । कन्टेनरमा रहेको मासु सबै कुहिएर प्रयोग नै गर्न नहुने अवस्थामा रहेको पूर्व पशु सेवा निर्देशक डा. रामकृष्ण खतिवडाले जानकारी दिएका छन् । डा. खतिवडाका अनुसार हाम्रो नेपालको कानुनी ऐन विपरीत मासु ल्याइएको र उनीहरुसँग कुनै प्रकारका पनि कागजात पनि छैन ।

धार्केका किसानहरुले कुखुराको मासु बोकेर ल्याउादै गरेको अवस्थामा एमएच ४३ यु ४३३७ र डिएल १ एम ६५८२ नम्बरका भारतका कन्टेनर  नियन्त्रणमा लिएका हुन् ।

 

 

Read Full Discussion Thread for this article