Posted by: mahoday December 14, 2012
ए एन ए नेपाल ग्रामिण बिकाश परियोजना सिंह दरबार प्रवेश
Login in to Rate this Post:     0       ?        
                         ए एन ए नेपाल ग्रामिण बिकाश परियोजना सिंह दरबार प्रवेश

 

सिंह दरबारले परापुर्व काल देखि नै बिशेष महत्व राख्दथ्यो l हाल सम्म पनि अविरल रुपमा सो मान्यता राख्दै आएको छ किनभने यसबाट नेपाल चल्दछ र नेपाल चलाउने मुख्य चाबी यस भित्र हुन्छ l  सबैलाई यस भित्र पुग्ने मृग तृष्णा हुन् सक्दछ l मुलुकलाई अनिर्णयको  बन्दिबाट मुक्त गर्न यहि दरबार धाउनु पर्दछ ,राजनैतिक समस्याको गाठो फुकाउन पनि यही दरबारको सहारा लिनु पर्छ l  परियोजना बोकेर गाउँको तल्लो स्तर सम्म पुर्याउन यहि सिंह दरबारको ढोका ढक ढकाउनु पर्छ र यहि ढोका ढक ढकाउदै ए एन ए नेपाल ग्रामिण बिकाश परियोजना सिंह दरबार प्रवेश गरेको छ l

 

काठमाडौँ ,यहि मंगसिर २८  गते ,ए एन ए नेपाल ग्रामिण बिकाश परियोजनाका प्रमुख सुदिप श्रेष्ठ (विधा वारिधि ) लाई ए एन ए नेपाल ग्रामिण बिकाश परियोजना बारे बिशेष जानकारी लिने उदेश्यले सिंह दरबारमा आमन्त्रण गरिएको थियो l उक्त कार्यक्रममा श्रेष्ठले परियोजना बारे बिस्तृत जानकारी दिनु भयो l नेपाल ग्रामिण बिकासको लागि विश्व ब्यापी लगानी नारा बोकेको उक्त परियोजनामा ए एन ए नेपाल र विश्व समुदाय बिकाशको सयक्त प्रयास लगानी गरिने उदेश्य राखिएको छ l उक्त प्रस्तुतिकरण र बैठकमा नेपाल सरकारको तर्फबाट वर्तमान उप प्रधान मन्त्रि नारायण काजी श्रेष्ठ उपस्थिति हुनु हुन्थ्यो भने निजामती सरकारको तर्फ बाट मुख्य सचिब लिलामणि पौडेल सहभागी हुनु भएको थियो l नेपाल सरकारको तर्फबाट कृषि सचिब ,स्वास्थ्य सचिब,अर्थ सचिब,बिज्ञान तथा प्रविधि सचिब ,शिक्षा सचिब ,उर्जा तथा स्थनीय विकास सचिब लगायत उच्च सरकारी कर्मचारीहरुको सहभागी रहेको थियो l

 

प्रस्तुतिकरण रोचक ,अन्तरक्रियात्मक र छलफल मुलक रहेकों थियो भने उपस्थित सम्पूर्ण बिभिन्न विभागका ब्युरो क्रेट्स (निजामती कर्मचारी )हरुले यो परियोजना को प्रसंशा गरेका थिए l यसको ढाचा  र नमुनाले अझ तारिफ बटुल्न सफल भएको थियो भने सरकारको तर्फबाट चाहिने सबै सहयोग दिने बचन बद्दता रह्यो l यो कार्यक्रम उप प्रधान मन्त्रि नारायण काजी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो l  वहाले नेपाल र नेपालीको लागि बिदेशमा बस्ने नेपालीहरुले यस्तो भावना आउनु नै ठुलो कुरो हो र सहयोग गर्ने विश्वास दिलाउनु भएको थियो l ए एन ए को तर्फ बाट झन्दै १०  लाख रुपैया बिनियोजन भै सकेको र बिश्व समुदाय विकास (इन कर्प )को तर्फ बाट प्रारम्भिक चरणमा अमेरिकामा बसोबास गर्ने २० जना नेपालीहरुले जनही ५  हजार डलर लगानी गर्ने भै सकेका छन् l यहि परियोजनाको लागि डा सुदिप श्रेष्ठले गत ३०  औ ए एन ए टेक्सास सम्मेलनमा प्रदर्शन गर्दा रुस बाट आउनु भएका गैर आवाशीय सघका संस्थापक डा उपेन्द्र महतो प्रभावित भै यस परियोजनको लागि १०  लाख डलर लगानी गर्ने ईक्षा व्यक्त गर्नु भएको थियो l

 

 

                                            

Read Full Discussion Thread for this article