Posted by: cybernepali December 12, 2012
Women Break Silence About Sexual Harassment on Nepali Buses
Login in to Rate this Post:     0       ?        

सादा पोशाकमा प्रहरी


काठमाडौ, मंसिर २७ - सार्वजनिक यातायातमा महिलाका संवेदनशील अंगमा छुने, चलाउने र आँखा वा अनुहारको इशाराले जिस्क्याउनेलाई नियन्त्रणमा लिन सरकारले सादा पोशाकका प्रह परिचालन गर्ने भएको छ । विशेष ग उपत्यकाका सवामा यात्रु चाप हुने र पुरुष यात्रुले दुव्र्यवहार गरेको उजु बढेपछि प्रह र प्रधानमन्त्री कार्यालयले यात्रुको भेषमा महिला प्रह खटाउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार त्यसका लागि अन्तर मन्त्रालय स्तरीय बैठकले 'सार्वजानिक यातायात आचार संहिता' बनाएको छ । खचाखच भरिएको बसमा महिला यात्रुलाई नियतबस धकेल्ने, हात चिप्लिए जस्तो गरेर छुने जस्ता क्रियाकलाप हुने गरेका छन् । महानगय प्रह आयुक्तको कार्यालयका एआइजी नवराज ढकालले सार्वजानिक सवामा हुने हिंसा रोक्न प्रह परिचालनको तया भएको बताए । लैङगिक हिंसा अन्त्यका लागि शून्य सहनशिलता बिषयक गोष्ठीमा ढकालले प्रह त्यसप्रति संवेदनशिल भएको उल्लेख गर्दै भने, 'कुनै पनि दुव्र्यवहार रोक्न प्रहरी प्रतिवद्ध छ ।'

प्रधानमन्त्री कार्यालयका जनसरोकार सचिव कृष्णहरि बाँस्कोटाले सार्वजानिक सवामा हुने दुव्र्यवहारबाट बचाउन दश कक्षा पढिरहेकी छोलाई स्कुटर सिकाइ रहेको बताए । 'आमाको स्कुटर सिकिरहेकी छ, एसएलसी पास गर्ने बित्तिकै स्कुटर किन्दिन्छु' उनले भने । दुब्र्यवहारबाट बचाउन आफू कडाईका साथ लाग्ने उनले बताए ।

दुव्र्यवहार गर्ने व्यक्तिलाई तुरुन्त पक्राउ गरिने सचिव बाँस्कोटाले बताए । समाजमा सम्मान र सभ्यता विकास गर्न अभियान थाल्न लागेको उनले जानकारी दिए । दुव्र्यवहार गर्ने व्यक्तिलाई सार्वजानिक अपराध ऐनमा मुद्दा चलाइनेछ । सरकारले तयार गरेको आचार संहितामा उल्लेख भए अनुसार सवाका सहयोगी र चालकले महिलासँग शिष्ट र सभ्य भाषामा कुरा गर्नुपर्नेछ । सहयात्री पुरुष यात्रुले समेत शिष्ट भाषा प्रयोग गर्नु पर्ने संहितामा छ । 'सवा साधन भित्र महिलालाई यौन दुब्र्यवहार गरे वा गर्न सहयोग गरे कारबाही हुनेछ', बाँस्कोटाले भने ।

आचार संहिता अनुसार सवारीमा धूमपान गर्न पाइने छैन । त्यसो गरे तुरुन्त ओरालिनेछ । सार्वजानिक सवारी साधनमा अश्लिल, महिला बिरुद्धका उद्धरणहरु लेख्न, लेखाउन पाइने छैन । अश्लिल चित्र र पोष्टर टाँस्न समेत आचारसंहिताले प्रतिवन्ध लगाएको छ । 'त्यस्ता चित्र वा पोष्टर टाँसिएको र लेखिएको पाए, तुरुन्त हटाउनु पर्नेछ' बाँस्कोटाले भने 'लैङगिक हिंसालाई प्रोत्साहित गर्ने वा महिला बर्गको अपमान हुने खालको गीत संगित र भिडियो बजाउन पाइने छैन ।'

लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा महानगय प्रह आयुक्तको कार्यालयले गरेको छलफलमा सहभागिले भाडाका सवा साधनमा महिला माथी हिंसा हुने गरेको गुनासो गर्दै त्यस्ता घटना रोक्न प्रहलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०२:२९
 
Read Full Discussion Thread for this article