Posted by: Rudramati December 13, 2012
भोक (katha)
Login in to Rate this Post:     0       ?        

गुजराती बाउआमा आफ्ना छोराछोरीलाई खानेकुरा नखाने मन भए नखान तर बोकेर हिँड्न भन्दैथिए ताकी त्यो खानेकुरा भोलीबिहान बाटोमा हिँड्ने गाईलाई खुवाउन पाईयोस् ।

मैले उनीहरुले फालेको खानेकुरा टिपेँ ।

गुजरातीकी श्रीमतिले मैले भुँईको खानेकुरा टिपेको देखि ।

मैले छिटोछिटो भुँईमा फालिएका पाउरोटी बटुल्न थालेँ ।

उसले भन्नथाली–“अबे ! क्या कररहा है । ओ ब्रेड ईधर देदे । कल गायको देना है ।”

मैले भनेँ–“मुझे जोरजोर से भुख लगि है । मुझे ये खाना है ।”

“भुख लगि है तो खरिदके खा नहिसक्ते? ये ब्रेड गायको देना है, ईधर दे? हम ने खरिदा है ईसे ।”

थुक्क पाजीहरु ! फालेकै खानेकुरा भएपनि अरुले लगेको देखेपछि डाह लाग्ने मान्छेको जात ! बरु गाईलाई दिन तयार तर मैले खान खोजेको मन परेन उनीहरुलाई ।

म पनि भोकले होला सायद त्यो पाउरोटीका लागि हिँश्रक बन्न तयार थिएँ, मतलब उनीहरुलाई कुनै हालतमा त्यो पाउरोटी सुम्पन तयार थिईन ।

मैले पाउरोटी बटुँलेँ र त्यहाँबाट दगुरेँ ।

****

बाटोको छेउमा ट्युवबेल थियो । त्यही छेउमा बसेँ । बडो मौकाले प्राप्त गरेको पाउरोटी लिएँ, अनि दायाँबायाँ आँखै नहेरी कपाकप खाएँ ।

धेरैदिनको भोको भएकोले होला सायद, आँत सुकेर पाउरोटी घाँटीबाट भित्र छिर्न पनि अटेर गर्दैथियो । प्लाष्टिकको ब्यागमा ट्युवबेलबाट पानी थापेर त्यसैको सुर्को लगाउँदै पाउरोटी निलेँ ।

मौकाले चारवटा पाउरोटी प्राप्त भएका रहेछन् । सबै खाएँ, बडो तृप्तिका साथ ।

जुठो थियो, त्यो पाउरोटी । भुँईमा फ्याँकिएको थियो तर त्यो मेरालागि चौरासी ब्यञ्जनभन्दा महत्वपुर्ण थियो ।

आफुले पाउरोटी खाईसकेर यस्सो छेउमा हेरेको, १२,१३ बर्षजतिको ध्वाँसेध्वाँसे एउटा केटो पनि मैतिर हेरेर मुस्कुराउँदै प्लासष्टिकको थैलोमा पुलाउ खाँदैरहेछ ।

उ भन्दैथियो– “मैने भि पाल्टीसे छिनके लाया हुँ ये पुलाव । बहुत टेष्टी है, खाओगे?”

*******************************

Read Full Discussion Thread for this article